दशरथ रङ्गशाला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

दशरथ रङ्गशाला
Dasarath Rangasala Stadium.jpg
दशरथ रङ्गशाला २०६४ सालमा
स्थानत्रिपुरेश्वर, काठमाडौँ, नेपाल
निर्देशाङ्कनिर्देशाङ्कहरू: २७°४१′४२″N ८५°१८′५३″E / २७.६९५०५२°N ८५.३१४८३५°E / 27.695052; 85.314835
मालिकनेपाल सरकार
परिचालकअखिल नेपाल फुटबल सङ्घ
दर्शक क्षमता१५,००० (वि.सं २०७६ सम्म)[२]
सतहघाँस
निर्माण
निर्माणवि.सं २०१२
खुलावि.सं २०१४
मर्मत सम्भारवि.सं २०७६[१]
भाडावाल
नेपाल राष्ट्रिय फुटबल टोली
दशरथ रङ्गशाला

दशरथ रङ्गशाला नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला हो ।[३] दशरथ रङ्गशाला काठमाडौँको त्रिपुरेश्वरमा रहेको एउटा बहुउद्देश्यीय रङ्गशाला हो। यो नेपालको सबैभन्दा ठूलो रङ्गशाला पनि हो।[४] यसलाई प्रायःजसो फुटबल प्रतियोगिता, सांस्कृतिक र मनोरञ्जन कार्यक्रमहरूको लागि प्रयोग गरिन्छ। रङ्गशालामा ५,००० सिट छन् र यसले १५,००० दर्शक थाम्न सक्छ। यसको निर्माण वि.सं २०१४ मा भएको थियो।[२]

धेरै जसो नेपालको राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरू यस रङ्गशालामा आयोजना गर्ने गरिन्छ। प्रत्येक वर्ष यस मैदानमा सहिद स्मारक ए-डिभिजन लिग प्रतियोगीताको पनि आयोजना गर्ने गरिन्छ।[५] रातीको समयमा पनि प्रतियोगीता र कार्यक्रम आयोजना गर्न यो सक्षम होस् भनी यसमा फ्लडलाईट जडान गरीएको छ। काठमाडौँ आठौ दक्षिण एसियाली खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो, त्यो प्रतियोगीता आयोजना हुनु पूर्व चीनको सहयोगमा यो रङ्गशाला पुनर्निर्माण गरिएको थियो। नेपालको वीर सहिद दशरथ चन्दको नामबाट यसको नामकरण गरिएको थियो। नेपालमा २०७८ मा पहिलो पटक सम्पन्न, नेपाल सुपर लिग पनि यसै रङ्गशालामा आयोजना गरिएको थियो।[६]

इतिहास[सम्पादन गर्ने]

पहिलो चरण[सम्पादन गर्ने]

दशरथ रङ्गशालाको निमार्ण वि.सं २०१३ सालमा तत्कालिन राजा महेन्द्रको राज्यभिषेक अगाडी सुरु भएको थियो।[७] वि.सं २०१३ सालभन्दा अगाडि हाल रङ्गशाला परिषरमा रहेको कभर्ड हलको खाली मैदानमा सार्वजनिक रूपमा फुटबल खेलिन्थ्यो। त्यो सानो टुँडीखेलको नामले समेत परिचित थियो।[८]

वि.सं २०१३ सालमा राजा महेन्द्रको राज्यभिषेकको अवसर पारेर कुस्ती एथ्लेटिक्स, फुटबल, ब्याडमिन्टन र टेबल टेनिसको आयोजना गर्ने निर्णय भएपछि पहिलो पल्ट रङ्गशालाको आवश्यकता महसुस गरिएको थियो र तात्कालिक प्रधानसेनापति किरण शम्शेरलाई रङ्गशालाको निमार्णको जिम्मा दिइएको थियो।[७] उनले खाल्डो भएको स्थान सम्याउने कामलाई तिब्रता दिएका थिए भने मैदान सम्याउनका लागि लागि २ महिनाको समय लागेको थियो। त्यतिबेला रङ्गशालाको पूर्व पट्टी सेनाको सानो ब्यारेक रहेको थियो भने दक्षिणीतर्फको भाग खुल्ला थियो। पश्चिमतर्फ राजा राजपरिवारका सदस्य, मन्त्रिगण र अतिथीका लागि बस्न ३/४ वटा गाह्रो उठाइएको थियो भने पछि, त्यही स्थानमा एक तला घर पनि तयार पारिएको थियो। खेल सञ्चालन नहुँदा आराम गर्न र शौचालय प्रयोगका लागि त्यो घर तयार पारिएको थियो।[९] हतारमा तयार पारीएकोले पहिलो रङ्गशालाको खेल मैदानको लेबल राम्रो थिएन। मैदानमा घाँस पनि थिएन। खाल्डोलाई माटोले सम्माएर मैदान तयार पारिएको थियो। प्रतियोगिताको दिन धुलो उड्ने डरले सधै पानी छर्किने गरिन्थ्यो।[९]

