२००७ आइसिसी वर्ल्ड ट्वान्टी२०

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२००७ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी
150
२००७ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टीको लोगो
मिति११ सेप्टेम्बर २००७ – २४ सेप्टेम्बर २००७
प्रशासक(हरू)आइसिसी
क्रिकेटको प्रकारटि-ट्वान्टी
टुर्नामेन्टको प्रकारराउन्ड रोबिन तथा प्लेअफ
आयोजक(हरू) दक्षिण अफ्रिका
विजेता भारत - पहिलो ट्रफी
सहभागीहरू१२ (१६ राष्ट्र मध्ये)
खेल संख्या२७
म्यान अफ द सिरिजपाकिस्तान शाहिद आफ्रिदी
अधिक रनअस्ट्रेलिया म्याथ्यु हयाडेन (२६५)
अधिक विकेटपाकिस्तान उमर गुल (१३)
आधिकारिक वेबसाइट२००७ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी

२००७ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी प्रतियोगिता आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टीको पहिलो संस्करण रहेको थियो । यो आइसिसी टुर्नामेन्ट दक्षिण अफ्रिकामा सन् २००७ सेप्टेम्बर ११ देखि २४ सेप्टेम्बर सम्म सञ्चालन भएको थियो । यो टुर्नामेन्ट दक्षिण अफ्रिकाको तिन वटा शहर जोहानेसबर्ग,डरबन तथा केपटाउनमा खेलिएको थियो । १३ दिनको उक्त टुर्नामेन्टमा १२ राष्ट्रको सहाभागिता रहेको थियो । यस टुर्नामेन्टमा १० वटा टेस्ट खेल्ने राष्ट्र तथा २ वटा राष्ट्र केन्या तथा स्कटल्याण्ड छनौट भएर आएका थिए । भारतले यो टुर्नामेन्ट फाइनलमा पाकिस्तानलाई पराजित गरेर जितेको थियो ।

नियम[सम्पादन गर्नुहोस्]

दक्षिण अफ्रिका तथा बङ्गलादेश बीच खेलिएको म्याचको दृश्य

समुह चरण तथा सुपर ८ चरणमा निम्न अनुसार टिमलाइ अङ्क बाँड फाड गरिन्छ :-

परिणाम अंक
जित २ अंक
परिणाम ननिस्केको खण्डमा १ अंक
हार ० अंक

यदि म्याच टाई (बराबर) भएमा (उदाहरण, दुवै टिमले खेलको अन्तसम्म बराबर रन बनाएको अवस्थामा ), बाउल आउटद्वारा म्याचको निर्णय हुनेछ । यो नियम टुर्नामेन्टको सम्पूर्ण चरणमा लागु हुनेछ ।[१] बाउल आउटद्वारा म्याचको निर्णय टुर्नामेन्टको एउटा म्याचमा मात्र प्रयोग भएको थियो - समुह डि अन्तर्गत भारत तथा पाकिस्तान बीच १४ सेप्टेम्बरमा यस नियमलाई प्रयोग गर्नुपरेको थियो ।(स्कोर कार्ड).

एउटा समुह अन्तर्गत (समुह चरण तथा सुपर ८ दुवै चरणमा), दुवै समुहमा रहेका टिमको अंकलाई निम्न आधारले छुट्याइनेछ [२]

  1. अधिकतम अङ्क भएमा
  2. बराबरीको अवस्थामा , अधिकतम जित संख्या
  3. यदि अझै पनि बराबर रहेको अवस्थामा, अधिकतम नेट रन रेट
  4. यदि अझै पनि बराबर रहेको अवस्थामा, न्यूनतम बलिंग स्ट्राइक रेट
  5. यदि अझै पनि बराबर रहेको अवस्थामा, हेड टु हेड मा निर्णय


समुह चरण[सम्पादन गर्नुहोस्]

