नेपाल प्रिमियर लिग
नेपाल प्रिमियर लिग | |
---|---|
![]() नेपाल प्रिमियर लिगको लोगो | |
देशहरू | ![]() |
प्रशासक | क्यान |
मुख्यालय | काठमाडौँ, नेपाल |
ढाँचा | टि-ट्वान्टी, ५० ओभर तथा दुई दिवसीय |
पहिलो प्रतियोगिता | २०७१ |
आगामी प्रतियोगिता | २०७७ प्रस्तावित[१] |
प्रतियोगिताको ढाँचा | राउन्ड रोबिन र नक आउट |
टिम सङ्ख्या | ६ |
वर्तमान विजेता | पञ्चकन्या तेज |
सर्बाधिक रन | प्रदीप ऐरी (२१२) कान्तिपुर गोर्खाज (२०७१) |
सर्बाधिक विकेट | भुवन कार्की (१४) पञ्चकन्या तेज (२०७१) |
नेपाल प्रिमियर लिग छोटकरीमा एनपिएल नेपालको व्यवसायिक क्रिकेट लिग हो। एनसेल नेपाल प्रिमियर लिग नामले पनि चिनिएको यस प्रतियोगितामा टि-ट्वान्टी, ५० ओभर तथा दुई दिवसीय ढाँचाको क्रिकेट प्रतियोगिता सञ्चालित भएको थियो। नेपालको राष्ट्रिय क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेट खेलमा राम्रो प्रदर्शन गरेपछि अत्याधिक चर्चा तथा पर्खाइको विषय बनेको नेपाल प्रिमियर लिगको घोषणा विसं २०७० को फागुन १२ गते होटल र्याडिसनमा एक पत्रकार सम्मेलनबाट गरिएको थियो। जोह्रा स्पोर्टस व्यवस्थापन नामक संस्था र नेपाल क्रिकेट सङ्घबीच तीन वर्षसम्मको लागि सम्झौता भएको छ। यस प्रतियोगिताको मुख्य प्रायोजक नेपालको निजी क्षेत्रको दूरससञ्चार कम्पनी एनसेलले गरेको थियो।[२] [३]
इतिहास[सम्पादन गर्ने]
नेपाल प्रिमियर लिग टि-ट्वान्टी, ५० ओभर र दुई दिवसीय ढाँचाको क्रिकेट प्रतियोगिता हो जसको उद्घाटन विसं २०७१ मा भएको हो । एनपिएलमा खेल्नको लागि ६ टिम घोषणा गरिएको थियो।
पहिलो संस्करण[सम्पादन गर्ने]
नेपाल प्रिमियर लिगको पहिलो संस्करण २०७१ ३१ बैशाख देखि जेठ १० सालको जेठसम्म चल्को थियो, दुई दिवसीय लिग चैत अन्तिम साता धनगढीबाट सुरु भएको थियो। ५० ओभरको लिग बैशाखमा विराटनगर र सप्तरी जिल्लाको राजविराजमा आयोजना हुनेछ भने टि-ट्वान्टी लिग बैशाख अन्तिम साता काठमाडौँमा गरिएको थियो। [३] पञ्चकन्या तेजले पहिलो पटक भएको नेपाल प्रिमियर लिगको उपाधि जितेको थियो जसमा टोलीले फाइनलमा सहजैसँग जगदम्बा जायन्टसको विरुद्ध ९६ रनले खेल जितेको थियो। विजेता बनेको पञ्चकन्याले नगद २ लाख तथा ट्रफी पुरस्कार प्राप्त गरेको थियो भने उपविजेतामा सिमित जगदम्बाले नगद १ लाखमा चित्त बुझाएको थियो।[४]
६ लिग टोलीहरू[सम्पादन गर्ने]