दोस्रो चरण[सम्पादन गर्ने]

रङ्गशालाको दोस्रो चरणको निमार्ण कार्य २०२२ सालमा सुरु गर्ने प्रयास भएको थियो। तर आर्थिक अभावका कारण सफल हुन सकेन। वि.सं २०२२ सालमा नेपालचीन सरकारबीच रङ्गशाला निमार्णका लागि पहिलो पटक सम्झौता भएको थियो।[९] त्यसका लागि चीन सरकारले सिमेन्ट र छड उपलब्ध गराएको थियो। प्याराफिट निमार्णका लागि उत्तर तर्फको माटो समेत काट्ने काम भएको थियो। तर रङ्गशाला निमार्णका लागि आवश्यक रकम जुटाउन नसक्दा बीचैमा काम अडकिन पुग्यो। त्यतिबेला राजदरबारले परिषद् सञ्चालनका लागि १० हजार रूपैया सहयोग पुर्‍याउदै आइरहेको थियो। यो रकम भारतको कोलकाताबाट सामान ढुवानी गर्न पनि अपुग थियो। चीन सरकारले आवश्यकता भन्दा बढि सिमेन्ट पढाएर सहयोग गर्न पनि खोजेको थियो। पछि खर्च धान्न नसकेर काम रद्द भएको थियो। यतिबेला चिनियाँ सरकारले पठाएको केही बोरा सिमेन्ट बिक्री गरेर पनि खर्च जोहो गर्ने प्रयास गरिएको थियो।

निमार्ण कार्य रोकिएपछि सुरक्षाको अभावमा थुप्रै छड र सिमेन्टका बोरा चोरी भएका थिए। त्यतिबेला परिषद्को सदस्य-सचिवमा सुशिल शम्शेर थिए। यसअघि उनकै सक्रियताको परिणाम २०२० सालमा राजा महेन्द्रले त्रिपुरेश्वरको २ सय रोपनी जग्गा हुकुम प्रमागीबाट रङ्गशालालाई प्रदान गरेका थिए। त्यस अघिसम्म रङ्गशाला बनेको जग्गा परिषद्को नाममा थिएन। यो जग्गाको लालपुर्जा २०३७ सालमा परिषद्ले मालपोत कार्यालयबाट निकालेको थियो त्यतिबेला जग्गा घटेर १ सय ३२ रोपनीमा सिमित भएको थियो।[१०] सुशिल शम्शेर कै सक्रियतामा २०२१ साल भदौ १३ गते परिषद्को पहिलो ऐन पनि जारि भएको थियो। यसै वर्ष भारतीय दूतावासले हाल नेपाल सेनाको मुख्यालय रहेको स्थानमा छड फलाम, डण्डी, जस्तापाता र चेसिसको ठूलो मेलाको आयोजना गरेको थियो। मेला सकिएपछि दूतावासले यी सबै सामान परिषद्लाई हस्तान्तरण गरेको थियो। यही सामानहरूबाट त्रिपुरेश्वरस्थित कभर्ड हलको प्रारम्भिक निमार्ण कार्य सुरु भएको थियो।[९]

यसको तीन वर्षपछि २०२४ सालमा राखेप बोर्ड पुर्नगठन भएको थियो। कुमारखड्ग विक्रम शाह परिषद्को नया सदस्य सचिव बनेका थिए भने वसुन्धरा विक्रम शाह अध्यक्ष भएका थिए।[११] उनीहरूले रङ्गशाला निमार्णको कामलाई आफ्नो मुख्य एजेन्डा बनाएका थिए जसका कारण २०२७ सालमा पूर्व र उत्तरतर्फ ५/५ लाइनको प्याराफिट तयार भएको थियो। त्यसैक्रममा कभर्ड हलको पनि निमार्ण भयो र २०२८ सालमा उद्घाटन गरिएको थियो।[१२]

आधुनिकिकरणको चरण[सम्पादन गर्ने]

२०२८ साल माघ १७ गते राजा महेन्द्रको चितवनमा निधन भएको थियो, उनको निधनसँगै जेठा छोरा वीरेन्द्रलाई नेपालको नयाँ राजा घोषणा गरिएको थियो। [१३][१४] राजा वीरेन्द्रको राज्यभिषेक २०३१ सालमा हुने निर्णय भएपछि रङ्गशाला निमार्ण कार्यलाई झन् जोडतोडका साथ सुरु गरिएको थियो। चीन सरकारसँग रङ्गशाला निमार्णका लागि पुनः सम्झौता भएको थियो। छड र फलामका डन्डीहरू चीनबाट भारतको कोलकाता बन्दरगाहको बाटो हुँदै नेपाल भित्रिने तय भएको थियो। लामो प्रयासपछि राजा वीरेन्द्रको राज्याभिषेकमा आयोजना हुने खेलकुद प्रतियोगिताका लागि रङ्गशालाको पूर्व र उत्तरतर्फ १४/१४ स्टेपको प्याराफिट तयार भएको थियो।

