पोखरा प्रिमियर लिग
| राष्ट्रहरू | |
|---|---|
| प्रशासक | क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालि |
| स्वरूप | ट्वान्टी२० |
| पहिलो प्रतियोगिता | २०७५ |
| आगामी प्रतियोगिता | २०७६ |
| प्रतियोगिता स्वरूप | राउन्ड रोबिन |
| टोली सङ्ख्या | ६ |
| वर्तमान विजेता | चितवन राइनोज[१] |
| सबैभन्दा सफल | पोखरा पल्टन, चितवन राइनोज (प्रथम उपाधि) |
| वेबसाइट | पोखरा प्रिमियर लिगको आधिकारिक वेबसाइट |
पोखरा प्रिमियर लिग एक व्यवसायीक नेपाली टी-२० क्रिकेट प्रतियोगिता हो जसलाई नमस्ते पोखरा प्रिमियर लिगको नामबाट पनि चिनिन्छ। जुन नेपालको एक सुन्दर सहर पोखरामा हुने गरेको छ। पहिलो संस्करणको पोखरा प्रिमियर लिग कात्तिक ९ देखि कात्तिक २० गतेसम्म आयोजना गरिएको थियो। यस प्रतियोगितालाई क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले प्रबन्धन गरेको छ। २०७५ मा पोखरामा पहिलो पटक आयोजना भएको पोखरा प्रिमियर लिगलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद मान्यता दिएको थियो।[२]
यस पोखरा प्रिमियर लिगको शीर्षक प्रायोजन भने नमस्ते प्रिमियम बियरले गरेको थियो जसका कारण प्रतियोगिताको नाम नमस्ते पोखरा प्रिमियर लिग भएको थियो।[३] आयोजक क्विन्स इभेन्ट्स प्रालीले पोखरा प्रिमियर लिगको पुरस्कार राशीमा विजेता टोलीलाई २७ लाख नगद पुरस्कार र उप-विजेता टोलीलाई १० लाख नगद पुरस्कार दिने घोषण गरेको थियो। यो नेपालको टी-२० लिगमा सर्वाधिक राशीको पुरस्कार हो।[४] यस अघिका धनगढी प्रिमियर लिग र एभरेस्ट प्रिमियर लिगको प्रत्यक्ष प्रसारण एपी वान एचडीले गर्दै आएको भएतापनि, पोखरा प्रिमियर लिगलाई भने प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजन एचडीले गरेको थियो। राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा प्रतियोगिताको आयोजक क्विन्स इभेन्ट्सका प्रबन्ध निर्देशक छुम्बी लामा र हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले उक्त हस्ताक्षर गरेका थिए। सम्झौताका अनुसार हिमालय टेलिभिजनले ३ वर्ष प्रसारण गरे बापत नगद र अन्य गरी ३ करोड ७० लाख रुपैयाँ प्रदान गरेको थियो। यस अधिकार बापत हिमालय टिभीले टेलिभिजन र सम्पूर्ण डिजिटल अधिकार प्राप्त गरेको थियो।[५]
वर्तमान टोलीहरूको विवरण
[सम्पादन]| टोलीहरू | सहर | घरेलु मैदान | सुरुवात | मालिक[६] | वर्तमान कप्तान | महत्त्वपूर्ण खेलाडी | |
|---|---|---|---|---|---|---|---|
| हुलास काठमाडौ रोयल्स | काठमाडौ | काठमाडौ | २०७५ | राज्यलक्ष्मी गोल्छा | ज्ञानेन्द्र मल्ल | ज्ञानेन्द्र मल्ल | |
| पोखरा पल्टन | पोखरा | पोखरा | २०७५ | विनायक पोखरेल | शरद भेषावकर | शरद भेषावकर | |
| बुटवल ब्लास्टर | बुटवल | बुटवल | २०७५ | रामबहादुर बिस्ट | सोमपाल कामी | सोमपाल कामी | |
| एक्सपर्ट धनगढी ब्लुज | धनगढी | धनगढी | २०७५ | सञ्जिव शर्मा | दिपेन्द्र सिहं ऐरी | दिपेन्द्र सिहं ऐरी | |
| चितवन राइनोज | चितवन | चितवन | २०७५ | राहुल महरा | पारस खड्का | पारस खड्का | |
| विराटनगर टाइटान्स | विराटनगर | विराटनगर | २०७५ | पारस लुनिया | सन्दीप लामिछाने | सन्दीप लामिछाने | |
नतिजा
[सम्पादन]| संस्करण | स्थान | फाइनल | संस्करणको उत्कृष्ट खेलाडी | ||
|---|---|---|---|---|---|
| विजेता | नतिजा | उप-विजेता | |||
| २०७५ | पोखरा रङ्गशाला, पोखरा | पोखरा पल्टन १६१/७ (१९.२ ओभर) |
पोखरा पल्टनले ३ विकेटले खेल जितेको थियो। सूचकपत्र |
चितवन राइनोज १६०/५ (२० ओभर) |
|
| २०७६[७] | पोखरा रङ्गशाला, पोखरा | चितवन राइनोज २०२/५ (२० ओभर) |
चितवन राइनोजले ३२ रानले खेल जितेको थियो। सूचकपत्र |
पोखरा पल्टन १७०/७ (२० ओभर) |
|
यो पनि हेर्नुहोस्
[सम्पादन]सन्दर्भ सामाग्री
[सम्पादन]- ↑ पोखरा प्रिमियर लिगमा चितवन च्याम्पियन, गोरखापत्र, अन्तिम पहुँच १० डिसेम्बर २०२०, (नेपाली) भाषामा)।
- ↑ "पोखरा प्रिमियर लिगलाई आइसीसीको मान्यता", विकेट नेपाल, २०७५ आश्विन २२, सोमबार, मूलबाट २०१९-१०-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ फागुन २०७५।
- ↑ "पोखरा प्रिमियर लिग विजेताले २७ लाख पाउने", अनलाइन खबर, २०७५ कात्तिक ७, अन्तिम पहुँच ३ फागुन २०७५।
- ↑ "पहिलो पोखरा प्रिमियर लिगको उपाधि पोखरा पल्टनको पोल्टामा", उज्यालो अनलाइन, २० कात्तिक २०७५, अन्तिम पहुँच ४ फागुन २०७५।
- ↑ "पोखरा प्रिमियर लिग हिमालय टिभी एचडीले प्रत्यक्ष प्रसारण गर्ने", विकेट नेपाल, २०७५ भाद्र २९, शुक्रबार, मूलबाट २०१९-१०-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ फागुन २०७५।
- ↑ "पोखरा प्रिमियर लिगमा ६ सहरको नाममा टोली, यी हुन् मालिक र मार्की खेलाडी", विकेट नेपाल, २०७५ आश्विन ११, बिहीबार, मूलबाट २०१९-१०-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ फागुन २०७५।
- ↑ पोखरा प्रिमियर लिग बन्यो सर्वाधिक ठुलो घरेलु टी-२० क्रिकेट प्रतियोगिता, खरिबोट, अन्तिम पहुँच १० डिसेम्बर २०२०, (नेपाली) भाषामा)।
बाह्य कडीहरू
[सम्पादन]- पोखरा प्रिमियर लिग - २०७५ क्रिक इन्फोमा
- पोखरा प्रिमियर लिग - २०७६ क्रिक इन्फोमा