१२ वटा टिमलाई ४ वटा समुहमा विभाजन गरिएको थियो सबै समुहमा ३-३ वटा टिम रहेको थियो । समुहमा रहेका टिमलाई १ मार्च सन् २००७ को ट्वान्टी-ट्वान्टी रयान्किंगको आधारमा छुट्याइएको थियो । [३] सम्पूर्ण समुहबाट उत्कृष्ट २ टिम सुपर ८ चरणको लागि छनौट हुनेछ ।[४]

समुह A[सम्पादन गर्नुहोस्]

टिम सिड अंक खेलेको जित हार बेनतिजा नेट रन रेट
 दक्षिण अफ्रिका A1 +०.९७४
 बङ्गलादेश A3 +०.१४९
 वेस्ट इन्डिज A2 −१.२३३

समुह A मा दुई वटा म्याचमा हार संगै वेस्टइन्डिज टुर्नामेन्टबाट बाहिर हुन पुग्यो । उसले आफ्नो प्रथम म्याचमा दक्षिण अफ्रिका विरुद्ध क्रिस गेलको बिष्फोटक शतकले पनि हार जोगाउन सकेन ।

११ सेप्टेम्बर
१८:००
(स्कोरकार्ड)
 वेस्ट इन्डिज
२०५/६ (२० ओभर)
v  दक्षिण अफ्रिका
२०८/२ (१७.४ ओभर)
 दक्षिण अफ्रिका ८ विकेटले बिजयी
वांडरर्स स्टेडियम,जोहानेसबर्ग
प्लेयर अफ दि म्याच: क्रिस गेल (वेस्ट-इन्डिज)
क्रिस गेल ११७ (५७)
जोहान भ्यान डर बाथ २/३३ (४)
हेर्सेल गिब्स ९० (५५)
फिडेल एड्वार्ड्स १/२१ (३)
  • क्रिस गेल पहिलो खेलाडी भए जसले ट्वान्टी-ट्वान्टी अन्तर्राष्ट्रिय म्याचमा शतक प्रहार गर्न सफल भए । उनी ट्वान्टी-ट्वान्टी अन्तर्राष्ट्रिय म्याचको एक इनिंगमा सबैभन्दा बढी (१० छक्का) पनि प्रहार गरे ।
  • वेस्टइन्डिजक ओपनरद्वय क्रिस गेल तथा डेभोन स्मिथले पहिलो विकेटको लागि १४५ रनको साझेदारी गरे जुन ट्वान्टी-ट्वान्टी अन्तर्राष्ट्रिय म्याचको सबैभन्दा बढी हो ।

१३ सेप्टेम्बर
१०.००
(स्कोरकार्ड)
 वेस्ट इन्डिज
१६४/८ (२० ओभर)
v  बङ्गलादेश
१६५/४ (१८ ओभर)
 बङ्गलादेश ६ विकेटले बिजयी
वांडरर्स स्टेडियम,जोहानेसबर्ग
प्लेयर अफ दि म्याच: मोहम्मद असरफुल (बङ्गलादेश)
डेभोन स्मिथ ५१ (५२)
शकिब अल हसन ४/३४ (४)
आफ्ताब अहमद ६२* (४९)
रामनरेश श्रवन २/१० (२)
  • यो नतिजा संगै दक्षिण अफ्रिका र बङ्गालदेश सुपर ८ चरणको लागि छनौट भएको थियो ।

१५ सेप्टेम्बर
१८:००
(स्कोरकार्ड)
 बङ्गलादेश
१४४ (१९.३ ओभर)
v  दक्षिण अफ्रिका
१४६/३ (१८.५ ओभर)
 दक्षिण अफ्रिका ७ विकेटले बिजयी
न्युल्यान्ड्स क्रिकेट ग्राउण्ड,केपटाउन
प्लेयर अफ दि म्याच: मोर्ने मोर्केल (दक्षिण अफ्रिका)
आफ्ताब अहमद ३६ (१४)
शाउन पोलक ३/४० (३.३)
ग्रेम स्मिथ ४१(३४)
अब्दुर रज्जाक २/२६ (४)

