सुरत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सूरतबाट अनुप्रेषित)
सुरत
સુરત
देश भारत
राज्यगुजरात
जिल्लासुरत
क्षेत्रफल
 • सहर३२६.५१५ किमी (१२६.०६८ वर्ग माइल)
उन्नतांश
१३ मिटर (४३ फिट)
जनसङ्ख्या
 (२०११)
 • सहर४,४६७,७९७
 • घनत्व१४०००/किमी (३५०००/वर्ग माइल)
 • महानगर
४,५९१,२४६
समय क्षेत्रयुटिसी+5:30 (IST)
PIN
394 XXX, 395 XXX
क्षेत्रीय सङ्केत91-261-XXX-XXXX
सवारी दर्ताGJ-05, GJ-28, GJ-19[२]

सुरत गुजरात प्रान्तको एक प्रमुख सहर हो। यो सहर सुरत जिल्लाको प्रशासनिक मुख्यालय पनि हो। तापी नदी सुरत सहरको मध्यदेखि बहन्छ। सुरत मुख्यत: कपडा उद्योग र डायमन्ड कटिङ्ग र पोलिशिंगको लागि प्रसिद्ध छ, त्यसैले यस शहरलाई सिल्क सिटी र डायमन्ड सिटीको नामले पनि जनिन्छ।

इतिहास[सम्पादन गर्नुहोस्]

यसो मानिन्छ कि आधुनिक सुरत सहरको स्थापना पन्ध्रौ सताब्दीको अन्तिम वर्षमा भएको हो। मानिन्छ कि १५१६ मा एक हिन्दू ब्राह्मण गोपीले यसलाई बसाएका थिए। १२औ देखि १५औ शताब्दी सम्म यो शहर मुस्लिम शासकहरू, पुर्तगालिहरू, मुगलहरू र मराठहरूको आक्रमणहरूको शिकार भएको थियो। १५१४ मा पुर्तगाली यात्री दुआरते बारबोसाले सुरतको वर्णन एक महत्त्वपूर्ण बंदरगाहको रूपमा गरेका थिए। १८औ शताब्दीमा बिस्तारै-बिस्तारै सुरतको पतन हुदै गएको थियो। त्यस समय अंग्रेज र डच, दुवैले सुरतमा नियन्त्रणको दावा गरेका थिए तर १८०० मा अंग्रेजहरूको यसमा अधिकार भयो।

भौगोलिक स्थिति[सम्पादन गर्नुहोस्]

सुरत भारतको पश्चिममा स्थित छ र यसको निर्देशांक 21.17º उ. एवं 72.83º पु. हो।

यातायात र परिवहन[सम्पादन गर्नुहोस्]

यो सडक, रेल तथा हवाई मार्गहरूबाट जोइएको छ।

कृषि र खनिज[सम्पादन गर्नुहोस्]

आसपासको इलाकामा खेती हुन्छ। कपास, बाजरा, दलहन र चावल यहाँको मुख्य पैदावार हो। वस्त्रोद्योग सुरत सहरमा नै केन्द्रित छ। १९९० मा उखू, अङ्गूर र केरा जस्तै नकदी अनाजको खेतीको सुरुवात गरियो।

उद्योग तथा व्यापार[सम्पादन गर्नुहोस्]

पुर्तगालिहरू द्वारा (१५१२ एवं १५३०) सुरतलाई जिल्ला दिए पछि यो एक ठुलो विक्रय केन्द्र भयो, जहाँबाट कपडा र सुनको निर्यात हुन्थ्यो। वस्त्रोद्योग र जहाज निर्माण यहाँको मुख्य उद्योग थियो। अंग्रेजहरूले सन् १६१२ मा पहिलो पटक आफ्नो व्यापारिक चौकी यहाँ नै स्थापित गरेका थिए। यहाँको सूती, रेशमी, किमख्वाब (जरीदार कपडा) को वस्त्र तथा सुन तथा चाँदीको वस्तुहरू प्रसिद्ध छ। सुरतको हीरामा पोलिशको उद्योगले प्रवासी मजदूरहरूको आफ्नो र आकर्षित गएको छ। वर्तमानमा सुरत सहर देशमा वस्त्र निर्माणमा प्रथम स्थानमा छ। यहाँ हरेक प्रकारको वस्त्रहरू साडी, ड्रेस मैटेरियल र सबै प्रकारको रेडीमेड वस्त्रहरूको पनि वृहत् पैमानेमा उत्पादन हुन्छ। यहाँ भारतको लगभग सबै राज्यहरूको मानिस निवास गर्छन्। यसै कारण यो "लघु भारत"को नामले पनि जानिन्छ।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

१९औ शताब्दीको मध्यमा सुरत एक गतिहीन नगर थियो, जसको आबादी ८०,००० थियो, तर भारतीय रेलवेको सुरुवातको साथ सुरत फेरि समृद्ध हुन थाल्यो। २०११ को जनगणनाको अनुसार नगरको जनसङ्ख्या ४४,६७,७९७ छ। सुरत जिल्लाको कुल जनसङ्ख्या ४९,९६,३९१ छ।

जलवायु[सम्पादन गर्नुहोस्]

जिल्लदेखि औसत वार्षिक वर्षा १,०७१ मिमी छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Statistics for Surat Municipal Corporation", Official website of Surat Municipal Corporation, अन्तिम पहुँच ४ जुन २०१५  वेब्याक मेसिन अभिलेखिकरण १५ सेप्टेम्बर २०१५ मिति
  2. "SURAT GETS ADDL GJ-5 & GJ-28 SERIES FOR VEHICLE REGISTRATION", dnaindia.com। 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]