कोच्चि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कोच्चि
കൊച്ചി
कोचीन
उपनाम: 
अरब सागरको रानी[१][२]
राष्ट्रभारत
राज्यकेरल
जिल्लाएर्नाकुलम
सरकार
 • अङ्गकोच्चि नगर निगम
 • महापौरटोनी चैमनी (भा.रा.काँग्रेस)
 • पुलिस आयुक्तएम आर अजीत कुमार, आईपीएस
क्षेत्रफल
 • महानगर९४.८८ किमी (३६.६३ वर्ग माइल)
 • महानगर
७३२ किमी (२८२.८४ वर्ग माइल)
उन्नतांश
० मिटर (० फिट)
जनसङ्ख्या
 (2012)[४]
 • महानगर६१२,३४३
 • घनत्व६,३४०/किमी (१६४००/वर्ग माइल)
 • महानगर२,११७,९९०
भाषाएं
 • आधिकारिकमलयालम, अंग्रेज़ी
समय क्षेत्रयुटिसी+5:30 (IST)
पिन
682 XXX
दूरभाष कूट91-(0)484-XXX XXXX
सवारी दर्ताKL-7,KL-39,KL-41,KL-42,KL-43,KL-63
वेबसाइटwww.corporationofcochin.net

कोच्चि ([koˈtʃːi ] ( )), जासलाई कोचीन पनि भनिन्थ्यो, लक्षद्वीप सागरको दक्षिण-पश्चिम तटरेखामा स्थित एक ठुलो बन्दरगाह शहर हो, जुन भारतीय राज्य केरलको एर्नाकुलम जिल्लाको एक भाग हो । कोच्चिलाई धेरै समयदेखि प्रायः एर्नाकुलम पनि भनिन्छ, जिसको अर्थ नगरको मुख्यभूमि भाग इन्गित गर्छ । कोच्चि नगर निगमको अधीनस्थ (जनसङ्ख्या ६,०१,५७४) यो राज्यको दोश्रो सर्वाधिक जनसङ्ख्या भएको शहर हो । यो कोच्चि महानगरीय क्षेत्रको विस्तार सहित (जनसङ्ख्या २१ लाख) केरल राज्यको सबैभन्दा ठुलो शहरी आबादी क्षेत्र हो । कोच्चि नगर ग्रेटर कोच्चि क्षेत्रको नै एक भाग हो, [६][७] र यसलाई भारत सरकार द्वारा द्वितीय दर्जा वाला शहर वर्गीकृत गरिएको छ । नगरको रेख-देख तथा अनुरक्षण दायित्त्व १९६७ मा स्थापित भएको कोच्चि नगर निगम गर्छन् । यस बाहेक पुरा क्षेत्रको सर्वांगीण विकासको भार ग्रेटर कोचीन डवलपमेन्ट अथोरिटी[८] (GCDA) एवं गोश्री आईलैण्ड डवलपमेन्ट अथोरिटी (GIDA) मा छ ।


कोच्चि १४औ शताब्दीदेखि नै भारतको पश्चिमी तटरेखाको मसालाको व्यापार केन्द्र रहेको छ र यसलाई अरब सागरको रानी को नामले जानिन्थ्यो । १५०३ मा यहा पुर्तगालियहरूको आधिपत्य भयो र यो उपनिवेशीय भारतको प्रथम यूरोपीय कालोनी बन्यो र १५३० मा गोवाको चुनिनु सम्म यो पुर्तगालियहरूको यहाको प्रधान शक्ति केन्द्र रहयो । क्कालान्तर मा कोच्चि राज्यको रजवाडामा परिवर्तित हुनको साथै यो डच एवं ब्रिटिशको नियन्त्रणमा आयो । आज केरलमा कुल अन्तर्देशीय तथा अन्तर्राष्ट्रीय पर्यटकहरूको आगमन संख्यामा प्रथम स्थान बनाएका छन् । [९][१०] नीलसन कम्पनीको आउटलुक ट्रैवलर पत्रिकाको लागि गरिएको एक सर्वेक्षणको अनुसार कोच्चि आज पनि भारतको सर्वश्रेष्ठ पर्यटक आकर्षणहरूमध्ये छैटौ स्थानमा रहेको छ ।[११] मैकिन्से ग्लोबल संस्थान द्वारा गरिएको एक शोधको अनुसार, कोच्चि २०२५ सम्मको विश्वको सकल घरेलु उत्पादमा ५०% योगदान दिने ४४० शहरह्रूमध्ये एक थियो । [१२]