समुह B[सम्पादन गर्नुहोस्]

टिम सिड अंक खेलेको जित हार बेनतिजा नेट रन रेट
 अस्ट्रेलिया B1 +०.९८७
 इङ्ल्यान्ड B2 +०.२०९
 जिम्बाब्वे B3 −१.१९६

समुह B को सुरुवात संगै विश्व च्याम्पियन अस्ट्रेलिया लाई जिम्बाबे,ले ब्रेन्डन टेलरको उत्कृष्ट ७४ रनको मद्दतले अफ्रिकन भूमिमा एक बल बाँकी छदै हराएको थियो ।

१२ सेप्टेम्बर
१८:००
(स्कोरकार्ड)
 अस्ट्रेलिया
१३८/९ (२० ओभर)
v  जिम्बाब्वे
१३९/५ (१९.५ ओभर)
 जिम्बाब्वे ५ विकेटले बिजयी
न्युल्यान्ड्स क्रिकेट ग्राउण्ड,केपटाउन
प्लेयर अफ दि म्याच: ब्रेन्डन टेलर (जिम्बाबे)
ब्र्याड हज ३५ (२२)
एल्टन चिगम्बुरा ३/२० (३)
ब्रेन्डन टेलर ७४* (४६)
स्टुआर्ट क्लार्क २/२२ (४)

१३ सेप्टेम्बर
१४:००
(स्कोरकार्ड)
 इङ्ल्यान्ड
१८८/९ (२० ओभर)
v  जिम्बाब्वे
१३८/८ (२० ओभर)
 इङ्ल्यान्ड ५० रनले बिजयी
न्युल्यान्ड्स क्रिकेट ग्राउण्ड,केपटाउन
प्लेयर अफ दि म्याच: केभिन पिटरसन (इंग्ल्याण्ड)
केभिन पिटरसन ७९ (३७)
एल्टन चिगम्बुरा ४/३१ (४)
ब्रेन्डन टेलर ४७ (३९)
दिमित्री म्येसकेरनेहस ३/१८ (४)

१४ सेप्टेम्बर
१४:००
(स्कोरकार्ड)
 इङ्ल्यान्ड
१३५ (२० ओभर)
v  अस्ट्रेलिया
१३६/२ (१४.५ ओभर)
 अस्ट्रेलिया ८ विकेटले बिजयी
न्युल्यान्ड्स क्रिकेट ग्राउण्ड,केपटाउन
प्लेयर अफ दि म्याच: नाथन ब्रेकन (अस्ट्रेलिया)
एन्ड्रयु फ्लिन्टफ ३१ (१९)
नाथन ब्रेकन ३/१६ (४)
म्याथ्यु ह्याडन १००* (४३)
एन्ड्रयु फ्लिन्टफ १/२५ (४)
  • यो म्याचको नतिजा संगै अस्ट्रेलिया तथा इंग्ल्याण्ड सुपर ८ चरणको लागि छनौट भएको थियो ।

समुह C[सम्पादन गर्नुहोस्]

टिम सिड अंक खेलेको जित हार बेनतिजा नेट रन रेट
 श्रीलङ्का C2 +४.७२१
 न्युजिल्यान्ड C1 +२.३९६
 केन्या C3 −८.०४७

केन्याले आफ्नो पहिलो म्याचमा नै ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय म्याचमा न्युजिल्याण्ड बिरुद्ध ७३ रनमै अल आउट हुन पुग्यो जुन ट्वान्टी ट्वान्टी इतिहासमा बनाएको सबैभन्दा थोरै रन रहेको थियो । तथा सोहि म्याचमा नै न्युजिल्याण्डले १२.२ ओभरमा नै ९ विकेटले म्याच जित गरेको थियो । तथा बाँकी रहेको अर्को म्याचमा केन्याले अर्को विश्व रेकर्ड कायम गर्यो । उसले श्रीलङ्कालाई ट्वान्टी ट्वान्टी इतिहासको सबैभन्दा बढी रन दिन सफल रहयो,श्रीलङ्काले सो म्याचमा रेकर्ड २६० रन बनायो र केन्यालाई ८८ रनमै आउट गरेर म्याच १७२ रनले जित्न सफल रहयो ।


