२०४४ को दशरथ रङ्गशाला दुर्घटना
निर्देशाङ्कहरू: २७°४१′४१″N ८५°१८′५५″E / २७.६९४७°N ८५.३१५२°E
को भाग | |
मिति | २०४४ साल फागुन २९ |
---|---|
स्थान | दशरथ रंगशाला काठमाडौँ |
कारण | अधिक भिडभाड |
मृत्यु | ९३ |
घाइते | १०० भन्दा धेरै |
दशरथ रंगशाला दुर्घटना २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्तिजोद्धाबीच त्रिभुवन च्यालेन्ज सिल्डको फाइनल फुटबल खेल चलिरहेको क्रममा भएको थियो। [१][२] भंयकर हवाहुन्डरी, मुसलधारे पानी अनि असिनापानी पछि भागाभाग गर्ने क्रममा उक्त दुर्घटनामा ९३ मानिसको ज्यान गयो । दशरथ रंगशाला दुर्घटना २०० ६ सम्मको नवौ सबैभन्दा ठूलो स्टेडियम दुर्घटना हो (मानव क्षतिको हिसाबले, ९३ दर्शकको मृत्यु), र नेपालको सबैभन्दा खराब रंगशाला दुर्घटना हो।
प्रकोप
[सम्पादन गर्नुहोस्]रंगशालाको ढोकाहरू बन्द गरिएको कारणले भीड भाग्न खोज्दा लडेर एकअर्कामाथि खप्टिन पुगे। यसैमा च्यापिएर धेरैको मृत्यु भयो । [१][३][४]
पछि
[सम्पादन गर्नुहोस्]रंगशाला दुर्घटना पछि शिक्षा तथा संस्कृतिमन्त्री केशर बहादुर बिष्ट र अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कमल थापाले राजीनामा गरे । [५]
दक्षिण एसियाली खेलकुद १९९९ को लागि दशरथ रंगशाला पछि पुन: चिनियाँ सरकारको सहयोगमा मर्मत गरियो । [५]
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ "93 Die in Nepal Stadium Stampede : Soccer Fans Rush to Locked Exits in Sudden Hailstorm", LA Times, १३ मार्च १९८८, अन्तिम पहुँच २३ अप्रिल २०१८।
- ↑ "Dasharath Stadium marks 25th year of disaster", The Himalayan, अन्तिम पहुँच १३ जुलाई २०१४। वेब्याक मेसिन अभिलेखिकरण १४ जुलाई २०१४ मिति
- ↑ "Life’s Most Expensive Football Ticket", BicharDabali, अन्तिम पहुँच ७ जुलाई २०१४। वेब्याक मेसिन अभिलेखिकरण २७ अप्रिल २०१४ मिति
- ↑ "Football stadium disasters", The Telegraph, अन्तिम पहुँच १३ जुलाई २०१४।
- ↑ ५.० ५.१ "1988 Dasharath Stadium Disaster - Black Day Of Nepalese Football Marks 30 Yrs", Goal Nepal, १२ मार्च २०१८, मूलबाट २४ अप्रिल २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अप्रिल २०१८। वेब्याक मेसिन अभिलेखिकरण २४ अप्रिल २०१८ मिति