भद्रकाली मैदान
भद्रकाली खेल मैदान | |
पुरा नाम | भद्रकाली नेपाली सेनाको खेल मैदान |
---|---|
स्थान | भद्रकाली, काठमाडौँ, नेपाल |
मालिक | नेपाली सेना |
परिचालक | त्रिभुवन आर्मी क्लब |
दर्शक क्षमता | १०,००० |
खुला | बि.स २०२५ |
भाडावाल | |
नेपाली सेना |
भद्रकाली खेल मैदान काठमाडौँमा रहेको नेपाल आर्मीको रंगशाला हो ।नेपाल आर्मी क्लवले अन्तर्राष्ट्रिय स्तरको एथ्लेटिक्स ट्र्याकसहितको फुटबल मैदान निर्माण सम्पन्न भए पछि २०७४ भदौ ३० गतेदेखि प्रयोगमा ल्याएको थियो।
उद्घाटन
[सम्पादन गर्नुहोस्]सैनिक मुख्यालय भद्रकालीमा अवस्थित मैदानको २०७४ भदौ ३० गते शुक्रबार प्रधान सेनापति राजेन्द्र क्षत्रीले उद्घाटन गरेका थिए । फुटबल मैदानमा पहिलो खेलका रूपमा प्रधान सेनापति ट्रफीको फाइनल अन्तर्गत १६ नम्बर बाहिनी र पश्चिम पृतनाबीच फुटबल खेलाइएको थियो ।
निर्माण कार्य
[सम्पादन गर्नुहोस्]अन्तर्राष्ट्रिय स्तरको प्याराफिटसहितको रंगशाला नेपाल आर्मीले करिव १० महिनामा निर्माण सम्पन्न गरेको हो ।२०७३ मंसिर आठ गते रंगशालाको शिलान्यास गरिएको थियो ।
आर्थिक विवरण
[सम्पादन गर्नुहोस्]स्रोतका अनुसार रंगशाला निर्माणमा १४ करोड खर्च लागेको थियो। जसमध्ये एथ्लेटिक्स ट्र्याक निर्माणका लागि ८ करोड ६५ लाख र फुटबलमैदानका साथै रंगशाला बाउण्ड्रीका लागि ५ करोड ३५ लाख खर्च भएको छ । एथ्लेटिक्स ट्र्याकमात्रै ६ करोड मूल्य बराबरको छ ।
बनोट
[सम्पादन गर्नुहोस्]१० लेनको एथ्लेटिक्स ट्र्याकमा अन्तर्राष्ट्रिय मान्यता र नियम अनुसारको सेन्थेटिक म्याट प्रयोग गरिएको छ । सेनाका एथ्लेटिक्स प्रशिक्षक पुष्पराज ओझाले यस ट्र्याक पछिल्लो प्रविधि र इन्टरनेशनल एशोसियसन अफ एथ्लेटिक्स फेडेरेसन (आइएएफ)बाट मान्यताप्राप्त कम्पनीबाट झिकाइएको बताएका थिए ।