१२ सेप्टेम्बर
१०:००
(स्कोरकार्ड)
 केन्या
७३ (१६.५ ओभर)
v  न्युजिल्यान्ड
७४/१ (७.४ ओभर)
 न्युजिल्यान्ड ९ बिकेटले बिजयी
किंग्समिड,डरबन
प्लेयर अफ दि म्याच: मार्क जिलेस्पी (न्युजिल्याण्ड)
कोलिंस ओबुया १८ (२५)
मार्क जिलेस्पी ४/७ (२.५)
लु भिन्सेन्ट २७ (२०)
थोमस ओडोयो १/२२ (३)
  • केन्याद्वारा बनाइएको ७३ रन ट्वान्टी ट्वान्टी इतिहासमा सबैभन्दा कम रहेको थियो ।

१४ सेप्टेम्बर
१०:००
(स्कोरकार्ड)
 श्रीलङ्का
२६०/६ (२० ओभर)
v  केन्या
८८ (१९.३ ओभर)
 श्रीलङ्का १७२ रनले बिजयी
वांडरर्स स्टेडियम,जोहानेसबर्ग
प्लेयर अफ दि म्याच: सनथ जयसूर्या (श्रीलङ्का)
सनथ जयसूर्या ८८(४४)
जिमी कमान्डे ३/४८ (४)
अलेक्स ओबांडा २१ (२५)
तिलकरत्ने दिलशान २/४ (१.३)
  • श्रीलङ्काले ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रय म्याचमा सबैभन्दा ठुलो स्कोर २६० रन बनाउनुको साथै उसले सबैभन्दा बढी रनको जित अन्तर पनि निकाल्न सफल रहयो ।
  • यो म्याचको नतिजा संगै श्रीलङ्का तथा न्युजिल्याण्ड सुपर ८ चरणको लागि छनौट हुन सफल भएको थियो ।

१५ सेप्टेम्बर
१४:००
(स्कोरकार्ड)
 न्युजिल्यान्ड
१६४/७ (२० ओभर)
v  श्रीलङ्का
१६८/३ (१८.५ ओभर)
 श्रीलङ्का ७ विकेटले बिजयी
वांडरर्स स्टेडियम,जोहानेसबर्ग
प्लेयर अफ दि म्याच: सनथ जयसूर्या (श्रीलङ्का)
रोस टेलर ६२ (४२)
दिल्हारा फर्नान्डो २/३१ (४ )
सनथ जयसूर्या ६१ (४४)
ड्यानियल भिट्टोरी २/२३ (४)

समुह D[सम्पादन गर्नुहोस्]

टिम सिड अंक खेलेको जित हार बेनतिजा नेट रन रेट
 भारत D2   .००००
 पाकिस्तान D1 +१.२७५
 स्कटल्यान्ड D3 −२.५५०

भारत तथा पाकिस्तानले ट्वान्टी-ट्वान्टी क्रिकेटको इतिहासमा पहिलो बाउल आउट खेले जसमा भारतले पाकिस्तानलाई ३-० ले हराएको थियो ।

१२ सेप्टेम्बर
१४:००
(स्कोरकार्ड)
 पाकिस्तान
१७१/९ (२० ओभर)
v  स्कटल्यान्ड
१२० (१९.५ ओभर)
 पाकिस्तान ५१ रनले बिजयी
किंग्समिड,डरबन
प्लेयर अफ दि म्याच: शाहिद अफ्रिदी
युनिस खान ४१ (२९)
क्रेग राइट ३/२९ (४ )
फ्रेसर वाट्स ४६ (३५)
शाहिद अफ्रिदी ४/१९ (४)

