टिम | खे | वि | प | ब | अ | नेररे | अं |
---|---|---|---|---|---|---|---|
न्युजिल्यान्ड | ६ | ६ | ० | ० | ० | +२.५६४ | १२ |
अस्ट्रेलिया | ६ | ४ | १ | ० | १ | +२.२५७ | ९ |
श्रीलङ्का | ६ | ४ | २ | ० | १ | +०.३७१ | ८ |
बङ्गलादेश | ६ | ३ | २ | ० | ० | -०.१३६ | ७ |
इङ्ल्यान्ड | ६ | २ | ४ | ० | ० | −०.७५३ | ४ |
अफगानिस्तान | ६ | १ | ५ | ० | ० | −१.८५३ | २ |
स्कटल्यान्ड | ६ | ० | ६ | ० | ० | −२.२१८ | ० |
२०१५ क्रिकेट विश्वकप
आइसिसी क्रिकेट विश्वकप २०१५ | |
---|---|
मिति | १४ फेब्रुअरी – २९ मार्च |
प्रशासक(हरू) | आइसिसी |
क्रिकेटको प्रकार | अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट |
टुर्नामेन्टको प्रकार | राउन्ड रोबिन र नक् आउट |
आयोजक(हरू) | अस्ट्रेलिया न्युजिल्यान्ड |
विजेता | अस्ट्रेलिया (५औँ उपाधि) |
सहभागीहरू | १४ |
खेल संख्या | ४९ |
म्यान अफ द सिरिज | मिचेल स्टार्क |
अधिक रन | मार्टिन गुप्टिल (५४७) |
अधिक विकेट | मिचेल स्टार्क (२२) ट्रेन्ट बोल्ट (२२) |
आधिकारिक वेबसाइट | आधिकारिक वेबसाइट |
२०१५ क्रिकेट विश्वकप ११ औ विश्वकप क्रिकेट प्रतियोगिता हो जुन अस्ट्रेलिया तथा न्युजिल्यान्डमा संयुक्तरूपमा १४ फेब्रुअरी २०१५ देखि २९ मार्च २०१५ सम्म आयोजना भएको थियो । ४९ वटा म्याच मध्ये अस्ट्रेलियामा २६ वटा म्याच खेलाईयो भने बाँकी रहेका २३ वटा म्याच न्युजिल्यान्डमा खेलाईयो । अस्ट्रेलियाको ७ वटा सहरको १४ वटा ग्राउन्डमा म्याच संचालित गरिएको थियो । अस्ट्रेलियाको एडिलेड,ब्रिसबेन, क्यानबरा, होबार्ट, मेलबर्न, पर्थ तथा सिड्नी मा म्याच संचालित गरिएको थियो । त्यस्तै न्युजिल्यान्डको पनि ७ वटा सहरमा म्याच संचालित गरियो जसमा अकल्याण्ड,क्राइस्टचर्च, ड्युनेडीन, ह्यामिल्टन, नेपियर, नेल्सन तथा वेलिङ्गटन थिए । विश्वकपको फाइनल खेल चाहिं मेलबर्न क्रिकेट मैदानमा भएको थियो । फाइनलमा अस्ट्रेलियाले न्यूजिल्याण्ड लाई ७ विकेटले हराउलै पाँचौँ पटक विश्वकप जित्न सफल भएको थियो ।
क्रिकेट विश्वकप कहाँ आयोजना गर्ने प्रश्नको निधो एकै समयमा लगाइएको थियो । सन् २०११ क्रिकेट विश्वकप - भारत, पाकिस्तान, श्रीलङ्का तथा बङ्गलादेश , त्यस्तै सन् २०१५ क्रिकेट विश्वकप - अस्ट्रेलिया तथा न्युजिल्यान्ड मा र सन् २०१९ क्रिकेट विश्वकप - इङ्ल्यान्डमा हुनेछ भनी आधिकारिक रूपमा पुष्टि गरिएको थियो ।
आयोजनको चयन प्रक्रिया
[सम्पादन गर्नुहोस्]बोलपत्र
