सामग्रीमा जानुहोस्

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान

निर्देशाङ्कहरू: २७°४०′४१″उ ८५°१७′२५″पू / 27.67806°N 85.29028°E / 27.67806; 85.29028
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान
क्रिकेट मैदान
मैदानको जानकारी
स्थानकीर्तिपुर, वाग्मती प्रदेश, नेपाल
निर्देशाङ्क२७°४०′४१″उ ८५°१७′२५″पू / 27.67806°N 85.29028°E / 27.67806; 85.29028
स्थापना१९९८
क्षमता२०,०००+
स्वामिवत्रिभुवन विश्वविद्यालय
सञ्चालकनेपाल क्रिकेट सङ्घ
ठेकेदारनेपाल राष्ट्रिय क्रिकेट टिम
नेपाल राष्ट्रिय अन्डर-१९ क्रिकेट टिम
इन्डको नाम
पभेलियन इन्ड
चोभार इन्ड
अन्तर्राष्ट्रिय खेलबारे जानकारी
प्रथम एक दिवसीय५ फेब्रुअरी २०२०: नेपाल v ओमान
अन्तिम एक दिवसीय१२ फेब्रुअरी २०२०: नेपाल v संयुक्त राज्य अमेरिका
प्रथम टि-ट्वान्टीआई५ डिसेम्बर २०१९: नेपाल v भुटान
अन्तिम टि-ट्वान्टीआई९ डिसेम्बर २०१९: नेपाल v माल्दिभ्स
घरेलु टिमको जानकारी
नेपाल राष्ट्रिय क्रिकेट टिम (१९९८ -)

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान काठमाडौँको कीर्तिपुरमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदान हो ।

सन् १९९६ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषदबाट एसोसिएट सदस्य राष्ट्रको सूचीमा सूचीकृत भएपछि मात्र नेपालमा क्रिकेट खेलले व्यवसायिकता पाउन थालेको हो।[] एसोसिएट सदस्यको रूपमा मान्यता पाएको दुई वर्ष पछि नेपालले एसिसी ट्रफी आयोजना गर्ने जिम्मा पायो। नेपालमा सो समयमा एउटा पनि अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान नभएको अवस्थामा भारतीय टेलिभिजन जी टिभीले नेपालमा क्रिकेट मैदानको निर्माण गर्न चासो देखाएको थियो।[] मान्यता पाएपछि र आयोजना गर्ने समयावधिमा नेपाल क्रिकेट सङ्घ (क्यान) र त्रिभुवन विश्वविद्यालयबीच पाँच वर्षे सम्झौता भयो। वर्तमान समयमा क्यानले त्रिभुवन विश्वविद्यालयसँग सम्झौता नविकरण गर्दै मैदानलाई लिजमा सञ्चालन गरिहेको छ। सुरुआतमा मैदान फुटबल गतिविधि सञ्चालनका लागि प्रस्ताव भएपनि पछि मात्र क्रिकेट मैदान बनाउने निर्णय भयो र जी टिभीको लगानीमा मैदान निर्माण भयो[] र नेपालले एसिसी ट्रफी १९९८ प्रतियोगीता आयोजना गर्न सफल भएको थियो।

भौतिक संरचना

[सम्पादन गर्नुहोस्]

२० हजारभन्दा बढी दर्शक अटाउने क्षमता रहेको यस क्रिकेट मैदानमा आठ वटा पिच रहेका छन् । अन्तर्राष्ट्रिय मान्यता पाएको यो मैदानमा पूर्वाधारको विकास अझै हुन सकेको छैन।[]

क्रिकेट प्रतियोगिताहरू

[सम्पादन गर्नुहोस्]

चित्र दीर्घा

[सम्पादन गर्नुहोस्]
Aerial view of the stadium in 2025 with Kathmandu Valley in backdrop.

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "नेपाली क्रिकेटको तीन दशक : एक दिवसीय खेल्दासमेत पूर्वाधार निर्माणमा ढिलाइ", सेतोपाटी, अन्तिम पहुँच ३० जुलाई २०२० 
  2. "मैदान बिना सम्भव होला एक दिवसीय टि–२० सिरिज ?", अर्थदबाली, अन्तिम पहुँच ३० जुलाई २०२० [स्थायी मृत कडी]
  3. "आइसीसीको प्रतिबन्धले चकित छु", अनलाइन खबर, अन्तिम पहुँच ३० जुलाई २०२० 
  4. "वर्ष २०७६ : गति लिन नसकेको क्रिकेट", खेलपाटी, अन्तिम पहुँच ३० जुलाई २०२० 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]