२०२३ एसिसी पुरुष प्रिमियर कप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०२३ एसिसी पुरुष प्रिमियर कप
मितिसन् २०२३ अप्रिल १८ – सन् २०२३ मे १
प्रशासक(हरू)एसियाली क्रिकेट परिषद्
क्रिकेटको प्रकार५० ओभर, एकदिवसीय अन्तर्राष्ट्रिय
टुर्नामेन्टको प्रकारसमूह राउन्ड-रोबिननक आउट
आयोजक(हरू) नेपाल
विजेता नेपाल (१औँ उपाधि)
उप-विजेता संयुक्त अरब इमिरेट्स
सहभागीहरू१०
खेल संख्या२४
म्यान अफ द सिरिजनेपाल सन्दीप लामिछाने
अधिक रनसंयुक्त अरब इमिरेट्स वृत्य अरविन्द (४५४)
अधिक विकेटओमान बिलाल खान (१७)

२०२३ एसिसी पुरुष प्रिमियर कप एक क्रिकेट प्रतियोगिता थियो जुन् सन् २०२३ को अप्रिल र मे महिनामा नेपालमा आयोजना गरिएको थियो।[१] यो क्रिकेट प्रतियोगिता २०२३ एसिया कपमा सहभागी हुनको लागि छनौटको अन्तिम चरण रहेको थियो।[२] यो क्रिकेट प्रतियोगिता नेपालको[३] त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमूलपानी क्रिकेट रङ्गशालामा खेलहरू आयोजना गरिएको थियो।[४] यो प्रतियोगिताको विजेता टोली सन् २०२३ को एसिया कपको लागि छनोट भएको थियो भने[५] शीर्ष तीन टोलीहरू २०२३ एसिसी इमर्जिङ टिम्स एसिया कपको लागि छनोट भएको थियो।[६]

एसियाली क्रिकेट परिषद्ले सन् २०२३ मार्च २३ मा प्रतियोगिताको खेल तालिका घोषणा गरेको थियो। २०२३ एसिसी पुरुष च्यालेन्जर कपको शीर्ष दुई टोलीको रूपमा बहराइनसाउदी अरबले यो प्रतियोगितामा सहभागिता जनाएको थियो, जहाँ साउदी अरबले फाइनलमा बहराइनलाई १० विकेटले पराजित गरेको थियो।[७]

नेपालले प्रतियोगिताको फाइनलमा संयुक्त अरब इमिरेट्सलाई पराजित गर्दै २०२३ एसिया कपको लागि आफ्नो स्थान सुरक्षित गरेको थियो।[८] फाइनल खेल्ने २ टोलीहरू बाहेक ओमानले २०२३ इमर्जिङ टिम्स एसिया कप खेल्ने आफ्नो स्थान सुरक्षित गरेको थियो।

अभ्यास खेलहरू[सम्पादन गर्नुहोस्]

सन् २०२३ अप्रिल १३
०९:३०
ओमान 
२४९/९ (५० ओभर)
वि.
 बहराइन
१९८ (४५.२ ओभर)
जिसन मकसुद ६९ (१०५)
रिजवान बट २/३३ (६ ओभर)
सोहैल अहमद ८४ (१०४)
बिलाल खान ४/५२ (८.२ ओभर)

सन् २०२३ अप्रिल १५
०९:३०
ओमान 
२४६/९ (५० ओभर)
वि.
 नेपाल
२४९/५ (४४.४ ओभर)
शोएब खान ११०* (१२३)
किशोर महतो ३/२७ (८ ओभर)
अर्जुन साउद ६७ (८७)
जिसन मकसुद २/६० (१० ओभर)

सन् २०२३ अप्रिल १५
०९:३०
बहराइन 
१७५ (४९.४ ओभर)
वि.
 कुवेत
१७६/९ (४०.१ ओभर)
रिजवान बट ४७ (५९)
इल्यास अहमद ३/२७ (६ ओभर)
परविन्दर कुमार ४७ (३६)
वसिक अहमद २/२३ (५ ओभर)

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Men’s Asia Cup and Asia Cup Qualifier tournaments announced for 2023", Czarsportz, अन्तिम पहुँच ३१ जनवरी २०२३ 
  2. "Men’s cricket team prepares for ACC Men’s Challenger Cup 2023", Kuensel, अन्तिम पहुँच १० फेब्रुअरी २०२३ 
  3. "Nepal to host ACC Premier Cup", Cricnepal, अन्तिम पहुँच १ फेब्रुअरी २०२३ 
  4. "INVITATION FOR EXPRESSION OF INTEREST", Asian Cricket Council, अन्तिम पहुँच ८ फेब्रुअरी २०२३ 
  5. "Nepal open ACC Premier Cup against Malaysia", Kathmandu Post, अन्तिम पहुँच २४ मार्च २०२३ 
  6. "আয়োজক ঠিক না করেই চূড়ান্ত এশিয়া কাপের সূচি" [Fixtures of Asia Cup finalized without determining host], risingbd.com (Banglaमा), अन्तिम पहुँच ५ जनवरी २०२३ 
  7. "Saudi Arabia, Bahrain win through ACC Challenger Cup", Cricbuzz, अन्तिम पहुँच ५ मार्च २०२३ 
  8. "Rajabanshi and Jha secure Asia Cup qualification for Nepal", Cricbuzz, अन्तिम पहुँच २ मे २०२३