[सम्पादन गर्नुहोस्]आईसीसी मुलरूपमा पछिल्लो २०११ क्रिकेट विश्वकप ३० अप्रिल २००६ मा कहाँ हुने भनी निधो गरेको थियो । अस्ट्रेलिया तथा न्युजिल्याण्ड त्यस बखत पनि २०११ को विश्वकप गर्नका लागि बोलि लगाएको थियो जसमा ५०-५० को विभाजन देखिएको थियो र त्यसलाई विचाराधीन राखिएको थियो । आईसीसी अस्टेलिया तथा न्युजिल्याण्डको बोलिले सन्तुष्ट देखियो र सन् २०१५ क्रिकेट विश्वकप संयुक्त रूपमा आयोजन गर्ने जिम्मेवारी दियो । यसभन्दा पहिला पनि उनीहरूले संयुक्त रूपमा १९९२ क्रिकेट विश्वकप आयोजन गरिसकेका छन् । सन् २०१५ क्रिकेट विश्वकप यी दुवै देशका लागि ठुलो अन्तर्राष्ट्रिय खेलको आयोजन हुने कुरा पक्का रहेको छ ।
ढांचा/स्वरूप
[सम्पादन गर्नुहोस्]२०११ क्रिकेट विश्वकप मा जस्तै टुर्नामेन्टमा जम्मा १४ वटा राष्ट्रले भाग लिनेछ । जसमा स्थायी तथा अस्थायी क्रिकेट राष्ट्र हुनेछ । यस विश्वकपमा पनि १४ टिमलाई दुई वटा समुहमा विभाजन गरिएको छ , प्रत्येक टिमले आफ्नो समुहका टिमसँग एक-एक म्याच खेल्नेछ । प्रत्येक समुहकोबाट ४-४ वटा टिम अघिल्लो चरण (क्वाटर-फाइनल) को लागि छनौट हुनेछ । यस फर्म्याटले कम से कम एक टिमले ६ वटा म्याच खेल्न पाउनेछ ।
छनौट प्रक्रिया
[सम्पादन गर्नुहोस्]आईसीसीको नियमानुसार १० वटा पूर्ण आइसिसी सदस्यता प्राप्त राष्ट्र अर्को विश्वकप खेल्नको लागि स्वत: छनौट हुने व्यवस्था रहेको छ । सन् २०११ क्रिकेट विश्वकप लगतै आइसिसीले अर्को विश्वकप टुर्नामेन्टको लागि १० वटा पूर्ण आइसिसी सदस्यता प्राप्त राष्ट्रले मात्र भाग लिन पाउने निर्णय गर्यो । यस निर्णयलाई अन्य आइसिसी सदस्य राष्ट्रले घोर बिरोध गरे जसमा मुख्यत: आयरल्यान्ड क्रिकेट टिमले बढी जोड दिएको थियो किनकी उसले सन् २००७ तथा २०११ को विश्वकपमा राम्रो प्रदर्शन गरेको थियो । त्यसको आधारमा आईसीसीले सन् २०११ जुन मा १४ टिमलाई खल्ने अनुमति दिने कुरा निर्णय गर्यो । खेल्ने राष्ट्रहरूमा १० वटा पूर्ण आइसिसी सदस्यता प्राप्त राष्ट्र र बाँकी ४ वटा सदस्य राष्ट्रहरु रहेका छन् ।
सन् २०११ सेप्टेम्बरमा आइसिसी मुख्य अधिकारीहरूको बार्तामा नयाँ फर्म्याटको आधारमा विश्वकप खेल्न पाउने सदस्य राष्ट्रको घोषणा गरियो । जसको आधारमा २०११-२०१३ आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट २ वटा टिम चयन गरिने कुरा प्रस्तावित गरियो । त्यस लिगबाट बाँकी रहेका ६ वटा टिम र २०११ आइसिसी क्रिकेट लिग डिभिजन टुबाट तेश्रो र चौथौ रहेको टिम तथा २०१३ आइसिसी विश्व लिग डिभिजन थ्रीबाट दुई उत्कृष्ट टिम गरी जम्मा १० टिमले विश्वकप छनौट मा भाग लिई २ वटा सदस्य राष्ट्रले सन् २०१५ क्रिकेट विश्वकप मा सहभागिता जनाउने छ ।
