वेलिङ्गटन (/ˈwɛlɪŋtən/) न्यु जिल्यान्डको राजधानी शहर र दोश्रो सबैभन्दा ठुलो नगरीय क्षेत्र हो । यहाँ लगभग ३,९३,६०० मानिस बसोबास गर्छन ।[२] यस नगरको स्थापना सन् १८३९ मा भएको थियो र सन् १८६५ मा यस शहरलाई राजधानी घोषित गरिएको थियो । वेलिङ्गटन विश्वको सबैभन्दा दक्षिणमा रहेको राजधानी शहर हो । पर्यटकीय दृष्टिकोणले यो शहर उत्तम मानिन्छ ।