सामग्रीमा जानुहोस्

१९९६ क्रिकेट विश्वकप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
१९९६ विल्स क्रिकेट विश्वकप
मिति१४ फेब्रुअरी – १७ मार्च
प्रशासक(हरू)अन्तर्राष्ट्रिय क्रिकेट परिषद
क्रिकेटको प्रकारएकदिवसीय अन्तर्राष्ट्रिय
प्रतियोगिता प्रकारराउन्ड-रोबिन तथा नक्आउट
आयोजक(हरू)पाकिस्तान
भारत
श्रीलङ्का
विजेताश्रीलङ्का श्रीलङ्का (१औँ उपाधि)
सहभागीहरू१२
खेल सङ्ख्या३७
म्यान अफ द सिरिजश्रीलङ्का सनथ जयसूर्या
अधिक रनभारत सचिन तेन्दुलकर (५२३)
अधिक विकेटभारत अनिल कुम्बले (१५)

क्रिकेट विश्वकप १९९६ (आधिकारिक रूपमा विल्स क्रिकेट विश्वकप) क्रिकेट विश्वकप प्रतियोगिताको छैठौ क्रिकेट विश्वकप थियो । यो प्रतियोगिता १४ फेब्रुअरी देखि १७ मार्च सम्म पाकिस्तान, भारत तथा श्रीलङ्कामा भएको थियो । यो टुर्नामेन्ट आईटिसीले विल्ड ब्राण्ड दवारा प्रायोजित रहेको थियो । यस टुर्नामेन्टमा १२ वटा टिमले भाग लिएको थियो । यो प्रतियोगिता श्रीलङ्काले अस्ट्रेलियालाई हराएर पहिलो पटक जितेको थियो ।[१]

आयोजक

[सम्पादन]

सन् १९९६ को विल्स विश्वकप पाकिस्तान, भारत तथा श्रीलङ्कामा भएको थियो । यस विश्वकप अघि अस्ट्रेलिया तथा वेस्ट इन्डिज क्रिकेट टिमले श्रीलङ्कामा तनावको स्थिति देखेर खेल्न अस्विकार गरेका थिए । श्रीलङ्का क्रिकेट बोर्डले सुरक्षा स्थिति बढाउदा पनि दुवै टिम खेल्न मानेनन् जसले गर्दा श्रीलङ्का सिधै क्वार्टर फाइनलमा प्रवेश गरेको थियो ।

आयोजक शहर तथा स्थान

[सम्पादन]

भारतले १७ वटा म्याचको आयोजन १७ वटा भिन्न स्थानमा गरेको थियो भने पाकिस्तानले १६ म्याच को आयोजन ६ वटा स्थानमा गरेको थियो तथा श्रीलङ्काले ४ वटा म्याच ३ स्थानमा आयोजन गरेको थियो ।

भारत

[सम्पादन]
शहरस्थानक्षमताम्याचहरू
कोलकाता, पश्चिम बङ्गाल इडेन गार्डेन ९०,००० १
कानपुर, उत्तर प्रदेश ग्रीन पार्क ४५,००० १
मोहाली, पञ्जाब पञ्जाब क्रिकेट सङ्घ स्टेडियम ४०,००० १
बेंगलोर, कर्नाटक एम. चिन्नास्वामी स्टेडियम ५५,००० १
चेन्नई, तामिलनाडु एम. ए. चिदबरम स्टेडियम ५०,००० १
हैदराबाद, तेलङ्गाना लाल बहादुर शास्त्री स्टेडियम ३०,००० १
कटक, उडिसा बाराबती स्टेडियम २५,००० १
ग्वालीयर, मध्य प्रदेश रूप सिंह स्टेडियम २५,००० १
विसाखापट्टनाम, आन्ध्र प्रदेश इन्दिरा प्रियदर्शिनी स्टेडियम २५,००० १
पटना, बिहार मोइन-उल-हक स्टेडियम २५,००० १
पुणे, महाराष्ट्र नेहरू स्टेडियम २५,००० १
मुम्बई, महाराष्ट्र वानखेडे स्टेडियम ४५,००० १
अहमदाबाद, गुजरात सरदार पटेल स्टेडियम ४८,००० 1
वडोदरा, गुजरात मोती बाग स्टेडियम १८,००० १
जयपुर, राजस्थान सवाई मानसिंह स्टेडियम ३०,००० १
नागपुर, महाराष्ट्र विदर्भ सी.ए. ग्राउन्ड ४०,००० १
दिल्ली फिरोज साह कोटला स्टेडियम ४८,००० १

पाकिस्तान

[सम्पादन]
शहरस्थानक्षमताम्याचहरू
पेशावर, खाइबर पखतुनख्वा अरबाब नियाज स्टेडियम ३०,००० २
लाहोर, पञ्जाब गद्दाफी स्टेडियम ६०,००० ४
फैसलाबाद, पञ्जाब इकबाल स्टेडियम २५,००० ३
गुजरानवाला, पञ्जाब जिन्नाह स्टेडियम १२,००० १
कराची, सिन्ध राष्ट्रिय स्टेडियम ३०,००० ३
रावलपिन्डी, पञ्जाब रावलपिन्डी क्रिकेट स्टेडियम १५,००० ३

श्रीलङ्का

[सम्पादन]
शहरस्थानक्षमताम्याचहरू
क्यान्डी असगीरिया स्टेडियम २५,००० १
कोलम्बो आर. प्रेमदासा स्टेडियम ३५,००० २
कोलम्बो सिन्हालीज स्पोर्ट्स क्लब ग्राउन्ड १०,००० १
श्रीलङ्कामा स्थान

समुह चरण

[सम्पादन]

समुह A

[सम्पादन]

समुह B

[सम्पादन]

सन्दर्भ सामग्री

[सम्पादन]
  1. ↑ "Cricket Worldcup Timeline", espncricinfo।