सन् २०१३ जुलाई ९ मा नेदरल्यान्ड र आयरल्यान्डको म्याच टाई भएपछि आयरल्यान्ड २०१५ क्रिकेट विश्वकप मा छनौट हुने प्रथम राष्ट्र बनेको छ । त्यसै गरी सन् २०१३ अक्टोबर ४ मा अफगानिस्तानले केन्यालाई पराजित गरेर विश्वकपमा सहभागिता जनाउने आयरल्यान्ड पछिको दोश्रो राष्ट्र बनेको छ ।
टिम | छनौटको तरिका | विश्वकपमा सहभागिता | पछिल्लो सहभागिता | पछिल्लो उत्कृष्ट प्रदर्शन | पद [nb १] | समुह |
---|---|---|---|---|---|---|
इङ्ल्यान्ड | पूर्ण आइसिसी सदस्यता प्राप्त राष्ट्र | १० | २०११ | उप-बिजेता (१९७९, १९८७, १९९२) | १ | ए |
दक्षिण अफ्रिका | पूर्ण आइसिसी सदस्यता प्राप्त राष्ट्र | ६ | २०११ | सेमी-फाइनल (१९९२, १९९९, २००७) | २ | बि |
भारत | पूर्ण आइसिसी सदस्यता प्राप्त राष्ट्र | १० | २०११ | बिजेता (१९८३, २०११) | ३ | बि |
अस्ट्रेलिया | पूर्ण आइसिसी सदस्यता प्राप्त राष्ट्र | १० | २०११ | बिजेता (१९८७, १९९९, २००३, २००७) | ४ | ए |
श्रीलङ्का | पूर्ण आइसिसी सदस्यता प्राप्त राष्ट्र | १० | २०११ | बिजेता (१९९६) | ५ | ए |
पाकिस्तान | पूर्ण आइसिसी सदस्यता प्राप्त राष्ट्र | १० | २०११ | बिजेता (१९९२) | ६ | बि |
वेस्ट इन्डिज | पूर्ण आइसिसी सदस्यता प्राप्त राष्ट्र | १० | २०११ | बिजेता (१९७५, १९७९) | ७ | बि |
बङ्गलादेश | पूर्ण आइसिसी सदस्यता प्राप्त राष्ट्र | ४ | २०११ | सुपर ८ (२००७) | ८ | ए |
न्युजिल्यान्ड | पूर्ण आइसिसी सदस्यता प्राप्त राष्ट्र | १० | २०११ | सेमी-फाइनल (१९७५, १९७९, १९९२, १९९९, २००७, २०११) | ९ | ए |
जिम्बाब्वे | पूर्ण आइसिसी सदस्यता प्राप्त राष्ट्र | ८ | २०११ | सुपर सिक्स (१९९९, २००३) | १० | बि |
आयरल्यान्ड | विश्व लिग च्याम्पियन | २ | २०११ | सुपर ८ (२००७) | ११ | बि |
अफगानिस्तान | विश्व लिग च्याम्पियन | ० | — | — | १२ | ए |
स्कटल्यान्ड[१] | विश्वकप छनौट | २०११ | १३ | ए | ||
संयुक्त अरब इमिरेट्स | विश्वकप छनौट | १९९६ | १४ | बि |
- ↑ पूर्ण आइसिसी सदस्यता प्राप्त राष्ट्र आइसिसी एकदिवसीय च्याम्पियनसिप २०१३ डिसेम्बर ३१ को आधारमा
तयारी
[सम्पादन गर्नुहोस्]स्थानीय आयोजक समिति