मुख्य आकर्षण[सम्पादन गर्नुहोस्]

डच महल[सम्पादन गर्नुहोस्]

यो महल मूल रूपमा पुर्तगालिहरू द्वारा बानाइएको हो र कोचीनको राजा वीर केरला वर्मालाई भेन्ट गरिएको थियो । पछि डचको यसमा अधिकार भयो । उनले १६६३ मा किलाको मरम्मत गराए र किलालाई नया रूप दिए । यस किलामा कोचीनको धेरै राजाहरूको राज्याभिषेक भएको थियो । यस किलामा रामायण र महाभारत जस्तै महाकाव्यहरूसग सम्बन्धित पेन्टिङ्ग्‍स बनाइएको छ ।

बोलघाट्टी महल[सम्पादन गर्नुहोस्]

यस महललाई देख्नको लागि बढि संख्यामा पर्यटक यहा आउछन् । डच मान्छेहरू द्वारा बानाइएको यो महल बोलघट्टी द्वीपमा स्थित छ । यस महललाई अब एक लक्जरी होटलमा तब्दील गरिएको छ । बोलघट्टीमा एक गोल्फ कोर्स पनि छ । यहा मानिस पिकनिक मनाउन पनि आउछन् ।

हिल महल[सम्पादन गर्नुहोस्]

१९औ शताब्दीमा कोच्चिको राजा द्वारा यो महल बानाइएको थियो । अब यसलाई केरला पुरातत्व विभागको सङ्ग्रहालयमा परिवर्तित गरिएको छ । सङ्ग्रहालयमा चित्रकारी, नक्काशी र राजकीय वंशसग सम्बन्धित वस्तुहरू राखिएको छ ।

बेशन बङ्गला[सम्पादन गर्नुहोस्]

मरीन ड्राइव[सम्पादन गर्नुहोस्]

चेराई बीच[सम्पादन गर्नुहोस्]

सेन्ट फ्रान्सिस चर्च (सन्त फ्रान्सिस गिरिजाघर)[सम्पादन गर्नुहोस्]

ऐतिहासिक सङ्ग्रहालय[सम्पादन गर्नुहोस्]

पल्लिपुरम किला[सम्पादन गर्नुहोस्]

परीक्षित थंपुरान सङ्ग्रहालय[सम्पादन गर्नुहोस्]

कांजिरामट्टम मस्जिद[सम्पादन गर्नुहोस्]

कालाडी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. K. C. Sivaramakrishnan (२००६), People's Participation in Urban Governance, Concept Publishing Company, पृ: १५६, आइएसबिएन 81-8069-326-0 
  2. Ganesh Kumar, Modern General Knowledge, Upkar Prakashan, पृ: १९४, आइएसबिएन 81-7482-180-5 
  3. "GCDA - Greater Cochin Development Authority", Gcdaonline.com, अन्तिम पहुँच १२ नोभेम्बर २०१२ 
  4. "Provisional Figures, Kerala", Office of The Registrar General & Census Commissioner, अन्तिम पहुँच ७ अप्रिल २०११ 
  5. "Provisional Population Totals, Census of India 2011", Census of India, अन्तिम पहुँच ११ मार्च २०११ 
  6. "PowerPoint Presentation" (PDF), अन्तिम पहुँच १२ नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २३ मार्च २०१२ मिति
  7. "Steps to control pollution in Greater Kochi area mooted", The Hindu, २० सेप्टेम्बर २०१०। 
  8. "GCDA - Greater Cochin Development Authority", अन्तिम पहुँच ५ अप्रिल २०१५ 
  9. http://www.keralatourism.org/destination-wise-foreign-2010.pdf
  10. "Tourist statistics – 2008", Government of Kerala, Tourism Department, अन्तिम पहुँच २२ अक्टोबर २०१० 
  11. [१] Kerala best Destination
  12. "Urban world: Mapping the economic power of cities 2011", McKinsey Global Institute, अन्तिम पहुँच ३ फेब्रुअरी २०१३ 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]