यो लेख एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस्; सुझावहरूको लागि सूत्र खोज्ने उपकरण प्रयोग गर्न सक्नुहुन्छ।
ब्रायन एडम्स
व्यक्तिगत विवरण
वास्तविक नाम
ब्रायन गाइ एडम्स
जन्म
(१९५९-११-०५)५ नोभेम्बर १९५९ किंसटन, ओन्टारियो, क्यानडा
२०६७को अन्त्यमा नेपालमा सांगितिक कार्यक्रम प्रश्तुत गर्न आएका ब्रायन एडम्स
विमानस्थलबाट बाहिरिदै ब्रायन एडम्स
ब्रायन एडम्स (अङ्ग्रेजी: Bryan Guy Adams, जन्म ५ नोभेम्बर १९५९, क्यानाडा) एक चिनिएका रक गायकमात्र नभएर संगीतकार, सङ्गीत निर्देशक, लेखक, समाजसेवी र फोटोग्राफर समेत हुन्। सन् १९८०को दशकमा 'ब्रायन एडम्स' नामक एल्बमबाट सांगीतिक क्षेत्रमा लागेका ब्रायनका 'समर अफ सिक्स्टी नाइन', 'एभ्रीथिङ्स आइ डु' र 'प्लिज फर्गिभ मी'जस्ता उनका गीत श्रोतामाझ चर्चित छन्। ३२ वर्षको सांगीतिक यात्रामा उनले ग्य्रामी अवार्ड, अमेरिकन म्युजिक अवार्ड अन्तर्गत् १८ जोनो अवार्ड र क्यानेडियन ग्य्रामी अवार्ड जितिसकेका छन्। यसै अन्तरालमा करिब २०को हाराहारीमा उनका एल्बमहरू सार्वजनिक भइसकेको छ। उनको 'रेकलेस' नामक चौथो एल्बम सर्वाधिक बिक्री भएको एल्बम हो [१]। उनका रेकर्डहरू विश्वभरिमा कम्तिमा साढे ६ करोड देखि १० करोडको संख्याको हाराहारीमा बिक्रि भएको बताइन्छ [२][३]। सन् २००८मा बिल्बोर्डको पचासौ वर्षगांठमा प्रकाशित श्रेणीमा उनी ३८सौ स्थानमा थिए[४]। उनले हाल सम्म १५औँ ग्रामी अवार्डमा बेस्ट सङ रिटन, बेस्ट रक भोकल, एमटीभी अवार्डमा बेस्ट स्टेज प्रोफम, क्यानडा र बेलायतमा पपुलर म्युजिक अवार्ड, अमेरिकन म्युजिक अवार्ड, लिड अवार्ड फर फोटोग्राफीलगायत विभिन्न अवार्ड हात पारिसकेका छन्।
२०६७ फागुन ७ गते मध्यान्ह सवा दुई वजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लिएका क्यानेडियन रक गायक ब्रायन एडम्सले नेपाल आएकोमा गर्व गरे। प्रजातन्त्र दिवसको दिन राजनीतिक नेताहरूको बेवास्ता गर्दै भव्य स्वागत गर्ने नेपालीहरू देखेर दंग ५३ वर्षे गायकले सोल्टीबाट गर्वका साथ ट्वीटरमा अपडेट गरेका थिए- 'हामी नै नेपालमा गाउने पहिलो पश्चिमी बेन्ड हौं।' सङ्गीतको क्षेत्रमा मात्र नभएर फोटोग्राफीमा पनि त्यत्तिकै नाम कमाउन सफल ब्रायनले करिब २५ हजार दर्शकका बीचमा आफ्नो एल्बमका चर्चित गीतहरू साँझ ७:०० बजेबाट दुई घन्टासम्म प्रस्तुत गरेका थिए। ब्रायन एडम्सले काठमाडौंको दशरथ रंगशालामा साँझ साढे दुई घण्टासम्म आफ्नो चर्चित गीतहरू गाएर दर्शकलाई मख्ख पारेका थिए। ओडीसी नेटवर्क र जेपीआर इभेन्टस्को संयुक्त आयोजनामा भएको सो कन्सर्टमा अपरान्ह ६:०० बजेसम्म नेपालका चर्चित ब्यान्डहरू मङ्गोलियन हार्ट, रविन तामाङ, १९७४ एडीलगायतले पनि साङ्गीतिक प्रस्तुति दिएका थिए।