वडोदरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वडोदरा
વડોદરા
शहर
वडोदरा


Countryभारत भारत
राज्यगुजरात
जिल्लावडोदरा जिल्ला
क्षेत्रफल
 • जम्मा२२५ किमी (८७ वर्ग माइल)
 • क्रम18
उन्नतांश
१२९ मिटर (४२३ फिट)
जनसङ्ख्या
 (२०११)[२]
 • जम्मा२०६५७७१[१]
 • क्रम२०औ
समय क्षेत्रयुटिसी+5:30 (IST)
PIN
390 0XX
Telephone code(91)265
आइएसओ ३१६६ सङ्केतISO 3166-2:IN
वेबसाइटwww.vmc.gov.in

वडोदरा (IPA: /ʋə'ɽod̪əɾa/), (पूर्व नाम : बडौदा ) गुजरात प्रान्तको तेश्रो सबैभन्दा धेरै जनसन्ख्या भएको शहर हो । यो एक शहर हो जहाको महाराजा सयाजीराव विश्वविद्यालय आफ्नो सुन्दर स्थापत्यको लागि जानिन्छ । वडोदरा गुजरातको एक महत्त्वपूर्ण नगर हो । वडोदरा शहर, वडोदरा जिल्लाको प्रशासनिक मुख्यालय, पूर्वी-मध्य गुजरात राज्य, पश्चिम भारत, अहमदाबादको दक्षिण-पूर्वमा विश्वामित्र नदीको तटमा स्थित छ । वडोदरालाई बडौदा पनि भनिन्छ । यसको सबैभन्दा पुरानो उल्लेख ८१२ ई. को अधिकारदान या राजपत्रमा छ, जसमा यसलाई वादपद्रक बताइएको छ । यो अन्कोत्तका शहरसङ सम्बद्ध बस्ती थियो । यस क्षेत्रलाई जैनिहरूदेखि छिनने दोर राजपूत राजा चन्दनको नाममा शायद यसलाई चन्दनवाटीको नामले पनि जानिन्थ्यो । समय-समयमा यस शहरको नया नामकरण हुदै गयो, जस्तै वारावती, वातपत्रक, बडैदा र सन् १९७१ मा वडोदरा ।

इतिहास[सम्पादन गर्नुहोस्]

इतिहासमा शहरको पहिलो उल्लेख ८१२ ई. मा यस क्षेत्रमा आएर बसेका व्यापारिहरूको समयसङ मिल्छ । वर्ष ई १२९७ यो प्रान्त हिन्दू शासनको अधिन हिन्दूहरूको वर्चस्वमा थियो । ईसाई यूगको प्रारम्भमा यो क्षेत्र गुप्तवन्शको साम्राज्यको अधीन थियो । भयङ्कर यूध्ध पछि, यस क्षेत्रमा चालुक्य वंश सत्ता आधिन भयो । अन्तमा, यस राज्यमा सोलंकी राजपूतहरूले कब्जा गरे । यस समयसम्म मुस्लिम शासन भारत वर्षमा फैलिएको थियो र हेर्दा-हेर्दै वडोदराको सत्ताको बागडोर दिल्लीको सुल्तानहरूको हात आयो । वडोदरामा दिल्लीको सुल्तानहरूले एक लामो समयसम्म शासन गरे, जब सम्म उनिहरू मुगल सम्राटहरू द्वारा परास्त भएनन् । मुगलहरूको सबैभन्दा ठुलो समस्या मराठा शाषक थियो जसले बिस्तरै बिस्तरैबाट तर अन्ततः यस क्षेत्रमा आफ्नो राज्य स्थापित गरे र यो मराठा वन्श गाइकवाड (Gaekwads) को राजधानी बन्यो । सर सयाजी राव गाइकवाड (१८७५-१९३९) III, यस वन्शको सबैभन्दा सक्षम र लोकप्रिय शासक थिए र उनले यस क्षेत्रमा धेऐ सरकारी र नौकरशाही सुधार गरे । ब्रिटिश राजको क्षेत्रमा एक ठुलो प्रभाव थियो तर बड़ौदा भारतको स्वतंत्रतासम्म एक राजसी राज्य बनि रहयो । धेरै अन्य रियासतहरूको जस्तै, बडौदा राज्य पनि १९४७ मा भारत डोमिनियनमा शामिल भयो ।

उद्योग[सम्पादन गर्नुहोस्]

यस शहरमा उत्पादित हुने विभिन्न प्रकारको वस्तुहरूमा सूती वस्त्र तथा हथकरघा वस्त्र, रसायन, दियासलाई, मशीनें र फर्नीचर शामिल छ ।

परिवहन[सम्पादन गर्नुहोस्]

वडोदरा एक रेल र मार्ग जंक्शन हो तथा यहाँ एक विमानस्थल पनि छ ।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

२००१ को जनगणना अनुसार वडोदरा शहरको जनसङ्ख्या १३,०६,०३५ औ जिल्लाको कुल जनसङ्ख्या ३६,३९,७७५ छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]