नेपाल सुपर लिग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल सुपर लिग
देशनेपाल
सङ्घएसियाली फुटबल महासङ्घ
स्थापना२०७८ वैशाख ११
टोलीको सङ्ख्या
लेभल पिरामिड
टिभी साझेदारहिमालय टेलिभिजन
वेबसाइटnepalsuperleague.com
नेपाल सुपर लिग २०२३/२४

नेपाल सुपर लिग अखिल नेपाल फुटबल सङ्घको प्राविधिक सहयोगमा नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले आयोजना गरेको नेपालकै पहिलो व्यावसायिक फ्रेन्चाइजमा आधारित फुटबल लिग हो।[१] सहिद स्मारक ए-डिभिजन लिगनेपाल राष्ट्रिय लिग गरी यो नेपाली फुटबलको तीन शीर्ष प्रमुख फुटबल प्रतियोगिताहरू मध्ये एक हो।[२]

पहिलो संस्करणको प्रतियोगिता २०७८ वैशाख ११ गते देखि २०७८ जेठ १ सम्म, त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको थियो।[३] यस प्रतियोगितामा कुल ७ टोलीहरूले भाग लिएका थिए।[४]

टोली[सम्पादन गर्नुहोस्]

टोली स्थान
विराटनगर सहर फुटबल क्लब विराटनगर, कोशी प्रदेश
काठमाडौँ रेजर्स फुटबल क्लब काठमाडौँ, बागमती प्रदेश
ललितपुर सहर फुटबल क्लब ललितपुर, बागमती प्रदेश
चितवन फुटबल क्लब भरतपुर, बागमती प्रदेश
पोखरा थन्डर्स पोखरा, गण्डकी प्रदेश
बुटवल लुम्बिनी फुटबल क्लब बुटवल, लुम्बिनी प्रदेश
धनगढी फुटबल क्लब धनगढी, सुदूरपश्चिम प्रदेश

आयोजना[सम्पादन गर्नुहोस्]

अखिल नेपाल फुटबल सङ्घको प्राविधिक सहयोगमा नेपाल खेलकुद तथा इभेन्ट म्यानेजमेन्टद्वारा यस लिगको आयोजना गरिएको हो।[५]

रङ्गशाला[सम्पादन गर्नुहोस्]

प्रतियोगिताका सबै खेलहरू त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा भएको थियो।

काठमाडौँ
दशरथ रङ्गशाला
क्षमता: २५,०००

विजेता[सम्पादन गर्नुहोस्]

काठमाडौँ रेजर्स फुटबल क्लबले वि.सं २०७८ मा भएको पहिलो संस्करणको उपाधि जितेको थियो।[६]

क्र.सं संस्करण विजेता शीर्ष गोलकर्ता
२०७८ काठमाडौँ रेजर्स फुटबल क्लब क्यामेरून मेसौके ओलोमोउ[७][८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "सुरु हुँदै फुटबलको सुपर लिग, ललितपुर र काठमाडौं स्पर्धा गर्दै"गोरखापत्र (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ जुलाई २०२१ 
  2. "नेपाल सुपर लिग आजदेखि, नेपाल फुटबलमा नयाँ प्रयोग हुँदै"अनलाइन खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ जुलाई २०२१ 
  3. "नेपाल सुपर लिग : नयाँ अध्यायको सुरुआत" (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ जुलाई २०२१ 
  4. "कोभिड नेपाल: कोरोना भाइरस महामारीमा चम्किएको नेपाल सुपर लीग फुटबल"बीबीसी नेपाली (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ जुलाई २०२१ 
  5. गोविनदराज नेपाल। "नेपाल सुपर लिग फुटबल वैशाख ११ देखि, कसरी खेलाइन्छ ?" (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ जुलाई २०२१ 
  6. "पहिलो संस्करणको सुपर लिगको उपाधि काठमाडौंलाई"अन्नपूर्ण पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ जुलाई २०२१ 
  7. सञ्जय थापा। "नेपाल सुपर लिग: सबैभन्दा अब्बल मेसौके" (नेपाली) भाषा)। नागरिक दैनिक। सङ्ग्रह मिति १४ जुलाई २०२१ 
  8. "अन्जन उत्कृष्ट फरवार्ड, किरण उत्कृष्ट गोलकिपर"खेलपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ जुलाई २०२१