१३ सेप्टेम्बर
१८:००
 भारत
v  स्कटल्यान्ड

१४ सेप्टेम्बर
१८:००
(स्कोरकार्ड)
 भारत
१४१/९ (२० ओभर)
v  पाकिस्तान
१४१/७ (२० ओभर)
म्याच टाई,  भारत ले बाउल आउटमा (३-०, भारत X X X, पाकिस्तान O O O)
किंग्समिड,डरबन
प्लेयर अफ दि म्याच: मोहम्मद आशिफ
रोबिन उथप्पा ५० (३९)
मोहम्मद आशिफ ४/१८ (४ ओभर)
मिस्बाह उल-हक ५३ (३५)
इरफान पठान २/२० (४)
  • अन्त्यमा म्याच टाई भएपश्चात,म्याचको निर्णय बाउल आउटले भएको थियो । भारतले म्याच जितेर सुपर ८ मा प्रवेश गरेको थियो ।

सुपर ८ चरण[सम्पादन गर्नुहोस्]

८ वटा टिमलाई दुई समुहमा विभाजन गरिएको थियो । दुवै समुहबाट दुई उत्कृष्ट टिम सेमी-फाइनलको लागि छनौट हुने नियम थियो ।

समुह E[सम्पादन गर्नुहोस्]

टिम अंक खेलेको जित हार बेनतिजा नेट रन रेट
 भारत +०.७५०
 न्युजिल्यान्ड +०.०५०
 दक्षिण अफ्रिका −०.११६
 इङ्ल्यान्ड −०.७००


१६ सेप्टेम्बर
१०:००
(स्कोरकार्ड)
 न्युजिल्यान्ड
१९० (२० ओभर)
v  भारत
१८०/९ (२० ओभर)
 न्युजिल्यान्ड १० रनले बिजयी
वांडरर्स स्टेडियम,जोहानेसबर्ग
प्लेयर अफ दि म्याच: ड्यानियल भिट्टोरी (न्युजिल्याण्ड)
ब्रेन्डन म्याककुलम ४५ (३१)
हरभजन सिंह २/२४ (४)
गौतम गम्भीर ५१ (३३)
ड्यानियल भिट्टोरी ४/२० (४)

१६ सेप्टेम्बर
१८:००
(स्कोरकार्ड)
 दक्षिण अफ्रिका
१५४/८ (२० ओभर)
v  इङ्ल्यान्ड
135/7 (२० ओभर)
 दक्षिण अफ्रिका १९ रनले बिजयी
न्युल्यान्ड्स क्रिकेट ग्राउण्ड,केपटाउन
प्लेयर अफ दि म्याच: एल्बि मोर्केल (दक्षिण अफ्रिका)
एल्बि मोर्केल ४३ (२०)
स्टुआर्ट ब्रोड ३/३७ (४)
ओवेश शाह ३६ (३१)
एल्बि मोर्केल २/१२ (२)

१८ सेप्टेम्बर
१०:००
(स्कोरकार्ड)
 न्युजिल्यान्ड
१६४/९ (२० ओभर)
v  इङ्ल्यान्ड
१५९/८ (२० ओभर)
 न्युजिल्यान्ड ५ रनले बिजयी
किंग्समिड,डरबन
प्लेयर अफ दि म्याच: क्रेग म्याकमिलन (न्युजिल्याण्ड)
क्रेग म्याकमिलन ५७ (३१)
जेम्स एन्डरसन २/२४ (४)
ड्यारेन म्याडी ५० (३१)
शेन बोन्ड २/२० (४)

