नेपाल क्रिकेट सङ्घ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल क्रिकेट सङ्घ
(क्यान)
खेलक्रिकेट
क्षेत्राधिकारराष्ट्रिय
स्थापनावि.सं २००३
मान्यताअन्तर्राष्ट्रिय क्रिकेट परिषद
मान्यता प्राप्त मितिवि.सं २०४५ आवद्ध
वि.सं २०५३
क्षेत्रीय आवद्धएसियाली क्रिकेट परिषद
आवद्ध मितिवि.सं २०४७
मुख्यालयकाठमाडौँ, नेपाल
अध्यक्षचतुरबहादुर चन्द[१]
सचिवदुर्गा राज पाठक
पुरुष प्रशिक्षकमोन्टी देशाई[२]
महिला प्रशिक्षकजगत टमाटा
आधिकारिक वेबसाइट
cricketnepal.org.np
नेपाल

नेपाल क्रिकेट सङ्घ नेपालमा क्रिकेटको आधिकारिक तथा नियामक निकाय हो। यसको प्रधान कार्यालय राजधानी काठमाडौँमा रहेको छ। नेपाल क्रिकेट सङ्घ अन्तर्राष्ट्रिय क्रिकेट परिषद्मा नेपालको प्रतिनिधि हो भने यसका साथै नेपाल क्रिकेट सङ्घ २०४५ सालदेखि यसको सहयोगी सदस्यको रूपमा रहेको छ। यो एसियाली क्रिकेट परिषदको सदस्य हो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषदले यसलाई २०७३ वैशाख देखि २०७६ असोज २६ गरेसम्मका लागि सरकारी हस्तक्षेप भएको भन्दै निलम्बित गरेको थियो।[३] निलम्बन फुकुवा पश्चात् अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले नेपाली क्रिकेटको व्यवस्थापनको सम्पूर्ण जिम्मा लिँदै सबै पक्षहरूसँग छलफल गरेर नयाँ अध्यक्ष पदको निर्वाचनका लागि विभिन्न प्रक्रियाहरू अपनाएको थियो भने औपचारिक रूपमा २७ असोज २०७६ मा सङ्घलाई सशर्त आधारमा पुनःस्थापित गरेको थियो।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "क्यान अध्यक्षमा चतुरबहादुर चन्द, पदाधिकारीसहित सदस्यमा चन्दकै प्यानल विजयी"सेतोपाटी (नेपाली) भाषा)। १८ डिसेम्बर २०२०। 
  2. "मोन्टी देशाई राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक नियुक्त", दृष्टि न्युज (नेपालीमा), अन्तिम पहुँच २१ असोज २०७९ 
  3. "नेपाल क्रिकेट संघलाई निलम्बन गर्ने आईसीसीको निर्णय" (नेपाली) भाषा)। अनलाइन खबर। सङ्ग्रह मिति १० डिसेम्बर २०२० 
  4. "नेपाल क्रिकेट संघमाथिको निलम्बन सर्तसहित फुकुवा" (नेपाली) भाषा)। सेतोपाटी। सङ्ग्रह मिति १० डिसेम्बर २०२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]