पाकिस्तान राष्ट्रिय क्रिकेट टोली
पाकिस्तान | |
---|---|
टेस्ट मान्यता | १९५२ |
पहिलो टेस्ट म्याच | विरुद्ध दिल्ली, भारत, १६-१८ जुन १९५२ मा भारत बिरुद्ध |
कप्तान | मिसवाह उल हक (टेस्ट) अजहर अली (एकदिवसीय) शाहिद आफ्रिदी (टि-ट्वान्टी) |
कोच | वकार युनिस |
आधिकारिक आइसीसी टेस्ट, ओडिआई र ट्वान्टी ट्वान्टी क्रम | दोस्रो (टेस्ट) आठौँ (ओडिआई) दोस्रो (टि-ट्वान्टी) |
टेस्ट म्याच – यस बर्ष खेलेको टेस्ट म्याच | ३९५ ८ |
गत टेस्ट म्याच | बिरुद्ध इङ्ल्यान्ड |
टेस्ट म्याचमा जित/हार – यस बर्ष जित/हार | १२६/१११ [१] ५/१ |
मिती २५ मार्च,२०१४ सम्मको |
पाकिस्तान राष्ट्रिय क्रिकेट टिम (उर्दू: پاکستان کرکٹ ٹیم) पाकिस्तानको राष्ट्रिय क्रिकेट टिम हो । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) द्वारा प्रतिनिधित्व गर्ने यो टिम अन्तर्राष्ट्रिय क्रिकेट परिषदको पूर्ण सदस्य राष्ट्र हो । पाकिस्तान क्रिकेट टिमले टेस्ट, वनडे तथा टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा भाग लिने गरेको छ । वर्तमान समयमा पाकिस्तान आईसिसी टेस्ट रैंकिंगको अनुसार दोस्रो स्थानमा रहेको छ । पाकिस्तानले हाल सम्म ८५१ वनडे म्याच खेलेको छ जस मध्ये ४५१ जित (५४.६२%), ३७४ हार, ८ टाई सहित १७ मा बेनतिजाको परिणाम निकालेको छ ।[२] पाकिस्तानले सन् १९९२ एकदिवसीय विश्वकप बिजेता राष्ट्र हो भने सन् १९९९ को विश्वकप को उप-बिजेता समेत रहेको छ । पाकिस्तानले दक्षिण पूर्व एसियाको अन्य देशसँग समायोजन गरेर सन् १९८७ तथा १९९६ को विश्वकप समेत आयोजना गरिसकेको छ ।[३] पाकिस्तानले हाल सम ९२ वटा टि-ट्वान्टी म्याच समेत खेलिसकेको छ जस मध्ये ५६ जित, ३४ हार र २ बेनातिजा सहित सबैभन्दा सफल टिम मध्ये रहेको छ ।[४] पाकिस्तानले २००९ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी जितिसकेको छ भने सन् २००७ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी को उद्घाटन टुर्नामेन्टमा उप-बिजेता रहेको थियो । पाकिस्तानले एउटा मात्र भएको सन् १९९९ को एसियन टेस्ट च्याम्पियनशिप को बिजेता समेत रहेको छ ।
भारतको सिफारिस पश्चात पाकिस्तानले सन् १९५२ जुलाई २८ मा टेस्ट क्रिकेट खेल्ने दर्जा प्राप्त गरेको थियो । पाकिस्तानले आफ्नो पहिलो टेस्ट भारत बिरुद्ध दिल्लीमा खेलेको थियो जसमा भारतले पाकिस्तानलाई एक इनिंग र ७० रनले जितेको थियो । सन् १९५० को दशकमा पाकिस्तानका टेस्ट खेलाडीहरु भारतको लागि पनि टेस्ट खेल्ने गरेका थिए ।[५]
लोगो
[सम्पादन गर्नुहोस्]पाकिस्तानी क्रिकेट टिमको लोगो स्टार हो, जुन प्रायः हरियो वा सुन रङ्गको हुन्छ । स्टारभित्र "Pakistan" (پاکِستان) उर्दु (पाकिस्तानको राष्ट्रिय भाषा)मा लेखिएको हुन्छ ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "रेकर्ड्स / टेस्ट म्याच / टिम रेकर्ड्स / नतिजा", espncricinfo.com।
- ↑ ICC Rankings - Cricket Test Rankings वेब्याक मेसिन अभिलेखिकरण २०१३-०९-३० मिति - retrieved 27 December 2013
- ↑ All-Time Results Table – One-Day Internationals – ESPNcricinfo. Retrieved 27 December 2013.
- ↑ All-Time Results Table – Twenty20 Internationals – ESPNcricinfo. Last updated 23 February 2012. Retrieved 20 May 2011.
- ↑ Pakistan in India 1952–53 (1st Test) – CricketArchive. Retrieved 20 May 2011.