१९ सेप्टेम्बर
१४:००
(स्कोरकार्ड)
 न्युजिल्यान्ड
१५३/८ (२० ओभर)
v  दक्षिण अफ्रिका
१५८/४ (१९.१ ओभर)
 दक्षिण अफ्रिका ६ विकेटले बिजयी
किंग्समिड,डरबन
प्लेयर अफ दि म्याच: जस्टिन केम्प (दक्षिण अफ्रिका)
क्रेग म्याकमिलन ४८ (२५)
मोर्ने मोर्केल ४/१६ (४)
जस्टिन केम्प ८९* (५६)
मार्क जिलेस्पी 2/11 (3.1)
  • यो म्याचको नतिजा संगै इंग्ल्याण्ड यस टुर्नामेन्टमा बाहिरिएको थियो ।

१९ सेप्टेम्बर
१८:००
(स्कोरकार्ड)
 भारत
२१८/४ (२० ओभर)
v  इङ्ल्यान्ड
२००/६ (२० ओभर)
 भारत १८ रनले बिजयी
किंग्समिड,डरबन
प्लेयर अफ दि म्याच: युभराज सिंह (भारत)
बिरेन्द्र सेहवाग ६८ (४२)
क्रिस ट्रेम्लेट २/४५ (४)
भिक्रम सोलंकी ४३ (३१)
इरफान पठान ३/३७ (४)
  • युभराज सिंहले ट्वान्टी ट्वान्टी क्रिकेटको सबैभन्दा चाँडो अर्धशतक बनाउने खेलाडी भए । उनले जम्मा १२ बलमा अर्धशतक पुरा गरे यो भन्दा पहिले यसै टुर्नामेन्टमा बङ्गलादेशका मोहम्मद अशरफुलले २० बलमा अर्धशतक बनाएका थिए । तथा यसै म्याचमा युभराज सिंहले ट्वान्टी ट्वान्टी क्रिकेटको इतिहासमा पहिलो पटक इंग्ल्याण्डका बलर स्टुआर्ट ब्रोडको एक ओभरको सबै बलमा छक्का प्रहार गरेर अर्को किर्तिमान कायम गरे ।
  • यो टेस्ट म्याच खेल्ने राष्ट्र बिरुद्ध बनाईएको सबैभन्दा ठुलो स्कोर थियो ।

२० सेप्टेम्बर
१८:००
(स्कोरकार्ड)
 भारत
१५३/५ (२० ओभर)
v  दक्षिण अफ्रिका
११६/९ (२० ओभर)
 भारत ३७ रनले बिजयी
किंग्समिड,डरबन
प्लेयर अफ दि म्याच: रोहित शर्मा (भारत)
रोहित शर्मा ५० (४०)
शाउन पोलक २/१७ (४)
एल्बि मोर्केल ३६ (३७)
रुद्र प्रताप सिंह ४/१३ (४)
  • यस म्याचको अन्त संगै तिन वटा टिमकै समान अङ्क भएको हुनाले न्युजिल्याण्ड तथा भारत उच्चतम नेट रन रेटको आधारमा सेमी-फाइनलमा प्रवेश गरेको थियो । तथा आयोजक राष्ट्र दक्षिण अफ्रिका यस टुर्नामेन्टबाट बाहिरिएको थियो ।

Group F[सम्पादन गर्नुहोस्]

टिम अंक खेलेको जित हार बेनतिजा नेट रन रेट
 पाकिस्तान +०.८४३
 अस्ट्रेलिया +२.२५६
 श्रीलङ्का -०.६९७
 बङ्गलादेश -२.०३१


१६ सेप्टेम्बर
१४:००
(स्कोरकार्ड)
 बङ्गलादेश
१२३/८ (२० ओभर)
v  अस्ट्रेलिया
१२४/१ (१३.५ ओभर)
 अस्ट्रेलिया ९ विकेटले बिजयी
न्युल्यान्ड्स क्रिकेट ग्राउण्ड,केपटाउन
प्लेयर अफ दि म्याच: ब्रेट ली (अस्ट्रेलिया)
तमिम इकबाल ३२ (४०)
ब्रेट ली ३/२७ (४)
म्याथ्यु हेडन ७३* (४८)
मशरफे मोर्ताजा ०/२७ (३.५)
  • ब्रेट लीले ट्वान्टी-ट्वान्टी क्रिकेटको इतिहासमा पहिलो ह्याट्रिक लिने रेकर्ड बनाए ।

