ट्वान्टी२० अन्तर्राष्ट्रिय
ट्वान्टी२० अन्तर्राष्ट्रिय (टि२०आइ उच्चारण "टि ट्वान्टी आइ") क्रिकेटको एउटा रूप हो जुन दुई राष्ट्रिय क्रिकेट टिम बीच खेलिने २० ओभरको एउटा प्रतियोगिता हो । यो खेल ट्वान्टी२० क्रिकेटको नियम अन्तर्गत खेलिन्छ । पहिलो ट्वान्टी२० अन्तर्राष्ट्रिय खेल १७ फेब्रुअरी २००५ मा अस्ट्रेलिया तथा न्यू जील्यान्ड बीच इडेन पार्क अकल्यान्डमा खेलिएको थियो जसमा अस्ट्रेलिया ४४ रनले बिजयी भएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषदले पहिलो आधिकारिक क्रमाङ्क सन् २०११ अक्टोबर २४ मा जारि गर्दा इङ्ल्यान्ड शिर्ष स्थानमा रहेको थियो ।[१]
टि२०आइ दर्जा प्राप्त टिमहरू
[सम्पादन गर्नुहोस्]टेस्ट क्रिकेट खेल्ने १० राष्ट्र (जो आइसीसीको पूर्ण सदस्य पनि हुन्) लाई स्थायी टि२०आइ दर्जा प्राप्त छ । तल उल्लेखित टिमहरूको पहिलो टि२०आइ सुरु गरेको मिति कोष्ठमा दर्साइएको छ:
न्युजिल्यान्ड (१७ फेर्ब्रुअरी २००५)
अस्ट्रेलिया (१७ फेर्ब्रुअरी २००५)
इङ्ल्यान्ड (१३ जुन २००५)
दक्षिण अफ्रिका (२१ अक्टोबर २००५)
वेस्ट इन्डिज (१६ फेब्रुअरी २००६)
श्रीलङ्का (१५ जुन २००६)
पाकिस्तान (२८ अगस्त २००६)
बङ्गलादेश (२८ नोभेम्बर २००६)
जिम्बाब्वे (२८ नोभेम्बर २००६)
भारत (१ डिसेम्बर २००६)
सन् २००५बाट आइसीसीले ओडीआई तथा टि२०आई दर्जा ६ अन्य टिमहरू (एसोसिएट/संबद्ध सदस्यहरूको रूपमा रहेको)लाई दिंदै आएको छ । कुनै पनि टिमले सो अस्थायी दर्जा ४ वर्षको लागि प्राप्त गर्न आइसिसी क्रिकेट लिग चौ वर्षीय प्रदर्शनको आधारमा प्राप्त गर्न सक्छन – वा, आइसिसी विश्वकप छनौट प्रतियोगिताको अन्तिम ६ टिम बनेर प्राप्त गर्न सक्छन । आइसिसी विश्वकप छनौट प्रतियोगिता विश्व क्रिकेट लिगको अन्तिम प्रतियोगिता हो । सन् २०१४ जुन २८ मा आइसिसीले नेपाल तथा नेदरल्यान्डलाई टि२०आई दर्जा प्रदान गरेको थियो, दुवै टिम जुन २०१४ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टीमा छनौट तथा सहभागी भएका थिए ले ओडीआई दर्जा प्राप्त गर्न असक्षम भएका थिए ।[२] निम्नलिखित ८ टिमहरू वर्तमानमा यस दर्जा प्राप्त गरेका छन् (कोष्ठकमा दिइएको मितिले उनीहरूले अस्थायी ओडीआई तथा टि२०आई दर्जा प्राप्त गरेपछी खेलेको पहिलो टि२०आई म्याच दर्साइएको छ ):
स्कटल्यान्ड (१२ सेप्टेम्बर २००७ बाट, २०१८ क्रिकेट विश्वकप छनौट सम्म)
आयरल्यान्ड (२ अगस्ट २००८ बाट, २०१८ क्रिकेट विश्वकप छनौट सम्म)
अफगानिस्तान (१ फेब्रुअरी २०१० बाट, २०१८ क्रिकेट विश्वकप छनौट सम्म)
हङकङ (१ फेब्रुअरी २०१४ बाट, २०१८ क्रिकेट विश्वकप छनौट सम्म
पपुवा न्युगिनी (१ फेब्रुअरी २०१४ बाट, २०१८ क्रिकेट विश्वकप छनौट सम्म)
संयुक्त अरब इमिरेट्स (१ फेब्रुअरी २०१४ बाट, २०१८ क्रिकेट विश्वकप छनौट सम्म)
नेपाल (२८ जुन २०१४ बाट, २०१८ क्रिकेट विश्वकप छनौट सम्म)
नेदरल्यान्ड (२८ जुन २०१४ बाट, २०१८ क्रिकेट विश्वकप छनौट सम्म)
लगत्तै, चार अन्य एसोसिएट राष्ट्र विश्व क्रिकेट लिगमा राम्रो प्रदर्शन गरेको आधारमा अस्थायी एकदिवसीय र टि२०आई दर्जा दिइएको थियो जुन पछि विश्वकप छनौटमा स्तरीय प्रदर्शन नगरेकोले हटाइएको छ :
केन्या (१ सेप्टेम्बर २००७ बाट, ३० जनवरी २०१४सम्म)
नेदरल्यान्ड (२ अगस्ट २००८ बाट, २८ जनवरी २०१४सम्म)
क्यानडा (२ अगस्ट २००८ बाट, २८ जनवरी २०१४सम्म)
बर्मुडा (३ अगस्ट २००८ बाट, ८ अप्रिल २००९सम्म)
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- नेटवेस्ट अन्तर्राष्ट्रिय ट्वान्टी२० वेब्याक मेसिन अभिलेखिकरण २००६-०२-०५ मिति