पश्चिम तर्फ भिआइपीका लागि प्याराफिट बनाइएको थियो। यस्तै एथ्लेटिक्सका लागि ६ लेनको ट्रयाकसमेत तयार पारिएको थियो। यसैक्रममा खेलाडीहरूको पूर्ण व्यवस्थाका लागि छात्रावास र स्वीमिङ पुल निमार्णका लागि २०३० सालमा शिलान्यास गरिएको थियो। छात्रावास उद्घाटन २०३३ सालमा भएको थियो। स्विमिङ पुल २०३४ सालमा तयार भयो जसको उद्घाटन तत्कालिन राजा वीरेन्द्रले नै गरेका थिए।[१५]

दशरथ रङ्गशालामा भएको २०१३ साफ च्याम्पियनसिपको उद्घाटन खेल

अन्तर्राष्ट्रियस्तरको बनाउने चरण[सम्पादन गर्ने]

२०३४ सालमा शरदचन्द्र शाह राष्ट्रिय खेलकुद परिषद्को सदस्य-सचिव नियुक्त भएपछि रङ्गशालाको संरचनामा अझै सुधार आएको थियो। [१६]रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउन २०३५ सालदेखि निमार्ण कार्य सुरु गरेर २०३७ सालमा पुरा गरिएको थियो। यतिबेला सरकारी रकम खर्च भएको थियो। त्यतिबेला बार्षिक रूपमा परिषद्को प्रशासनिक तर्फको खर्च ६ लाख रूपैया थियो भने विकाश बजेट २५ लाख रूपैयाँ रहेको थियो। रङ्गशालाको प्याराफिट भित्र कार्यालयको लागि कोठा निकाल्नेदेखि बाहिर सटर निमार्णको कामसमेत भएको थियो। प्याराफिटको माथिल्लो भाग थप गर्ने कामले पनि निरन्तरता पायो। यसैक्रममा भिआइपी प्याराफिटतर्फ लिफ्ट पनि जडान गरियो। रङ्गशाला निमार्णसंगै २०३८ सालमा दशरथ रङ्गशालामा पहिलो वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गरिएको थियो। यसको दुई वर्षपछि अर्थात् २०४० सालमा, यही रङ्गशालामा दक्षिण एसियाको पहिलो दक्षिण एसियाली खेलकुद प्रतियोगिता साफ सुरु भएको थियो। [१७]२०४४ सालसम्म मैदान घेर्न पश्चिम दक्षिण र उत्तरतिरको प्याराफिट अगाडि नाङ्गो काडेँ तारले घेरिने गरिन्थ्यो। तर ४४ सालको दर्दनाक रङ्गशाला काण्डपछि काडेँ तारबाट मैदान घेर्न छोडियो। रङ्गशाला काण्डमा हावाहूरीका कारण भागाभाग गर्ने क्रममा ७१ जनाको निधन भएको थियो।[१८] यही घटनाका कारण तत्कालिन शिक्षा मन्न्री केशरबहादुर विष्टले राजीनामा दिएका थिए।[१९]

अहिलेको स्वरूप[सम्पादन गर्ने]

दशरथ रङ्गशालामा भएको २०२० नेपाल बङ्गलादेश बीचको खेल
दशरथ रङ्गशाला भएको २०२० नेपाल बङ्गलादेश बीचको खेल
दशरथ रंगशालामा भएको २०२० नेपाल बङ्लादेश बिचको खेल
दशरथ रङ्गशालामा भएको सन् २०२० मा भएको नेपाल बङ्गलादेश बीचको खेल

दशरथ रङ्गशालाको हालको स्वरूप भने २०५५ सालमा तयार भएको थियो। नेपालले आठौँ साफ आयोजना गर्ने निर्णय भएलगत्तै चीन सरकारले आधुनिक रङ्गशाला निमार्णका लागि पुनः सहयोग गरेेेेको थियो।[२०] आठौँ साफ कै सन्दर्भमा रङ्गशालामा 'फर्ड लाईट' र स्कोर बोर्ड थपिएको थियो।[२१] यस्तै दर्शकहरू सहजै मैदानमा झिर्न नपाउनु भन्ने उद्देश्यले प्याराफिटको तलको तीन लेन फुटाइएको थियो। प्याराफिट रेलिङले घेर्ने काम पनि सम्पन्न भएको थियो। पानीबाट प्रभाव नपर्ने 'वाटर प्रुफ' पेन्ट पुरै रङ्गशालामा लगाउने लगायत पहिलो पल्ट ८ लेनको सेन्थेटिक ट्रयाकको पनि पुनः निमार्ण सम्पन्न गरिएको थियो।[२२]

