अहमदाबाद
अहमदाबाद
અમદાવાદ अमदाभाद | |
---|---|
देश | भारत |
राज्य | गुजरात |
जिल्ला | अहमदाबाद |
संस्थापक | सुल्तान अहमद साह प्रथम |
नामकरण | अहमदसाह |
सरकार | |
• प्रकार | मेयर परिषद |
• अङ्ग | अहमदाबाद नगरपालिका सङ्गठन |
• मेयर | मिनाक्षी पटेल (बिजेपी) |
• कार्यकारी मेयर | बिपिन सिक्का |
• नगर प्रमूख | डि. थारा |
क्षेत्रफल | |
• महानगरीय क्षेत्र | ४६४.१६ किमी२ (१७९.२१ वर्ग माइल) |
उन्नतांश | ५३ मिटर (१७४ फिट) |
जनसङ्ख्या (२०११)[३] | |
• महानगरीय क्षेत्र | ५,५७०,५८५ |
• क्रम | ५औँ |
• घनत्व | १२०००/किमी२ (३१०००/वर्ग माइल) |
• महानगर | ६,३५२,२५४ |
वासिन्दा | अहमदाबादी/अमदाभादी |
समय क्षेत्र | युटिसी+५:३० (आइएसटि) |
पोस्टल कोड | ३८० 0XX |
क्षेत्रीय सङ्केत | ०७९ |
सवारी दर्ता | GJ-1,GJ-18,GJ-27,GJ-28 |
लैङ्गिक अनुपात | १.११[५] ♂/♀ |
साक्षरता दर | ८९.६२ |
बोलिने भाषाहरू | गुजराती, हिन्दी र अङ्ग्रेजी |
स्रोत: भारतको जनगणना[६] |
अहमदाबाद वा अमदाभादको नामले पनि चिनिन्छ गुजरात प्रदेशको सबैभन्दा ठुलो सहर हो। समस्त भारतमा यो नगर सातौ स्थानमा छ। ६३ लाखको जनसङ्ख्या भएको यो सहर, साबरमती नदीको किनारमा अवस्थित छ। पहिला गुजरातको राजधानी पनि यहिँ रहेको थियो, त्यस पछि राजधानी गान्धीनगरमा सारियो। अहमदाबादलाई कर्णावतीको नामबाट पनि जानिन्छ। यस सहरको आधारशिला सन १४११ मा हालिएको थियो। सहरको नाम सुलतान अहमद शाहको नाममा राखिएको छ।
इतिहास
[सम्पादन गर्नुहोस्]अहमदाबादको नाम सुल्तान अहमद शाहको नाममा राखिएको छ। सुल्तान अहमद शाहले यो सहरको स्थापना १४११ ईसवीमा गरेका थिए। यो सहरलाई भारतको मेनचेस्टर पनि मानिन्छ। वर्तमान समयमा, अहमदाबादलाई भारतको गुजरात प्रान्तको राजधानी हुनुको साथ साथ यसलाई एउटा प्रमुख औद्योगिक सहरको रूपमा जानीन्छ।
ऐतिहासिक रूपमा, भारतीय स्वतन्त्रता सङ्घर्षको समयमा अहमदाबाद प्रमुख शिविर आधार रहेकोछ। यसै सहरमा महात्मा गान्धीले साबरमती आश्रम पनि स्थापना गरे र स्वतन्त्रता सङ्घर्षमा जोडिएको थुप्रै आन्दोलनको शुरुवात पनि यहीबाट भएको थियो। अहमदाबाद बुनाईको लागि पनि धेरै प्रसिद्ध छ। यसको साथै यो सहर व्यापार र वाणिज्य केन्द्रको रूपमा धेरै नै विकसित भैरहेको छ। अङ्ग्रेजी शासनको अबधिमा,यो ठाउलाई फौजी रूपमा प्रयोग गरीन्थो। अहमदाबाद यस प्रदेशको सबैभन्दा प्रमुख सहर हो।
भूगोल
[सम्पादन गर्नुहोस्]पश्चिम भारतमा बसेको यो सहर, समुद्रबाट १७४ फुटको ऊंचाईमा स्थित छ है। सहरमा दुईबटा तालहरू छन - कंकरिया र वस्त्रापुर तालाब. साबरमती नदी गर्मीको मौसममा सूक्ने कारण, नदीको ठाउमा सफा माटो रहन्छ। वर्षाको महिनाहरू बाहेक पूरै साल गर्मीको माहौल रहन्छ। सबभन्दा उच्च तापमान ४७ डिग्री सम्म पुग्दछ र कम से कम ५ डिग्री जाडोको समय।
प्रशासन
[सम्पादन गर्नुहोस्]अहमदाबाद "नगरपालिका निगम" यस सहरलाई देख रेखको काम सम्भाल्दछ र केही भाग औडाले सम्भाल्दछ।
पर्यटन
[सम्पादन गर्नुहोस्]काँकरिया ताल
[सम्पादन गर्नुहोस्]यो तालको निर्माण कुतुब-उद्-दीनले १४५१ ईसवीमा गराएका थिए। आजको समयमा अहमदाबादका निवासीहरूको बीच यो ठाउ सबैभन्दा धेरै प्रसिद्ध छ। यो तालको चारैतिर धेरै नै राम्रा बगैचा छ। तालको बिचमा धेरै नै सुन्दर सुंदर द्वीप महल छ। जहाँ मुगल कालको समय नूरजहां र जहांगीर प्रायजसो घुम्न आउने गर्दथे।
हाथीसिंह जैन मन्दिर
