यो लेखको उल्लेखनीयता प्रदर्शन गर्न हाल यस लेखमा पर्याप्त सन्दर्भहरू छैन। जहाँसम्म, एकजना सम्पादकले खोज संयत्रको प्रयोग गरेर यो लेख उल्लेखनीय विषयसँग सम्बन्धित भएको र पर्याप्त स्रोतहरू रहेको दावी गरेका छन्। कृपया विश्वसनीय स्रोतहरू थपेर लेख सुधार गर्न सहयोग गर्नुहोस्। सन्दर्भका लागि विचारहरू वार्तालाप पृष्ठमा फेला पार्न सकिन्छ।(सेप्टेम्बर २०२०) (यो सन्देश ढाँचा कसरी र कहिले हटाउने भन्ने बारे जान्नुहोस्)
आइसिसी विश्व क्रिकेट लिगअन्तर्राष्ट्रिय क्रिकेट परिषदद्वारा प्रशासित टेस्ट मान्यता प्राप्त नगरेको राष्ट्रिय टोलीहरू बीच खेलाईने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूको एउटा शृङ्खला हो । आइसिसीको सबै सह सदस्य तथा सहयोगी सदस्यहरु यस डिभिजनमा भाग लिन्छन् र यस लिगको संरचना अनुसार जित्ने टिमको पदोन्नति हुन्छ भने पुछारमा रहने टिमको पद अवनति हुन्छ । यो लिग प्रणालीको मुख्य दुई उद्देश्य रहेको छ: आफ्ना सबै सह सदस्य र सहयोगी सदस्यहरूलाई क्रिकेट विश्वकपमा सहभागिता जनाउन तथा सबै सदस्यहरूलाई एकदिवसीय अन्तर्राष्ट्रिय म्याचमा समान सहभागिता होस् ।
यस लिगको उद्घाटन संस्करण २००७-०९ आइसिसी विश्व क्रिकेट लिग रहेको थियो जसमा टिमहरूलाई २००७ विश्वकप छनौट प्रतियोगिताको प्रदर्शनको आधारमा छुट्टयाईएको थियो । यस डिभिजनमा प्रारम्भिक ६ वटा टोली विश्वकप २००७ को लागि योग्य टोली थिए ।