विशाखपट्नम
विशाखपट्नम
Visakhapatnam విశాఖపట్నం भाइज्याग - वेलटेयर | |
---|---|
![]() | |
उपनाम(हरू): द सिटी अफ डेस्टिनी, पूर्वी तटको गहना आन्ध्र प्रदेशको आर्थिक राजधानी | |
देश | भारत |
राज्य | आन्ध्र प्रदेश |
जिल्ला | विशाखपट्नम |
नामकरण | विशाख |
सरकार | |
• अङ्ग | विशाखपट्नम नगर निगम परिषद |
क्षेत्रफल | |
• महानगर | ५४०.०० किमी२ (२०८.५० वर्ग माइल) |
• महानगर | ५,५७३ किमी२ (२१५२ वर्ग माइल) |
उन्नतांश | ४५ मिटर (१४८ फिट) |
जनसङ्ख्या (२०११) | |
• महानगर | २०३५९२२ |
• क्रम | १औँ |
• घनत्व | ३८००/किमी२ (९८००/वर्ग माइल) |
• महानगर | ५,३४०,००० |
वासिन्दा | भाइज्यागाइट |
भाषाहरू | |
• आधिकारिक | तेलुगु |
समय क्षेत्र | युटिसी+५:३० (भारतीय मानक समय) |
हुलाक कोड | ५३० ०XX, ५३१ १XX |
टेलिफोन कोड | +९१-८९१-XXX XXXX |
सवारी दर्ता | AP–31,32,33,34 |
वेबसाइट | नगर निगम |
विशाखपट्नम (उपनाम भाइज्याग) भारतको राज्य आन्ध्र प्रदेशको सबैभन्दा ठुलो र सबैभन्दा बढी जनसङ्ख्या भएको सहर हो । यो बङ्गालको खाडीको तटमा अवस्थित छ । यो विशाखपट्नम जिल्लाको मुख्यालय सहर र आन्ध्र प्रदेशको आर्थिक राजधानी हो ।[४] सन् २०११ को भारतको जनगणना अनुसार, यस सहरको जनसङ्ख्या २०,३५,९२२ रहेको छ जसले यसलाई भारतको सबभन्दा बढी जनसङ्ख्या हुने १४औँ क्रमको सहर बनाएको छ ।[१] विशाखपट्नम महानगरीय क्षेत्र भारतको महानगरीय क्षेत्रहरूको आधारमा ९औँ क्रममा रहेको छ जसको जनसङ्ख्या ५३,४०,००० रहेको छ ।[५]
यो एक प्राकृतिक तथा सुरक्षित समुद्री बन्दरगाह हो । कृषि तथा खनिज सम्पदामा समृद्ध आन्ध्र प्रदेश, मध्य प्रदेश र उडिसा राज्य यस बन्दरगाहको पृष्ठ-प्रदेश भनिने गरिन्छ । यो एक उल्लेखनीय मत्स्य-शिकारको केन्द्र पनि हो । विशाखपट्नम आन्ध्र प्रदेशको उत्तरी सरकारी तटमा गोदावरी नदीको मुखको उत्तरमा अवस्थित छ । विशाखपट्नमलाई भाइज्यागको नामले पनि चिनिने गरिन्छ । विशाखपट्नम भारतको चौथौ सबैभन्दा ठुलो बन्दरगाह हो । यो भारतीय नौसेनाको पूर्वी कमाण्डको केन्द्र हो ।
इतिहास[सम्पादन गर्नुहोस्]
महत्त्व[सम्पादन गर्नुहोस्]
विशाखपट्नमको बन्दरगाहको महत्त्व भारतभरी नै निक्कै लोकप्रिय रहेको छ किनभने यो कोरोमण्डल तटमा अवस्थित एकमात्र संरक्षित बन्दरगाह हो । यसमा हालमा गरिएको सुधारहरूले अब यहाँ १०.२ मिटर अग्लो पनडुब्बीहरूलाई आश्रय दिन सक्षम छ । यो सहर एक महत्त्वपूर्ण पोत निर्माण केन्द्र पनि हो । भारतमा बनेको पहिलो स्टीमरलाई विशाखपट्नमको बन्दरगाहमा सन् १९४८ मा उद्घाटन गरिएको थियो । विशाखपट्नम क्षेत्रको अर्थव्यवस्थाको आधार कृषि हो ।
शिक्षण संस्थान[सम्पादन गर्नुहोस्]
बङ्गालको खाडीको उत्तरी ध्रुवमा अवस्थित उपनगर वाल्टेयरमा आन्ध्र विश्वविद्यालय रहेको छ । यहाँको शैक्षिक संस्थानहरूमा आन्ध्र मेडिकल कलेज, कलेज अफ नर्सिङ्ग, कलेज अफ इन्जिनियरिङ, गान्धी इन्स्टट्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट र कयौं महाविद्यालय छन् ।
उद्योग[सम्पादन गर्नुहोस्]
विशाखपट्नममा पानी जहाज बनाउने कारख़ाना रहेको छ । यो एउटा प्राकृतिक तथा सुरक्षित समुद्री बन्दरगाह हो । कृषि तथा खनिज सम्पत्तिमा समृद्ध आन्ध्र प्रदेश, मध्य प्रदेश र उडिसा राज्य यस बन्दरगाहको पृष्ठ प्रदेश भन्ने गरिन्छ । यो एक उल्लेखनीय मत्स्य-शिकार केन्द्र पनि हो ।
पर्यटन[सम्पादन गर्नुहोस्]
विशाखपट्नम प्राचीन बौद्ध विरासत, भूवैज्ञानिक चमत्कार, प्रसिद्ध मन्दिरहरूको एक उदार मिश्रणमा संस्कृति, कला र शिल्प आदिको लागि प्रसिद्ध छ । यो सहर समयानुसार परिवर्तन हुँदै परिमार्जित हुँदै आएको छ, यहाँ सम्म की यो सहर आफ्नो समृद्ध इतिहासको संरक्षण प्रति सजग छ । यसको सुन्दर पूर्वी घाट बङ्गालको खाडीको निलो पानीमाथि एक अनौठौ स्पर्श दिने गर्छ ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ १.० १.१ "Municipalities, Municipal Corporations & UDAs" (PDF), Directorate of Town and Country Planning, Government of Andhra Pradesh, मूलबाट ७ जुन २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जनवरी २०१६।
- ↑ २.० २.१ "Key Facts on VMR" (PDF), Visakhapatnam Urban Development Authority, पृ: 44–45, अन्तिम पहुँच २१ डिसेम्बर २०१५।
- ↑ "Elevation for Visakhapatnam", Veloroutes, अन्तिम पहुँच २६ अगस्ट २०१५।
- ↑ "Administration-AP-Financial Capital", Visakhapatnam, २९ अप्रिल २०१५, अन्तिम पहुँच १३ अगस्ट २०१५।
- ↑ "Key Facts Of VMR www.vuda.gov.in", अन्तिम पहुँच १७ फेब्रुअरी २०१६।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

- विशाखपट्नम कर्लीमा
विशाखपट्नम विकियात्रामा यात्रा सहयोगी