सामग्रीमा जानुहोस्

ब्रेन्डन टेलर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ब्रेन्डन टेलर
टेलर २०१३ मा
व्यक्तिगत जानकारी
नामब्रेन्डन रस मुरे टेलर
जन्म (1986-02-06) ६ फेब्रुअरी १९८६ (उमेर ४०)
हरारे, जिम्बावे
ब्याटिङदाया हाते
बलिङदाया हाते अफ स्पिन
भूमिकाब्याट्सम्यान, विकेटकिपर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप ६४)६ मे २००४ विरुद्ध श्रीलङ्का
अन्तिम टेस्ट१० सेप्टेम्बर २०१३ विरुद्ध  पाकिस्तान
ओडिआई पहिलो खेल (क्याप ८०)२० अप्रिल २००४ v श्रीलङ्का
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय१४ मर्च २०१५ v भारत
घरेलु टोली जानकारी
वर्षटिम
२००१/०२Mashonaland A
२००२/०३–२००२/०५Mashonaland
२००७/०८–२००८/०९नर्दन्स
२००९/१०–२०१४/१५मिड वेस्ट राईनोज
२०१२Wellington
२०१२Uthura Oryxes
२०१२–२०१३Chittagong Kings
२०१४सनराइजर्स हैदराबाद
२०१५–हालसम्मNottinghamshire
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडिआइ एफसी LA
खेल २३ १६७ ९० २४६
कुल रन १,४९३ ५२५८ ६,८१६ ७,४९९
ब्याटिङ औसत ३४.७२ ३४.८२ ४३.६९ ३४.०८
१००/५० ४/६ ८/३२ २५/२३ १३/४३
शीर्ष अङ्क १७१ १४५* २१७ १४५*
कुल बल ४२ ३९६ ३६६ ६०६
विकेट २०
बलिङ औसत ४५.११ ५३.२५ ३०.२०
एक इनिङमा ५ विकेट
एक खेलमा १० विकेट n/a n/a
उत्कृष्ट बलिङ ३/५४ २/३६ ५/२८
क्याच/स्टम्प २३/० ९८/२० १०९/४ १५५/३२
स्रोत: Cricinfo, १ मे २०१५

ब्रेन्डन रस मरे टेलर (जन्म ६ फेब्रुएरी १९८६) जिम्बाब्वेका क्रिकेट खेलाडी हुन, उनी ब्याट्सम्यान हुन् तर विशेष परिस्थितिमा विकेट किपरबलिङमा लेग स्पिनबाट पनि जादु देखाउने क्षमता राख्दछन् । लगातार दुईवटा वनडेमा न्यूजिल्याण्ड विरूद्ध अक्टोबर २०११ मा शतक बनाएका टेलर अनुभवी क्रिकेट खेलाडी मानिन्छन् ।[] उनले पुन २०१५ विश्वकपमा दुई खेलमा लगातार शतक जमाएका थिए । टेलर विश्वकप इतिहासमै अष्ट्रेलियाका रिकी पोन्टिङ पछीका दोस्रो कप्तान हुन, जसले कप्तानको रूपमा लगातार दुई खेलमा शतक जोडेर किर्तिमान कायम गरेका थिए । यद्यपी विश्वकपमा लगातार दुई खेलमा शतक बनाउने टेलर नवौँ ब्याट्सम्यान हुन् । यसै बिच उनी जिम्बावे का तर्फबाट एकै विश्वकपमा ४०० रन भन्दा बढी बनाउने पहिलो ब्याट्सम्यान हुन् । जिम्बावेका तर्फबाट सबभन्दा बढी एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाएका टेलर ले एलिस्टेयर क्याम्पबेलको सात शतकको किर्तिमान आफ्नो अन्तिम खेलमा तोड्न समर्थ भए । एन्डी फ्लावरको ६७८६ र ग्रान्ट फ्लावरको ६५७१ रन पछि जिम्बावे क्रिकेटका सुनौला तारा टेलरको नाममा १६७ वनडे खेलमा ५३५८ रन छ जसले उनलाई जिम्बाब्वे राष्ट्रिय क्रिकेट टिमबाट सबभन्दा धेरै रन बटुल्ने खेलाडीको सूचिमा तेस्रो स्थानमा राखेको छ । पछिल्ला केहि वर्षदेखि जिम्बावेको ब्याटिङ्गका अधारस्तम्भ रहेका उनले २३ टेस्ट क्रिकेटर २६ टि-२० खेलेका छन् । टेलर क जिम्बावेसँगको नाता भलै टुट्ला तर उनी क्रिकेट खेलीरहने छन् । उनी अब इङ्गल्याण्डको नटिङ्घमशायरबाट क्रिकेट खेल्नेछन् ।

प्रारम्भिक जीवनी

[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय शतकहरू

[सम्पादन गर्नुहोस्]
टेलरको टेस्ट शतकहरू
#रनम्याचविरुद्धशहर/राष्ट्रस्थानसालनतिजा
१०५*११ बङ्गलादेशजिम्बाब्वे Harare, ZimbabweHarare Sports Club२०११विजयी
११७१३ न्युजिल्यान्डजिम्बाब्वे Bulawayo, ZimbabweQueens Sports Club२०१२Lost
१७११७ बङ्गलादेशजिम्बाब्वे Harare, ZimbabweHarare Sports Club२०१३विजयी
१०२*१७ बङ्गलादेशजिम्बाब्वे Harare, ZimbabweHarare Sports Club२०१३विजयी

एकदिवसीय शतकहरू

[सम्पादन गर्नुहोस्]
टेलरको एकदिवसीय शतकहरू
#रनम्याचविरुद्धशहर/राष्ट्रस्थानसालनतिजा
११८*९० बङ्गलादेशबङ्गलादेश Chittagong, BangladeshZohur Ahmed Chowdhury Stadium२००९हार
११९*१०१ श्रीलङ्काजिम्बाब्वे Harare, ZimbabweHarare Sports Club२०१०विजयी
१४५*१०६ दक्षिण अफ्रिकादक्षिण अफ्रिका Bloemfontein, South AfricaChevrolet Park२०१०हार
१०६१२२ बङ्गलादेशजिम्बाब्वे Harare, ZimbabweHarare Sports Club२०११हार
१२८*१२७ न्युजिल्यान्डजिम्बाब्वे Harare, ZimbabweHarare Sports Club२०११हार
१०७*१२८ न्युजिल्यान्डजिम्बाब्वे Harare, ZimbabweHarare Sports Club२०११हार
१२११६६ आयरल्यान्डअस्ट्रेलिया Hobart, AustraliaBellerive Oval२०१५हार
१३८१६७ भारतन्युजिल्यान्ड Auckland, New ZealandEden Park२०१५हार

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]