विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाली राष्ट्रिय क्रिकेट टिम (अङ्ग्रेजी : Nepal national cricket team ), टिम नेपाल , गोर्खाली वा द राइनोज जस्ता नामले समेत चिनिने नेपाल को प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा भाग लिने क्रिकेट टोली हो ।[६] यस टिमको आधिकारिक निगमन संस्था नेपाल क्रिकेट सङ्घ हो । सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेट परिषद को सदस्य राष्ट्र को रूपमा रहदैं आएको यो टोली आरम्भमा सन् १९८८ देखि सन् १९९६ सम्म सम्बद्ध राष्ट्र को रूपमा रहेको थियो ।[७] सन् २०१४ जुन देखि २०१५ आइसिसी पुरुष टि२० विश्वकप छनौट प्रतियोगितासम्म आइसिसीले नेपाललाई ट्वान्टी२० अन्तर्राष्ट्रिय को मान्यताप्राप्त टिमको श्रेणीमा राखेको थियो ।[८] [९] सन् २०१८ मार्च १५ मा नेपालले २०१८ क्रिकेट विश्वकप छनौट प्रतियोगिताको पहिलो प्ले-अफ खेल जितेपश्चात एकदिवसीय अन्तर्राष्ट्रिय खेल (साथै ट्वान्टी२० अन्तर्राष्ट्रिय ) खेल्ने मान्यता प्राप्त गरेको हो ।[१०] [११] [१२]
अन्तराष्ट्रिय स्तरमा नेपालले क्रिकेटमा आफ्नो वलियो उपस्थीति जनाउन थालेको छ । हालै जिम्वावेमा भएको विश्वकप छनौटमा सातौ भएको नेपाल सन २०२२ सम्म एक दिवसीय मान्यता प्राप्त देश बनेको छ ।
सन् १९२० तिर नेपालमा राज गरी रहेको राणा वंशबाट भएको हो । सन् १९२० तिर जब बेलायतबाट राणाहरु पढाइ सकेर फर्के तिनीहरूलाई यस खेलले आकर्षित गरेको हुँदा उनीहरूले नेपालमा पनि यस खेलको सुरुवात गरेका हुन् । सन् १९४६ मा नेपालमा क्रिकेटलाई उकास्नका लागि क्रिकेट असोसियेसन अफ नेपाल को स्थापना भयो ।
सन् १९५१ मा आएर जब नेपालमा राणाहरूको अन्त्य भयो त्यस बेला देखि क्रिकेट साधारण जनतामाझ पुग्न सफल भयो । क्रिकेट असोसियेसन अफ नेपाल नेपालको राष्ट्रिय खेलकुद मा समावेश गरियो जसले क्रिकेटलाई झन् सम्पूर्ण नेपालीमाझ पुग्न सरल बनाइदियो । सन् १९८० को दशक सम्म क्रिकेट काठमान्डौ उपत्यकामा मात्र सिमित थियो । सन् १९९० देखि क्रिकेट पुरै नेपालमा खेल्न तथा यसको पहुच भयो ।
क्रिकेट टुर्नामेन्टमा नेपाली क्रिकेट टिमको सहभागिता [ सम्पादन गर्नुहोस् ]
वर्ष
चरण
२००४
पहिलो चरण
२००५
पहिलो चरण
२००६/७
छानौट नभएको
२००७/८
प्रतिस्पर्धा नगरेको [१३]
१९७९ देखि १९८६ : दर्जा प्राप्त नगरेको - आइसिसी सदस्यता प्राप्त नगरेको
१९९० आइसिसी ट्रफी: दर्जा प्राप्त नगरेको - आइसिसी अफिलियेट सदस्य
१९९४ आइसिसी ट्रफी: दर्जा प्राप्त नगरेको - आइसिसी अफिलियेट सदस्य
१९९७ आइसिसी ट्रफी: भाग नलिएको[१४]
२००१ आइसिसी ट्रफी: प्रथम चरण
२००५ आइसिसी ट्रफी: छनौट नभएको
२०१४ : ९औ स्थान [१५]
२०१४ आइसिसी टि-ट्वान्टी मान्यता प्राप्त
१९९६: प्रथम चरण
१९९८: प्रथम चरण
२०००: सेमी-फाइनल
२००२: उप-बिजेता
२००४: दोश्रो स्थान
२००६: चौथौ स्थान
२००८: चौथौ स्थान[१६]
२०१०: उप-बिजेता
२०१२:बिजेता (संयुक्त अरब इमिरेट्ससँग ट्रफी साझा गरेको)
२०१४: उप-बिजेता
२००७: समुह चरण
२००९: पाँचौ स्थान
२०११: चौथौ स्थान
२०१३: उप-बिजेता
भुवन कार्की
महेश क्षेत्री
पृथु बास्कोटा
↑ "ICC Rankings" , icc-cricket.com ।
↑ "ODI matches - Team records" , ESPNcricinfo।
↑ "ODI matches - 2018 Team records" , ESPNcricinfo।
↑ "T20I matches - Team records" , ESPNcricinfo।
↑ "T20I matches - 2018 Team records" , ESPNcricinfo।
↑ "Nepal's Official Jersey at T10 Sports" ।
↑ "Nepal's Profile at CricketArchive" , CricketArchive, अन्तिम पहुँच २ मे २००५ ।
↑ "Results of ICC Board meeting in Melbourne" , International Cricket Council , मूल बाट १२ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ जुन २०१४ ।
↑ "Nepal, Netherlands get T20 international status" , ESPNcricinfo , अन्तिम पहुँच २८ जुन २०१४ ।
↑ "Nepal thrash PNG to secure ODI status" , International Cricket Council , अन्तिम पहुँच १५ मार्च २०१८ ।
↑ "Historic moment for Nepal cricket: Rhinos get ODI status for first time in history" , Online Khabar , अन्तिम पहुँच १५ मार्च २०१८ ।
↑ "Nepal claim ODI status for the first time" , ESPN Cricinfo , अन्तिम पहुँच १५ मार्च २०१८ ।
↑ 2007/08 ICC Intercontinental Cup at CricketEurope
↑ 1997 ICC Trophy at Cricinfo
↑ http://www.espncricinfo.com/icc-cricket-world-cup-qualifier-2014/engine/current/match/696749.html Cricinfo
↑ http://www.cricketeurope4.net/CRICKETEUROPE/DATABASE/2008/TOURNAMENTS/ASIATROPHYELITE/about.shtml