[सम्पादन गर्नुहोस्]सजावटको साथ जटिल कला धातु वा काठमा कुदने कला यो मन्दिरको प्रमुख विशेषता हो। यो मन्दिरको निर्माण सफा सङ्गमरमरमा गरीएको छ। हाथीसिंह जैन मन्दिर अहमदाबादको प्रमुख जैन मन्दिरहरूमा एक हो। यो मन्दिरको निर्माण १९ औ शताब्दीमा रिचजन मर्चेंटले गरेका थिए। यो मन्दिर उनले जैनहरूको १५ औ गुरू धर्मनाथलाई समर्पित गरेका थिए।
जामा मस्जिद
[सम्पादन गर्नुहोस्]जामा मस्जिदको निर्माण १४२३ ईसवीमा गरीयो। पश्चिम भारतमा स्थित यो अत्यधिक राम्रो मस्जिद हो। यो मस्जिद राम्रो बनोटको उदाहरण प्रस्तुत गर्दछ।
रानी सिपरी मस्जिद
[सम्पादन गर्नुहोस्]एक अर्को सुन्दर मस्जिद जो रानी सिपरीको नामले चिनिन्छ। यसको निर्माण महमूद शाह बेगडाकी रानीले १४१४ ईसवीमा गराएकी थिइन्। रानीको मृत्यु भए पछि उनको शवलाई यसै ठाउँमा गाडिएको थियो।
गान्धी आश्रम
[सम्पादन गर्नुहोस्]यस आश्रमको स्थापना महात्मा गान्धीले १९१५ ईसवीमा गरेका थिए। यहींबाट गान्धीले दांडी यात्राको शुरूआत गरेका थिए। यसका साथै यहाँ प्रमुख भारतीय स्वतन्त्रता आन्दोलनहरूको जग पनि राखिएको थियो।
केलिको सङ्ग्रहालय
[सम्पादन गर्नुहोस्]यस सङ्ग्रहालयमा पुराना र आधुनिक ढङ्गका बुनाईका कारीगरी प्रदर्शित गरिएका छन्। यसका साथै यहाँ केही पुराना बुनाई मिसिन पनि राखीएका छन्। यस सङ्ग्रहालयमा सङ्ग्रहित सामान १७औँ शताब्दी भन्दा पनि पहिलेका छन्। यसको अतिरिक्त यहाँ बुनाई सम्बन्धित एक पुस्तकालय पनि मौजूद छ।
आवागमन
[सम्पादन गर्नुहोस्]यहाँ जानको लागि सबै भन्दा उत्तम समय अक्टोबर देखि फरबरी सम्मको छ। यसको साथै नौ दिन सम्म चल्ने नवरात्रि उत्सव (अक्टोबर-नोभेम्बर)मा पनि जान सकिन्छ।
- हवाई मार्ग-
यहाँ सरदार वल्लभभाइ पटेल एयरपोर्ट छ। यो प्रमुख भारतीय शहरहरूको साथै विदेशहरू जस्तै:- कोलंबो, मशकट, लन्डन र न्यूयार्कलाई पनि जोड्छ।
- रेल मार्ग-
अहमदाबाद स्टेशन देशको लगभग सबै प्रमुख स्टेशहरू सँग सीधा जोडिएको छ।
- सडक मार्ग-
अहमदाबादको दूरी मुम्बईबाट लगभग ५४५ किलोमीटर तथा दिल्लीबाट ८७३ किलोमीटर छ। यहाँ मुम्बईबाट बसद्वारा पनि जान सकिन्छ।
पर्यटन स्थल
[सम्पादन गर्नुहोस्]अहमदाबादमा भ्रमण गर्न लायक धेरै स्थलहरू छन्। यिनीहरूमा केही आधुनिक छन् तथा केही पौराणिक पनि छन्।
- गाँधी आश्रम, साबरमती
- सिद्दी सैयद जाली, खानपुर
- सरखेज रोजा, सरखेज
- कांकरीया ताल
- वस्त्रापुर ताल
- गुजरात साइन्स सीटी
- अक्षरधाम मन्दिर, गान्धीनगर
- आई मेक्स थिएटर (चलचित्रघर)
- ल गार्डन
- वैष्णोदेवी मन्दिर
- श्रीभागवत विद्यापीठ (सोला)
- अडालज वाव
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Amdavad City Profile", egovamc.com, Ahmedabad Municipal Corporation, अन्तिम पहुँच ४ जुन २०१५। वेब्याक मेसिन अभिलेखिकरण १५ मार्च २०१५ मिति
- ↑ mhupa.gov.in/ray/csmc_ppt/6th-csmc-Ahmedabad-AHP.pdf
- ↑ "Cities having population 1 lakh and above", The Registrar General & Census Commissioner, India, अन्तिम पहुँच २६ जुलाई २०१४।
- ↑ "Urban Agglomerations/Cities having population 1 lakh and above", The Registrar General & Census Commissioner, India, अन्तिम पहुँच २६ जुलाई २०१४।
- ↑ "Distribution of Population, Decadal Growth Rate, Sex-Ratio and Population Density", 2011 census of India, Government of India, अन्तिम पहुँच २१ मार्च २०१२।
- ↑ "Ahmadabad (Ahmedabad) District : Census 2011 data", census2011, अन्तिम पहुँच २८ मे २०१४।