[सम्पादन गर्नुहोस्]सन् २०१५ क्रिकेट विश्वकप आयोजक समितिको टुंगो लागिसकेको छ । आयोजक समितिमा जोन हार्डेनलाई कार्यकारी प्रमुख त्यस्तै जेम्स स्ट्रङलाई अध्यक्ष तथा उपाध्यक्षमा राल्फ वाटरलाई छानिएको छ ।
मिडिया र प्रवर्द्धन
[सम्पादन गर्नुहोस्]विश्वकप प्रतियोगिताले मिडियालाई आकर्षित गर्दै आएको छ त्यसलाई ध्यानमा राखेर आइसिसीले उसको प्रसारण गर्ने अधिकार इएसपिएन स्टार स्पोर्ट्स र स्टार क्रिकेट लाई २ अर्ब अमेरिकी डलरमा बेचेको छ । जेम्स स्ट्रङका अनुसार यस टुर्नामेन्टलाई स्थानीय आयोजक समितिले झन् आकर्षित बनाउने कुरा दावी गरिएको छ ।
टेलिभिजन
[सम्पादन गर्नुहोस्]देश/महादेश | प्रसारणकर्ताहरू |
---|---|
अस्ट्रेलिया |
|
भारत |
|
न्युजिल्यान्ड | केबल/सेटेलाईट (श:शुल्क): स्काई स्पोर्ट्स |
संयुक्त अधिराज्य | केबल/सेटेलाईट (श:शुल्क): स्काई स्पोर्ट्स |
आयरल्यान्ड |
पुरस्कार राशी
[सम्पादन गर्नुहोस्]चरण | टिम | पुरस्कार राशी (US$) | जम्मा |
---|---|---|---|
विजेता | अस्ट्रेलिया | $3,975,000 | $3,975,000 |
उपविजेता | न्युजिल्यान्ड | $1,750,000 | $1,750,000 |
सेमिफाइनल पराजित | दक्षिण अफ्रिका भारत |
$600,000 | $1,200,000 |
क्वाटरफाइनल पराजित | श्रीलङ्का वेस्ट इन्डिज पाकिस्तान बङ्गलादेश |
$300,000 | $1,200,000 |
समुह चरण प्रत्येक म्याच विजेता | $45,000 | $1,890,000 | |
समुह चरणबाट बाहिरिएको टिम | इङ्ल्यान्ड अफगानिस्तान स्कटल्यान्ड आयरल्यान्ड जिम्बाब्वे संयुक्त अरब इमिरेट्स |
$35,000 | $210,000 |
जम्मा | $10,225,000 |
खेल स्थान
[सम्पादन गर्नुहोस्]सिड्नी | मेलबर्न | एडिलेड | ब्रिसबेन | पर्थ |
---|---|---|---|---|
सिड्नी क्रिकेट ग्राउन्ड | मेलबर्न क्रिकेट ग्राउन्ड | एडिलेड ओभल | द गाबा | डब्लुएसिए ग्राउन्ड |
क्षमता: 48,000 (स्तरोन्नति)[२] | क्षमता: 100,024 | क्षमता: 53,500 (स्तरोन्नति)[३] | क्षमता: 42,000 | क्षमता: 24,500 |
होबार्ट | क्यानबरा | |||
बेल्लेरिभ ओभल | मेनुका ओभल | |||
क्षमता: 20,000 (स्तरोन्नति)[४] | क्षमता: 13,550 | |||
अकल्यान्ड | क्राइस्टचर्च | |||
इडन पार्क | ह्याग्ले ओभल | |||
क्षमता: 50,000 | क्षमता: 20,000 | |||
हमिल्टन | नेपियर | वेलिङ्गटन | नेल्सन | डुनेडिन |
सेड्डोन पार्क | म्याकलिन पार्क | विलिङटन रिजनल स्टेडियम | स्याक्सटोन ओभल | युनिभर्सिटी ओभल |
क्षमता: 12,000 | क्षमता: 22,500 | क्षमता: 37,000 | क्षमता: 5,000 | क्षमता: 6,000 |