१७ सेप्टेम्बर
१८:००
(स्कोरकार्ड)
 पाकिस्तान
१८९/६ (२० ओभर)
v  श्रीलङ्का
१५६/९ २० ओभर)
 पाकिस्तान ३३ रनले बिजयी
वांडरर्स स्टेडियम,जोहानेसबर्ग
प्लेयर अफ दि म्याच: युनिस खान (पाकिस्तान)
शोएब मलिक ५७ (३१)
लासिथ मलिंगा ३/४३ (४)
चमारा सिल्भा ३८ (२७)
शाहिड अफ्रिदी ३/१८ (४)

१८ सेप्टेम्बर
१४:००
(स्कोरकार्ड)
 अस्ट्रेलिया
१६४/७ (२० ओभर)
v  पाकिस्तान
१६५/४ (१९.१ ओभर)
 पाकिस्तान ६ विकेटले बिजयी
वांडरर्स स्टेडियम,जोहानेसबर्ग
प्लेयर अफ दि म्याच: मिस्बाह उल-हक (पाकिस्तान)
माइकल हसी ३७ (२५)
सोहेल तनबिर ३/३१ (४)
मिस्बाह उल-हक ६६ (४२)
स्टुआर्ट क्लार्क ३/२७ (४)

१८ सेप्टेम्बर
१८:००
(स्कोरकार्ड)
 श्रीलङ्का
१४७/५ (२० ओभर)
v  बङ्गलादेश
८३ (१५.५ ओभर)
 श्रीलङ्का ६४ रनले बिजयी
वांडरर्स स्टेडियम,जोहानेसबर्ग
प्लेयर अफ दि म्याच: दिल्हारा फर्नान्डो (श्रीलङ्का)
जेहान मुबारक ३१* (१९)
महमुदुल्लाह १/१९ (४)
अफताब अहमद १८ (११)
शनथ जयसूर्या २/४ (१.५)
  • यो म्याचको नतिजा सँगै पाकिस्तान सेमी-फाइनलको लागि प्रवेश गरेको थियो ।
  • यो म्याचको नतिजा सँगै बङ्गलादेश टुर्नामेन्टबाट बाहिरिएको थियो ।

२० सेप्टेम्बर
१०:००
(स्कोरकार्ड)
 श्रीलङ्का
१०१ (१९.३ ओभर)
v  अस्ट्रेलिया
१०२/० (१०.२ ओभर)
 अस्ट्रेलिया १० विकेटले बिजयी
न्युल्यान्ड्स क्रिकेट ग्राउण्ड,केपटाउन
प्लेयर अफ दि म्याच: स्टुआर्ट क्लार्क (अस्ट्रेलिया)
जेहान मुबारक २८५ (२६)
स्टुआर्ट क्लार्क ४/२०(४)
म्याथ्यु हेडन ५८*(३८)
  • अस्ट्रेलिया यो जित सँगै सेमी-फाइनलमा प्रवेश गर्न सफल भएको थियो ।
  • यस म्याचको नतिजा सँगै श्रीलङ्का यस टुर्नामेन्टबाट बाहिरिएको थियो ।
  • यो टुर्नामेन्टमा पहिलो अवसर थियो जसमा बिरोधि टिमले लक्ष्यको पछाडी गर्दै १० विकेटले जित दर्ता गर्यो । विकेटको हिसाबले टुर्नामेन्टको सबैभन्दा फराकिलो जित ।

