तिरुचिरापल्ली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तिरुचिरापल्ली
திருச்சிராப்பள்ளி
त्रिची
Tiruchirappalli
सहरका धरोहरहरू
सहरका धरोहरहरू
उपनाम: 
रकफोर्ट सिटी
देशभारत भारत
राज्यतमिलनाडु
क्षेत्रचोला नाडु
जिल्लातिरुचिरापल्ली
क्षेत्रकेन्द्रीय
सरकार
 • प्रकारमेयर परिषद
 • अङ्गतिरुचिरपल्ली नगर निगम परिषद
 • मेयरए जया
क्षेत्रफल
 • सहर१६७.२३ किमी (६४.५७ वर्ग माइल)
 • महानगर
१९८.५५ किमी (७६.६६ वर्ग माइल)
 • क्रम४औँ
उन्नतांश
८८ मिटर (२८९ फिट)
जनसङ्ख्या
 (२०११)
 • सहर९१६,८५७
 • क्रम४औँ
 • घनत्व५५००/किमी (१४०००/वर्ग माइल)
 • महानगर१,०२२,५१८
वासिन्दातिरुचाइट
भाषाहरू
 • आधिकारिकतमिलअङ्ग्रेजी
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
हुलाक कोड
६२० ०xx
टेलिफोन कोड०४३१
सवारी दर्ताTN-45, TN-48, TN-81
वेबसाइटत्रिची सहर नगर निगम

तिरुचिरापल्ली (tiruchirāppaḷḷi)[२] (उच्चारण) तिरुची वा त्रिचीको नामले प्रसिद्ध, भारतको दक्षिणी राज्य तमिलनाडुको सहर र तिरुचिरापल्ली जिल्लाको मुख्यालय हो । यो तमिलनाडु राज्यको चौथौ ठुलो नगर निगम र चौथौ बढी जनसङ्ख्या भएको नगर हो । यो चेन्नईबाट ३२२ किलोमिटर (२०० माइल) दक्षिणमा र कन्याकुमारीबाट ३७९ किलोमिटर (२३५ माइल) उत्तरमा रहेको छ । यो तमिलनाडु राज्यको मध्यमा अवस्थित रहेको छ । यो सहर कावेरी नदीको तटमा बसालिएको छ । यो स्थान विशेष रूपले विभिन्न मन्दिरहरू जस्तै श्री रङ्गानाथस्वामी मन्दिर, श्री जम्बुकेश्‍वरा मन्दिर र वरैयुर आदिको लागि प्रसिद्ध छ । शहरको मध्य भाग अर्थात १६ किलोमिटर (९.९ माइल) पश्चिम देखि कावेरी नदी बग्ने गर्दछ । सन् २०११ को भारतको जनगणना अनुसार यस सहरको जनसङ्ख्या ९,१६,८५७ रहेको छ ।[३]

इतिहास[सम्पादन गर्नुहोस्]

वर्तमान समयमा तिरूचिरापल्लीको एक महत्‍वपूर्ण भाग वरैयुर हो, इशापूर्व ३००० मा यो चोल साम्राज्‍यको राजधानी थियो । तिरूचिरापल्लीमा केही समय मुगल शासकहरूले पनि राज्य गरे । यस पश्चात् यहाँ विजयनगरका शासकहरूले कब्जा गरे ।

उत्पति[सम्पादन गर्नुहोस्]

पर्यटन स्थल[सम्पादन गर्नुहोस्]

पहाडमाथि बनेको रकफोर्ट

श्री रङ्गानाथस्वामी मन्दिर[सम्पादन गर्नुहोस्]

यो मन्दिर कावेरी नदीको मध्य स्थित श्री रङ्गम द्वीपमा अवस्थित छ । यस मन्दिरको निर्माण चेर, पाण्डेय, चोल, होयसल र विजयनगरका शासकहरूद्वारा गराइएको हो । यस मन्दिरको निर्माण १३औँ र १८औँ शताब्दीमा गराइएको हो ।

श्री जम्बुकेश्‍वरा मन्दिर[सम्पादन गर्नुहोस्]

यो मन्दिर श्री रङ्गानाथस्वामी मन्दिरको पूर्वमा २.५ किलोमिटरको दूरीमा अवस्थित छ । यस मन्दिरको वास्तुकला निक्कै सुन्दर छ । यस मन्दिरको मध्य प्राङ्गण भव्य र विशाल छ । यो मन्दिर सन् १६०० मा निर्माण गरिएको हो ।

तिरूवनैक्कवल[सम्पादन गर्नुहोस्]

यो भगवान शिवको मन्दिर हो । यो मन्दिर श्रीरङ्गमको पूर्व देखि ६ किलोमिटरको दूरीमा छ ।

वरैयुर[सम्पादन गर्नुहोस्]

यो स्थान ऐतिहासिक दृष्टिले निक्कै महत्त्वपूर्ण छ । यो चोल वंशको राजधानी थियो । त्रिची हाथले बनेको सिगार र साडीहरूको लागि निक्कै प्रसिद्ध छ । वरैयुरको हातले बनेको सिगार पुरै विश्‍वमा प्रसिद्ध छ ।

विनायक मन्दिर[सम्पादन गर्नुहोस्]

यो मन्दिर कावेरी नदीको किनारमा अवस्थित छ । यो स्थान समुद्र सतह देखि २७२ फिटको उचाईमा स्थित छ । यस मन्दिरमा ४३७ सिढीहरू रहेका छन् । यो मन्दिर भगवान विनायक (पौराणिक कथाको अनुसार आधा पुरूष, आधा पक्षी गरूड, जुन भगवान विष्णुको वाहन हो, यसको सङ्केत प्रसिद्ध महाकाव्यमा पनि उल्लेखित छ) लाई समर्पित छ । यस मन्दिरको मार्गमा कयौं अन्य मन्दिरहरू स्थापित छन् ।

आवागमन[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Primary Census Abstract - Urban Aglomeration" (XLS), Registrar General and Census Commissioner of India, अन्तिम पहुँच १३ अक्टोबर २०१५ 
  2. "Welcome to Tiruchirappalli ... The RockFort City!", Tiruchirappalli City Municipal Corporation, अन्तिम पहुँच १० अगस्ट २०१३  = Archive.today अभिलेखिकरण १८ डिसेम्बर २०१२ मिति
  3. "Search PCA Data by District/SubDistrict/Town/Village Name: Tiruchirappalli (M Corp.)", Registrar General and Census Commissioner of India, अन्तिम पहुँच २५ जनवरी २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]