Source:[५] (ESPN Sports Media) |
समूहगत चरण
[सम्पादन गर्नुहोस्]समूह ए
[सम्पादन गर्नुहोस्]अंक तालिका
[सम्पादन गर्नुहोस्]समूह बि
[सम्पादन गर्नुहोस्]अंक तालिका
[सम्पादन गर्नुहोस्]टिम | खे | वि | प | ब | अ | नेररे | अं |
---|---|---|---|---|---|---|---|
भारत | ५ | ५ | ० | ० | ० | +२.१५७ | १० |
दक्षिण अफ्रिका | ५ | ३ | २ | ० | ० | +१.४६२ | ६ |
पाकिस्तान | ५ | ३ | २ | ० | ० | −०.१९४ | ६ |
आयरल्यान्ड | ५ | ३ | २ | ० | ० | −१.०१४ | ६ |
वेस्ट इन्डिज | ५ | २ | ३ | ० | ० | −०.५११ | ४ |
जिम्बाब्वे | ५ | १ | ४ | ० | ० | −०.५९५ | २ |
संयुक्त अरब इमिरेट्स | ४ | ० | ४ | ० | ० | −१.६९१ | ० |
v
|
v
|
नकआउट चरण
[सम्पादन गर्नुहोस्]यस क्रिकेट विश्वकपको नकआउट चरणका खेलहरू १८ मार्च देखि सुरु भएको हो ।
क्वार्टर फाइनल | सेमीफाइनल | फाइनल | ||||||||||||
A3 | श्रीलङ्का | १३३ | ||||||||||||
B2 | दक्षिण अफ्रिका | १३४/१ | ||||||||||||
A1 | न्युजिल्यान्ड | |||||||||||||
B2 | दक्षिण अफ्रिका | |||||||||||||
A1 | न्युजिल्यान्ड | ३९३/६ | ||||||||||||
B4 | वेस्ट इन्डिज | २५० | ||||||||||||
A2 | अस्ट्रेलिया | |||||||||||||
A1 | न्युजिल्यान्ड | |||||||||||||
B3 | पाकिस्तान | २१३ | ||||||||||||
A2 | अस्ट्रेलिया | २१६/४ | ||||||||||||
A2 | अस्ट्रेलिया | |||||||||||||
B1 | भारत | |||||||||||||
B1 | भारत | ३०२/६ | ||||||||||||
A4 | बङ्गलादेश | १९३ | ||||||||||||
क्वार्टर फाइनल
[सम्पादन गर्नुहोस्]v
|
v
|
सेमी-फाइनल
[सम्पादन गर्नुहोस्]फाइनल
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Scotland Win World Cup Qualifier", Cricket World Media, अन्तिम पहुँच १७ जुलाई २०१४।
- ↑ "Seating Capacities", Sydney Cricket & Sports Ground Trust, मूलबाट २४ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जनवरी २०१५। वेब्याक मेसिन अभिलेखिकरण १६ अक्टोबर २०१७ मिति
- ↑ "Fast facts", Adelaide Oval, अन्तिम पहुँच ३१ जनवरी २०१५।
- ↑ "Re-Development Blundstone Arena A Word From Our Chief Executive", Cricket Tasmania, अन्तिम पहुँच ३१ जनवरी २०१५।
- ↑ "Grounds", ESPNcricinfo, ESPN Sports Media, अन्तिम पहुँच ३१ जनवरी २०१५।
बाहिरी लिङ्कहरू
[सम्पादन गर्नुहोस्]- आधिकारिक वेबसाइट
- ICC Cricket World Cup २०१५ at ESPNcricinfo