नेपाल क्रिकेट सङ्घ
| नेपाल क्रिकेट सङ्घ (क्यान) | |
|---|---|
| खेल | क्रिकेट |
| क्षेत्राधिकार | राष्ट्रिय |
| स्थापना | वि.सं २००३ |
| मान्यता | अन्तर्राष्ट्रिय क्रिकेट परिषद |
| मान्यता प्राप्त मिति | वि.सं २०४५ आवद्ध वि.सं २०५३ |
| क्षेत्रीय आवद्ध | एसियाली क्रिकेट परिषद |
| आवद्ध मिति | वि.सं २०४७ |
| मुख्यालय | काठमाडौँ, नेपाल |
| अध्यक्ष | चतुरबहादुर चन्द[१] |
| सचिव | पारस खड्का |
| पुरुष प्रशिक्षक | मोन्टी देशाई[२] |
| महिला प्रशिक्षक | जगत टमाटा |
| आधिकारिक वेबसाइट | |
| cricketnepal | |
नेपाल क्रिकेट सङ्घ (अङ्ग्रेजी: Cricket Association of Nepal - CAN) नेपालमा क्रिकेटको आधिकारिक तथा नियामक निकाय हो। यसको प्रधान कार्यालय राजधानी काठमाडौँमा रहेको छ। नेपाल क्रिकेट सङ्घ अन्तर्राष्ट्रिय क्रिकेट परिषद्मा नेपालको प्रतिनिधि हो भने यसका साथै नेपाल क्रिकेट सङ्घ २०४५ सालदेखि यसको सहयोगी सदस्यको रूपमा रहेको छ। यो एसियाली क्रिकेट परिषदको सदस्य हो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषदले यसलाई २०७३ वैशाख देखि २०७६ असोज २६ गरेसम्मका लागि सरकारी हस्तक्षेप भएको भन्दै निलम्बित गरेको थियो।[३] निलम्बन फुकुवा पश्चात् अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले नेपाली क्रिकेटको व्यवस्थापनको सम्पूर्ण जिम्मा लिँदै सबै पक्षहरूसँग छलफल गरेर नयाँ अध्यक्ष पदको निर्वाचनका लागि विभिन्न प्रक्रियाहरू अपनाएको थियो भने औपचारिक रूपमा २७ असोज २०७६ मा सङ्घलाई सशर्त आधारमा पुनःस्थापित गरेको थियो।[४]
प्रदेश क्रिकेट संघहरू
[सम्पादन गर्नुहोस्]नेपाल क्रिकेट संघ नेपालमा क्रिकेट को लागि जिम्मेवार एक प्रशासनिक संस्था हो। क्यान मा ७ सदस्यीय प्रादेशिक क्रिकेट संघहरू छन्। नेपाल क्रिकेट संघसँग आबद्ध प्रत्येक प्रादेशिक क्रिकेट संघले प्रत्येक सिजनमा नेपालका प्रमुख घरेलु क्रिकेट प्रतियोगिताहरूमा भाग लिन एक प्रतिनिधि टोली छनोट गर्दछ।
राष्ट्रिय प्रतियोगिता खेल्ने घरेलु टोलीहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ (१८ डिसेम्बर २०२०), क्यान अध्यक्षमा चतुरबहादुर चन्द, पदाधिकारीसहित सदस्यमा चन्दकै प्यानल विजयी, (नेपाली) भाषामा)।
- ↑ "मोन्टी देशाई राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक नियुक्त", दृष्टि न्युज (नेपालीमा), अन्तिम पहुँच २१ असोज २०७९।
- ↑ नेपाल क्रिकेट संघलाई निलम्बन गर्ने आईसीसीको निर्णय, अनलाइन खबर, अन्तिम पहुँच १० डिसेम्बर २०२०, (नेपाली) भाषामा)।
- ↑ नेपाल क्रिकेट संघमाथिको निलम्बन सर्तसहित फुकुवा, सेतोपाटी, अन्तिम पहुँच १० डिसेम्बर २०२०, (नेपाली) भाषामा)।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- क्रिकेट नेपाल अभिलेखिकरण २०२१-०१-०४ वेब्याक मेसिन
- आइसिसी क्रिकेट