एकदिवसीय अन्तर्राष्ट्रिय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अस्ट्रेलिया र भारत बीच मेलबर्न क्रिकेट ग्राउण्डमा खेलिएको एकदिवसीय अन्तर्राष्ट्रिय म्याचको दृश्य

एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) (ODI) क्रिकेटको एउटा स्वरूप हो । जसमा दुई क्रिकेट टिमको बिचमा प्रत्येक टिमले ५० ओभरको खेल खेल्दछ । क्रिकेट विश्वकप यसै ढाँचा अनुसार खेल्ने गरिन्छ । एकदिवसीय अन्तर्राष्ट्रिय म्याचलाई लिमिटेड ओभर इन्टरनेसनल क्रिकेट पनि भन्ने गरिन्छ किनकी दुवै टिमको बीच सिमित ओभरको क्रिकेट म्याच खेल्ने गरिन्छ । यदि म्याचको बिचमा कुनै समस्या आइपरेमा महत्त्वपूर्ण एकदिवसीय अन्तर्राष्ट्रिय म्याच तथा घरेलू म्याचहरु प्राय:जसो दुइ दिनको समय राख्ने गरिन्छ जसले गर्दा म्याचको नतिजा आउन सकोस । यदि म्याच बिना कुनै बल खेलिकन वर्षाले प्रभावित भयो भने विशेष रूपमा अर्को दिन म्याच खेलाउने गरिन्छ ।

अन्तर्राष्ट्रिय एकदिवसीय खेलको विकास २०औ शताब्दीको अन्तमा भएको हो । पहिलो एकदिवसीय म्याच मेलबोर्न क्रिकेट ग्राउण्डमा ५ जनवरी १९७१ को दिन अस्ट्रेलिया र इङ्गल्याण्डको बीचमा खेलिएको थियो । जब तेश्रो टेस्ट म्याचको पहिलो तीन दिन पानीले गर्दा खेल हुन सकेन त्यति खेर खेल अम्पायर तथा रेफ्रीले म्याचलाई समाप्त गर्ने निर्णय गर्यो र यस म्याचको स्थानमा ६ बल प्रति ओभर संगै प्रत्येक टिम ४० ओभरको एकदिवसीय म्याच गर्ने निर्णय गर्यो । यस प्रकार पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय म्याचको जन्म भयो । अस्ट्रेलियाले यो म्याच ५ विकेटले जितेर इतिहास बनायो ।[१]

१९७० दशकको अन्तमा क्यारी प्याकरले वर्ल्ड सिरिज क्रिकेट (WSC) प्रतियोगिताको सुरुवात गरे र यसमा आधुनिक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको कयौं सुबिधाहरु थप गरी आयोजना गरियो । खेलाडीले रङ्गीन जर्सी, फलड लाईटमा सेतो बल तथा कालो साइट स्क्रीन संगै म्याचको आयोजन गरियो । यस खेललाई अझै आधुनिक बनाउन टेलिविजन प्रसारणको लागि क्यामराको प्रयोग, पिचमाथि खेलने खेलाडीहरूको आवाज सुन्नको लागि माइक्रोफोन तथा अन स्क्रीन ग्राफिक्स शामिल थियो । रङ्गीन जर्सीमा खेलिएको पहिलो म्याच सन् १९७९ जनवरी १७ मा मेलबोर्नको भिक्टोरिया क्रिकेट ग्राउण्डमा खेलिएको थियो ।

फ्लडलाईट्समा खेलिएको एकदिवसीय अन्तर्राष्ट्रिय म्याच

नियम[सम्पादन गर्नुहोस्]

पावारप्ले[सम्पादन गर्नुहोस्]

परीक्षण नियम[सम्पादन गर्नुहोस्]

एकदिवसीय दर्जा प्राप्त टिमहरु[सम्पादन गर्नुहोस्]

एकदिवसीय अन्तर्राष्ट्रिय रेकर्ड[सम्पादन गर्नुहोस्]

नेपालका मेहबुब आलम एक दिवसीय अन्तर्राष्ट्रिय म्याचमा १०नै विकेट लिने पहिलो खेलाडी रहेका छन ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य लिंक[सम्पादन गर्नुहोस्]