२० सेप्टेम्बर
१४:००
(स्कोरकार्ड)
 बङ्गलादेश
१४० (१९.४ ओभर)
v  पाकिस्तान
१४१/६ (१९ ओभर)
 पाकिस्तान ४ विकेटले बिजयी
न्युल्यान्ड्स क्रिकेट ग्राउण्ड,केपटाउन
प्लेयर अफ दि म्याच: जुनैद सिद्दिकी (बङ्गलादेश)
जुनैद सिद्दिकी ७१ (४९)
शोएब मलिक २/१५ (२)
शाहिड अफ्रिदी ३९ (१५)
अब्दुर रज्जाक २/१६ (४)

नक् आउट चरण[सम्पादन गर्नुहोस्]

सेमिफाइनलहरू फाइनल
२२ सेप्टेम्बर - न्युल्यान्ड्स क्रिकेट ग्राउण्ड,केपटाउन
   न्युजिल्यान्ड १४३/८ (२० ओभर)  
   पाकिस्तान १४७/४ (१८.५ ओभर)  
 
२४ सेप्टेम्बर - वांडरर्स स्टेडियम,जोहानेसबर्ग
      पाकिस्तान १५२ (१९.३ ओभर)
    भारत १५७/५ (२० ओभर)
२२ सेप्टेम्बर - किंग्समिड,डरबन
   भारत १८८/५ (२० ओभर)
   अस्ट्रेलिया १७३/७ (२० ओभर)  

सेमी-फाइनल[सम्पादन गर्नुहोस्]

२२ सेप्टेम्बर
१३:००
(स्कोर कार्ड)
 न्युजिल्यान्ड
१४३/८ (२० ओभर)
v  पाकिस्तान
१४७/४ (१८.५ ओभर)
 पाकिस्तान ६ विकेटले बिजयी
न्युल्यान्ड्स क्रिकेट ग्राउण्ड,केपटाउन
प्लेयर अफ दि म्याच: उमर गुल (पाकिस्तान)
रोस टेलर ३७* (२३)
उमर गुल ३/१५ (४)
इमरान नजिर ५९ (४१)
स्कट स्ट्यारिस १/१४ (३)

२२ सेप्टेम्बर
१८:००
(स्कोर कार्ड)
 भारत
१८८/५ (२० ओभर)
v  अस्ट्रेलिया
१७३/७ (२० ओभर)
 भारत १५ रनले बिजयी
किंग्समिड,डरबन
प्लेयर अफ दि म्याच: युभराज सिंह (भारत)
युभराज सिंह ७० (३०)
मिचेल जोन्सन २/३१ (४)
म्याथ्यु हेडन ६२ (४७)
शान्ताकुमारण श्रीशंथ २/१२ (४)
  • युभराज सिंह ले यस म्याचमा टुर्नामेन्टको सबैभन्दा लामो छक्का (११९ मिटर) को प्रहार गरेका थिए

फाइनल[सम्पादन गर्नुहोस्]

२४ सेप्टेम्बर
१४:००
(स्कोरकार्ड)
 भारत
१५७/५ (२० ओभर)
v  पाकिस्तान
१५२ (१९.३ ओभर)
 भारत ५ रनले बिजयी
वांडरर्स स्टेडियम,जोहानेसबर्ग
प्लेयर अफ दि म्याच: इरफान पठान (भारत)
गौतम गम्भीर ७५ (५४)
उमर गुल २/३८ (४)
मिसबाह उल-हक ४३ (३८)
इरफान पठान ३/१६ (४)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Playing conditions वेब्याक मेसिन अभिलेखिकरण २००८-०७-२० मिति, from ICC World Twenty20 homepage, retrieved 12 September 2007
  2. Final WorldTwenty20 Playing conditions वेब्याक मेसिन अभिलेखिकरण २००८-०९-११ मिति, from ICC World Twenty20 homepage, retrieved 12 September 2007
  3. "Twenty20 WC: India, Pak in same group", Rediff.com, १३ जुन २००७, १६ मे २००९-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २००९-०३-१४  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  4. "Twenty20 World Championship Schedule announced", SportsAustralia.com, १५ मे २००७, १६ मे २००९-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २००९-०३-१४  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)