यस लिगमा ६ घरेलु लिग टिमहरू हुनेछन्। प्रत्येक टिममा १६ सदस्य खेलाडी हुनेछन् जसमा राष्ट्रिय, अन्डर नाइन्टिन, क्षेत्रीय तथा दुई विदेशी क्रिकेट खेलाडीहरूसहित घरेलु प्रशिक्षकहरू समावेस हुनेछन् । टिम मालिकले अन्तर्राष्ट्रिय क्रिकेट परिषदले प्रतिबन्ध नलगाएका/निषेध नगरेका दुई विदेशी क्रिकेट खेलाडीहरू ल्याउन पाउनेछन् ।
छनौट र संरचना[सम्पादन गर्ने]
यस प्रिमियर लिगको लागि एनसिएको मातहतमा नेपालको राष्ट्रिय क्रिकेट टिमका कोच पुबुदु दस्सानायकेले सम्पूर्ण टिमलाई सामान रूपमा छनौट गरेका छन् ।
टोलीहरू[सम्पादन गर्ने]
टिम | मालिक[५] | कप्तान | प्रशिक्षक | |
---|---|---|---|---|
विशाल वारियर्स | विशाल ग्रुप | ![]() |
![]() | |
कलर्स एक्स-फ्याक्टर्स | टेलीटक प्रा लि | ![]() |
![]() | |
जगदम्वा जायन्ट्स | शंकर ग्रुप | ![]() |
![]() | |
पन्चकन्या तेज | पञ्चकन्या ग्रुप | ![]() |
![]() | |
कान्तिपुर गोर्खाज | कान्तिपुर पव्लिकेशन | ![]() |
![]() | |
सगरमाथा लेजेन्ड्स | घोराही सिमेन्ट | ![]() |
![]() |
नियमहरू[सम्पादन गर्ने]
टिम मालिकहरूले पाँच तरिकाबाट खेलाडीहरू प्राप्त गर्न सक्नेछन्। वार्षिक रूपमा आयोजना हुने लिलामी, घरेलु खेलाडी खरिद, नयाँ खेलाडीहरूलाई भर्ना, खेलाडीको व्यापार तथा सट्टापट्टा गरेर खेलाडीहरू प्राप्त गर्न सक्नेछन्। खेलाडीको व्यापार खेलाडी सहमति अनुसार मात्र गर्न पाइने छ। यसरी खरिदगर्दा मालिकहरूले पुरानो सम्झौता रकम र नयाँ सम्झौत रकमबीचको अन्तर बरारको रकम खेलाडीलाई तिर्नु पर्नेछ। यदी खेलाडीको बिक्री मूल्य पहिलाको सम्झौता रकमभन्दा कम भएमा फरकपरेको रकम खेलाडी र टिम मालिकबीच बराबर पर्नेगरी बाँडिने छ।
- प्रत्येक टिममा १६ खेलाडी हुनेछन्।
- दुईभन्दा बढी विदेशी खेलाडी राख्न पाइने छैन।
- प्रत्येक टिममा घरेलु खेलाडीहरू हुनुपर्ने छ। (क्षेत्रीय तथा १९ वर्षमुनिका क्रिकेट खेलाडीहरू)
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "क्यान आफैंले नेपाल प्रिमियर लिग गर्ने तयारी", अनलाइन खबर, २२ पुस २०७६, अन्तिम पहुँच २७ माघ २०७६।
- ↑ "नेपालमै हुने भयो प्रिमियर लिग क्रिकेट", अन्नपूर्ण पोस्ट, २०७० फागुन १२, अन्तिम पहुँच २०७० फागुन २२।
- ↑ ३.० ३.१ "नेपाल प्रिमियर लिग क्रिकेट हुने", रेडियो कान्तिपुर, २०७० फागुन १२, अन्तिम पहुँच २०७० फागुन २२।
- ↑ "पञ्चकन्या तेज एनसेल एनपिएल क्रिकेट च्याम्पियन", नेपाल जापान, पुस २०७१, अन्तिम पहुँच २७ माघ २०७६।
- ↑ "Owner Player List", Cricket Lok, अन्तिम पहुँच २४ FEB २०१४।