अन्तर्राष्ट्रिय क्रिकेट परिषद्
स्वरूप
(अन्तर्राष्ट्रिय क्रिकेट परिषदबाट अनुप्रेषित)
आदर्श वाक्य | ग्रेट क्रिकेट ग्रेट स्पिरिट |
---|---|
गठन | १५ जुन १९०९ |
प्रधान कार्यालय | दुबई, युएई |
सदस्यता | १०७ सदस्य राष्ट्र |
अध्यक्ष | जहिर अब्बास |
कार्यकारी अधिकृत | डेभ रिचर्डसन |
चेयरम्यान | शशांक मनोहर |
वेबसाइट | आधिकारिक वेबसाइट |
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) क्रिकेटको अन्तर्राष्ट्रिय परिचालक निकाय हो । यो इङ्ल्यान्ड, अस्ट्रेलिया र दक्षिण अफ्रिकाका प्रतिनिधिहरूद्वारा सन् १९०९ मा शाही क्रिकेट सम्मेलन रूपमा स्थापित गरिएको थियो । सन् १९६५ मा अन्तर्राष्ट्रिय क्रिकेट सम्मेलन नाम राखे जुन सन् १९८९ सम्म कायम रहयो । यस परिषदमा हाल अस्ट्रेलिया, इङ्ग्ल्याण्ड, भारत, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, वेस्टइन्डिज, जिम्बाब्वे, श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान र आयरल्यान्ड पुर्ण सदस्य रहेका छन् । यसका ९३ वटा सहसदस्यहरु छन् । यो अन्तर्राष्ट्रिय क्रिकेटको कार्यकारी निकाय हो ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]यी पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा अन्तर्राष्ट्रिय क्रिकेट परिषद सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।