सामग्रीमा जानुहोस्

मूलपानी क्रिकेट रङ्गशाला

मूलपानी क्रिकेट रङ्गशाला
शरद ऋतुमा रङ्गशाला
मैदानको जानकारी
स्थानमूलपानी, काठमाडौँ, नेपाल
निर्देशाङ्क२७°४२′४४″उ ८५°२३′४७″पू / 27.71222°N 85.39639°E / 27.71222; 85.39639
क्षमता४०,०००
स्वामिवनेपाल क्रिकेट सङ्घ (क्यान)
सञ्चालकनेपाल क्रिकेट सङ्घ
ठेकेदारनेपाली राष्ट्रिय क्रिकेट टोली

अन्तर्राष्ट्रिय खेलबारे जानकारी
घरेलु टिमको जानकारी
नेपाली राष्ट्रिय क्रिकेट टोली (२०२३ -)

मूलपानी क्रिकेट रङ्गशाला काठमाडौंको, मूलपानीमा रहेकाे एक निर्माणाधीन क्रिकेट रङ्गशाला हो। यो रङ्गशाला संगै केहि माथि नेपाल क्रिकेट सङ्घको जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान समेत छ। माथिल्लो मैदान अर्थात जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान लाई नेपाल क्रिकेट सङ्घले व्यवस्थापन गरी प्रशिक्षण मैदानको रूपमा विकास गरेको छ। यो मैदानको पूर्वी क्षेत्रमा दर्शकहरूको लागि सीमित आसन क्षेत्र छ। माथिल्लो मैदानले यस अघिनै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका धेरै प्रतियोगिता आयोजना गरिसकेको छ भने तल्लो मैदान निर्माणाधीन अवस्थामा छ।[][][]

एसियाली क्रिकेट परिषद्ले हालको मुलपानीमा केन्द्रीय क्रिकेट एकेडेमी बनाउने योजना पूरा नभएपछि नेपाल क्रिकेट संघले मुलपानीमा दुईवटा मैदान निर्माण गर्न पहल गरेको थियो।[][][]

सन् २०११ मा रङ्गशाला निर्माणका लागि युवा तथा खेलकुद मन्त्रालयबाट रु ३ करोड प्राप्त भएको थियो भने क्यानले गौरा कन्स्ट्रक्सन प्रा.लि. सँग सम्झौता गरेको थियो।

सन् २०१३ मा राष्ट्रिय खेलकुद परिषद्ले मुलपानीमा दोस्रो क्रिकेट मैदानका लागि खेलकुद बजेटबाट करिब ४ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको थियो।

सन् २०१४ मा रङ्गशाला निर्माणका लागि अर्थमन्त्रीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७४/७५ को बजेटमा छुट्टै रु २० करोड विनियोजन गरिएको थियो।[]

जग्गा विवाद समाधान भएपछि सन् २०१९ मा मूलपानी क्रिकेट रङ्गशाला निर्माणको कामले गति लिनेछ। राष्ट्रिय खेलकुद परिषद्ले रङ्गशाला निर्माणका लागि सरकारसँग रु ४० करोड माग गरेको थियो। रङ्गशाला निर्माणको कार्य सम्पन्न भएपछि ४० हजार व्यक्ति क्षमताको रङ्गशाला बन्नेछ। एक प्रशासनिक ब्लक, पौंडी पोखरी, एकेडेमिया र यसको अभ्यास मैदान, छात्रावास र अन्य सुविधाहरू हुनेछन्।[]

करिब ५ वर्षको अन्तरालपछि २०२२ मा रङ्गशाला निर्माण सुरु भएको थियो।

सन् २०२३ मा, त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान संगै २०२३ एसिसी पुरुष प्रिमियर कप आयोजना गर्ने स्थान मध्ये एकको रूपमा चयन गरिएको थियो।[]

  1. "Nepal realises dream: Mulpani Cricket Ground opens with first match", Kathmandupost.com, अन्तिम पहुँच १२ मे २०२३
  2. "Parliamentary committee directs govt to secure funding for construction of Mulpani Cricket Stadium", myrepublica.nagariknetwork.com (अङ्ग्रेजीमा), २०२४-०८-०८, अन्तिम पहुँच २०२५-११-११
  3. Lineup, Perfect, "Mulpani Cricket Ground Kathmandu Pitch Report | Mulpani Cricket Ground Kathmandu Upcoming Matches T20, ODI", www.perfectlineup.in (Englishमा), अन्तिम पहुँच २०२५-११-११
  4. "NEPAL: UNCOMMON GROUNDS", www.asiancricket.org, अन्तिम पहुँच १२ मे २०२३
  5. "MULPANI FLOWING", www.asiancricket.org, अन्तिम पहुँच १२ मे २०२३
  6. "MULLING OVER MULPANI, PLANNING FOR POKHARA", www.asiancricket.org, अन्तिम पहुँच १२ मे २०२३
  7. "Nepal looks to make case as neutral venue", ESPNCricinfo, अन्तिम पहुँच १२ मे २०२३
  8. "After resolving land-dispute, Mulpani cricket stadium gains momentum", The Himalayan Times, अन्तिम पहुँच १२ मे २०२३
  9. "Nepal gears up preparations to host ACC Premier Cup", The Kathmandu Post (Englishमा), अन्तिम पहुँच १२ मे २०२३