कोटा, राजस्थान
कोटा | |
---|---|
![]() | |
देश | ![]() |
राज्य | राजस्थान |
जिल्ला | कोटा |
क्षेत्रफल | |
• जम्मा | ५२७ किमी२ (२०३ वर्ग माइल) |
उन्नतांश | २७१ मिटर (८८९ फिट) |
जनसङ्ख्या (2011) | |
• जम्मा | १,००१,६९४ |
• क्रम | ४६औ |
• घनत्व | १९००/किमी२ (४९००/वर्ग माइल) |
वेबसाइट | kota |
'कोटा (/ˈkoʊtə/ ( )) राजस्थानको एक प्रमुख औद्योगिक एवं शैक्षणिक शहर हो । यो चम्बल नदीको तटमा बसेको छ । कोटा राजधानी जयपुरदेखि सडक एवं रेलमार्गबाट लगभग २४० किलोमीटरको दूरीमा छ । यो नगर जयपुर-जबलपुर राष्ट्रीय राजमार्ग १२ मा स्थित छ । दक्षिण राजस्थानमा चंबल नदीको पूर्वी किनारमा स्थित, कोटा ती शहाहरू मा हो जहा औद्योगीकरण ठुलो मात्रामा भएको छ । कोटा अनेक किला, महल, सङ्ग्रहालय, मन्दिर र बगैचाको लागि लोकप्रिय छ । यो शहर नवीनता र प्राचीनताको आनौठो मिश्रण हो, जहा एक तर्फ शहरको स्मारक प्राचीनताको बोध गर्छ त्यहि चंबल नदीमा बनेको हाइड्रो इलेक्ट्रिक प्लान्ट र न्यूक्लियर पावर प्लान्ट आधुनिकताको एहसास गर्छ ।
भूगोल[सम्पादन गर्नुहोस्]
कोटा चम्बल नदीको पूर्वी तटमा स्थित छ । यो राजस्थानको दक्षिणी भागमा पर्दछ । यहाको भूगोलिक निर्देशांक २५°११′N ७५°५०′E / २५.१८°N ७५.८३°E.[२] हो । यहाको क्षेत्रफल १२,१३६ कि.मी.² (राजस्थान राज्यको ३.६३ % भूभाग) छ ।[३] यहाको औसत ऊंचाई २७१ मीटर (889 फीट) छ ।
परिधान[सम्पादन गर्नुहोस्]
कोटाको विशेष सूती तथा कोटा डोरीया साडि, कोटा स्टोन, कचोरीको लागि प्रसिद्ध छ । कोटालाई शिक्षा नगरीको नामले पनि जानिन्छ ।
इतिहास[सम्पादन गर्नुहोस्]
प्रारम्भमा कोटा बून्दी राज्यको एक हिस्सा थियो । मुगल शासक जहान्गीरले जब बून्दीको शासकहरूलाई पराजित गरे तब कोटा १६२४ ई. मा एक स्वतन्त्र राज्यको रूपमा स्थापित भयो । राव माधो सिंह यहाको प्रथम स्वतन्त्र शासकको रूपमा गद्दीमा बसे । १८१८ ई. मा कोटा ब्रिटिश साम्राज्यको अधीन भयो ।
प्रमुख आकर्षण[सम्पादन गर्नुहोस्]
सिटी फोर्ट प्लालेस[सम्पादन गर्नुहोस्]
चम्बल नदीको पूर्वी तटमा १७औ शताब्दीमा बनेको यो किला कोटाको मुख्य आकर्षण हो । यस किलाको परिसर राजस्थानको सबैभन्दा विशाल किला परिसरहरू मा हो । १७औ शताब्दीमा बनेको हात्ति पोल किलामा प्रवेशको सुन्दर प्रवेशद्वार छ ।
राव माधो सिंह सङ्ग्रहालय[सम्पादन गर्नुहोस्]
यो सङ्ग्रहालय पुरानो महलमा स्थित छ र यसलाई राजस्थानको सबैभन्दा बेहतरीन सङ्ग्रहालयहरूमा मानिन्छ । कोटा राज्यको प्रथम शासक राव माधो सिंहको नाममा सङ्ग्रहालयको नाम राखिएको हो । सङ्ग्रहालयमा कोटाको सुन्दर पेटिन्ग, मूर्ति, तस्वीर, हतियार र शाही वंश सम्बम्धित अनेक वस्तुहरू देख्न सकिन्छ ।
जगमन्दिर महल[सम्पादन गर्नुहोस्]
यो महल कोटाको एक रानी द्वारा १७४० ई. मा बनाइएको थियो । सुन्दर किशोर सागर झीलको मध्य बनेको यो महल राजाहरूको आमोद प्रमोदको स्थान थियो । झीलको पारदर्शी जलमा महलको प्रतिबिम्ब बेहद सुन्दर लगाउछ । किशोर सागर झील बून्दीको राजकुमार धी देहले १३४६ ई. मा बानाएका थिए । झीलमा नौकायनको आनन्द पनि लिन सकिन्छ ।
सरकारी सङ्ग्रहालय[सम्पादन गर्नुहोस्]
किशोर सागर झीलको समीप किशोर बागमा बनेको ब्रिजविलास महलमा यो सङ्ग्रहालय स्थित छ । सङ्ग्रहालयमा दुर्लभ सिक्का, हस्तलिपिहरू र हडोटी मूर्तिहरूको विस्तृत सङ्ग्रह छ । यहा बरोलीको मन्दिरहरूसङ केहि आकर्षक र ऐतिहासिक मूर्तिहरू लाएर राकिएको छ । शुक्रवार र राष्ट्रीय अवकाशको दिन सङ्ग्रहालय बन्द रहन्छ ।
चम्बल गार्डन[सम्पादन गर्नुहोस्]
यो एक सुन्दर पिकनिक स्पोट हो र यहा मगरमच्छाको तालाब देख्न सकिन्छ । यो गार्डन चम्बल नदी र अमर निवासको समीप स्थित छ ।
देवताजीको हवेली[सम्पादन गर्नुहोस्]
देवताजीको हवेली राजस्थानको सबैभन्दा सुन्दर भवनरूमा एक हो । कोटाको यो हवेली अनौठो भित्तिचित्र र चित्रकारीको लागि प्रसिद्ध छ ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "Kota District Census 2011 Handbook: VILLAGE AND TOWN WISE PRIMARY CENSUS ABSTRACT (PCA)" (PDF), Censusofindia.gov.in, पृ: २९ (pdf) Urban Section, अन्तिम पहुँच १९ अप्रिल २०१६।
- ↑ Falling Rain Genomics, Inc - Kota
- ↑ Statistics by Govt. of Rajasthan