आयोजित खेलकुद प्रतियोगिता[सम्पादन गर्ने]

मुख्य साङ्गीतिक कार्यक्रम[सम्पादन गर्ने]

  • ब्रायन एडम्स - प्रत्यक्ष साङ्गीतिक कार्यक्रम (२०६७ फागुन ७)[२३]
  • आतिफ असलम - साङ्गीतिक कार्यक्रम (सन् २०१३)

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "रंगशाला पुनर्निर्माण नहुँदा साग सञ्चालन हुनेमा शंका"खबरहब (नेपाली) भाषा)। सङ्ग्रह मिति २६ मे २०२१ 
  2. २.० २.१ "दशरथ रङ्गशालाको सिट क्षमता घट्यो" (नेपाली) भाषा)। सङ्ग्रह मिति २६ मे २०२१ 
  3. नवीन अर्याल, शनिवार, कसरी बन्यो दशरथ रङ्गशाला ? नगरिक न्युज
  4. "कहिले बन्छ दशरथ रङ्गशाला ? हेर्नुस् यस्तो छ हालत (फोटोफिचर)"रातोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति २६ मे २०२१ 
  5. "झण्डै ५ वर्षपछि दशरथ रङ्गशालामा 'ए' डिभिजन लिग फुटबल फर्कँदै"उज्यालो अनलाइन (नेपाली) भाषा)। सङ्ग्रह मिति २६ मे २०२१ 
  6. "नेपाल सुपर लिग : दशरथ रंगशालामा आज हुँदैछन् दुई खेल"हाम्रो पात्रो (नेपाली) भाषा)। सङ्ग्रह मिति २६ मे २०२१ 
  7. ७.० ७.१ "Race against time" (नेपाली) भाषा)। काठमाडौ पोस्ट। सङ्ग्रह मिति १४ जुलाई २०२१ 
  8. "खेलकुदको इतिहास बोकेको दशरथ रंगशाला पुनर्निर्माण कहिले सकिन्छ ?" (नेपाली) भाषा)। न्युज २४। सङ्ग्रह मिति २६ मे २०२१ 
  9. ९.० ९.१ ९.२ ९.३ "यसरी बनेको थियो दशरथ रंगशाला"नेपाल लाइभ (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ जुलाई २०२१ 
  10. "यस्ताे थियाे टुंडिखेल" (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ जुलाई २०२१ 
  11. "Sports History of Nepal" (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ जुलाई २०२१ 
  12. "बूढो रंगशालाले थेग्न सक्दैन भार !"इटहरी न्युज (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ जुलाई २०२१ 
  13. http://rajpatra.dop.gov.np/welcome/book/?ref=5107
  14. http://rajpatra.dop.gov.np/welcome/book/?ref=5109
  15. केशव पौडेल। "सत्ताको झुण्डमा इतिहास बिर्सनेहरुको भिड"देशसञ्चार (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ जुलाई २०२१ 
  16. प्रकाश तिमल्सिना। "शरदचन्द्र शाह – नेपाली खेलकुदका पथ प्रदर्शक"हाम्रो खेलकुद (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ जुलाई २०२१ 
  17. "South Asian (Federation) Games", Athletics Weekly, अन्तिम पहुँच ३१ जुलाई २०१० 
  18. "रंगशाला दुर्घटनाकाे ३३ वर्ष पूरा, अझै झस्किन्छन् प्रत्यक्षदर्शी"थाह खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति २६ मे २०२१ 
  19. "२०४४ सालको रङ्गशाला काण्ड र आइतबारको हुण्डरी"नेपाल समय (नेपाली) भाषा)। सङ्ग्रह मिति २६ मे २०२१ 
  20. "दशरथ रङ्गशाला पुनर्निर्माण चीनले गरिदिने, फेब्रुअरी २०१९ भित्र हस्तान्तरण" (नेपाली) भाषा)। सेतोपाटी। सङ्ग्रह मिति २६ मे २०२१ 
  21. "भूकम्पले मक्काएको रंगशाला पुनर्निर्माण : सिट क्षमता घट्ने"खरिबोट (नेपाली) भाषा)। सङ्ग्रह मिति २६ मे २०२१ 
  22. "रङ्गशाला पुनर्निर्माण सम्पन्न"राष्ट्रिय पुनर्निर्माण प्राधिकरण (नेपाली) भाषा)। सङ्ग्रह मिति २६ मे २०२१ 
  23. "Bryan Adams live in Nepal,KTM at Dasarath Rangsala (Kathmandu) on 19 Feb 2011", Last.fm