भद्रकाली मैदान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भद्रकाली खेल मैदान
भद्रकाली खेल मैदान
पुरा नामभद्रकाली नेपाली सेनाको खेल मैदान
स्थानभद्रकाली, काठमाडौँ, नेपाल
मालिकनेपाली सेना
परिचालकत्रिभुवन आर्मी क्लब
दर्शक क्षमता१०,०००
खुलाबि.स २०२५
भाडावाल
नेपाली सेना


भद्रकाली खेल मैदान काठमाडौँमा रहेको नेपाल आर्मीको रंगशाला हो ।नेपाल आर्मी क्लवले अन्तर्राष्ट्रिय स्तरको एथ्लेटिक्स ट्र्याकसहितको फुटबल मैदान निर्माण सम्पन्न भए पछि २०७४ भदौ ३० गतेदेखि प्रयोगमा ल्याएको थियो।

उद्घाटन[सम्पादन गर्नुहोस्]

सैनिक मुख्यालय भद्रकालीमा अवस्थित मैदानको २०७४ भदौ ३० गते शुक्रबार प्रधान सेनापति राजेन्द्र क्षत्रीले उद्घाटन गरेका थिए । फुटबल मैदानमा पहिलो खेलका रूपमा प्रधान सेनापति ट्रफीको फाइनल अन्तर्गत १६ नम्बर बाहिनी र पश्चिम पृतनाबीच फुटबल खेलाइएको थियो ।

निर्माण कार्य[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय स्तरको प्याराफिटसहितको रंगशाला नेपाल आर्मीले करिव १० महिनामा निर्माण सम्पन्न गरेको हो ।२०७३ मंसिर आठ गते रंगशालाको शिलान्यास गरिएको थियो ।

आर्थिक विवरण[सम्पादन गर्नुहोस्]

स्रोतका अनुसार रंगशाला निर्माणमा १४ करोड खर्च लागेको थियो। जसमध्ये एथ्लेटिक्स ट्र्याक निर्माणका लागि ८ करोड ६५ लाख र फुटबलमैदानका साथै रंगशाला बाउण्ड्रीका लागि ५ करोड ३५ लाख खर्च भएको छ । एथ्लेटिक्स ट्र्याकमात्रै ६ करोड मूल्य बराबरको छ ।

बनोट[सम्पादन गर्नुहोस्]

१० लेनको एथ्लेटिक्स ट्र्याकमा अन्तर्राष्ट्रिय मान्यता र नियम अनुसारको सेन्थेटिक म्याट प्रयोग गरिएको छ । सेनाका एथ्लेटिक्स प्रशिक्षक पुष्पराज ओझाले यस ट्र्याक पछिल्लो प्रविधि र इन्टरनेशनल एशोसियसन अफ एथ्लेटिक्स फेडेरेसन (आइएएफ)बाट मान्यताप्राप्त कम्पनीबाट झिकाइएको बताएका थिए ।

खेलहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]