एभरेष्ट प्रिमियर लिग
एभरेष्ट प्रमियर लिग (इपिएल) | |
---|---|
देशहरू | ![]() |
प्रशासक | इपिएल प्रालि |
ढाँचा | ट्वाण्टी-ट्वाण्टी |
पहिलो प्रतियोगिता | २०७३ |
पछिल्लो प्रतियोगिता | २०७५ |
आगामी प्रतियोगिता | २०७६ |
प्रतियोगिताको ढाँचा | राउण्ड-रोबिन र नकआउट |
टोली सङ्ख्या | ६ |
वर्तमान विजेता | ललितपुर प्याट्रियट्स |
सबैभन्दा सफल |
|
सर्वाधिक रन |
|
सर्वाधिक विकेट |
|
वेबसाइट | eplt20 |
![]() |
एभरेष्ट प्रिमियर लिग ट्वाण्टी-ट्वाण्टीमा आधारित एक व्यवसायीक नेपाली क्रिकेट लिग हो। यो प्रतियोगिता इपिएल प्रालिले सञ्चालन गर्ने गर्दछ। यो नेपालको पहिलो र ठूलो मध्येको एक क्रिकेट प्रतियोगिता हो। यो प्राय: मङ्सिर वा पुस महिनामा खेलाइन्छ। यो प्रतियोगिता राउण्ड- रोबिन ढाँचा अनुसार खेलाइने गरिएको छ जसमा उत्कृष्ट ४ वटा टोलीहरू प्ले अफमा प्रवेश गर्दछन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषदमा आवद्ध भएका राष्ट्रहरूको तुलनामा यो प्रतियोगिता घरेलु प्रतियोगिताहरूमै सबैभन्दा धेरै उपस्थिति गराउन सफल प्रतियोगिता पनि मानिएको छ। यसको प्रथम संस्करणमा ६ वटा टोलीहरूले सहभागीचा जनाएका थिए जसमा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरू समावेश थिए। हालको विजेता ललितपुर प्याट्रियट्स हो जसले एभरेष्ट प्रिमियर लिग २०७५को उपाधि हात पारेको थियो।[१]
इतिहास
[सम्पादन गर्नुहोस्]एभरेष्ट प्रमियर लिग २०७० फागुन १२ मा, होटल रेडिसनमा एक प्रेस विज्ञप्तिको आयोजना गरी अनावरण गरिएको थियो। जोहरा खेलकुद व्यवस्थापन र नेपाल क्रिकेट सङ्घले विशेष सम्झौता गरी नेपाल प्रमियर लिग ३ वर्षको लागि सुरुवात गर्ने निर्णय गरेका थिए।
२०७१ बैशाख ३० गते नेपाल क्रिकेट सङ्घका सदस्यले एक प्रेस विज्ञप्ति जारी गरी उक्त प्रतियोगिताको आयोजकको रूपमा नेपाल क्रिकेट सङ्घ निकालिएको दावी गरेका थिए। २०७३ मा, पहिलो एभरेष्ट प्रमियर लिग, त्रिवी क्रिकेट मैदानमा २०७३ असोज ८ देखि असोज १७ सम्म आयोजना गरिएको थियो[२] जसले गर्दा अधिकाङ्श नेपाल क्रिकेट सङ्घका सदस्यहरूले नेपाल प्रमियर लिगको नियमक परिषदबाट राजिनामा दिएका थिए। अध्यक्ष रहेका, टङ्क आङ्गबुहाङले भने उक्त प्रतियोगिता हुने र सबै निर्णयहरू अनौपचारिक र उनले थाहै नपाइ गरेको निर्णय रहेको बताएका थिए। २०७३ को एभरेष्ट प्रिमियर लिगको प्रायोजक सिजी फुड्स (वाई वाई) रहेको थियो।[३][४]
सहभागी टोलीहरू
[सम्पादन गर्नुहोस्]हालका टोलीहरू
[सम्पादन गर्नुहोस्]हरेक टोलीमा १५ जना खेलाडीहरू समावेश छन् जसमा १० जना खेलाडीहरू हरेक टोलीले अक्सन मार्फत भित्र्याएको हुन्छ। हरेक टोलीहरूले आफ्नो सम्बन्धित सहरहरूमा गरी प्रतिभावान खेलाडीहरूको खोजी गर्दछन् जसले गर्दा उनीहरूलाई नयाँ जवान खेलाडीको खोज गर्न मद्दत मिल्छ। त्यसैगरी, प्रत्येक टोलीमा कम्तीमा ३ जना विदेशी खेलाडीहरू समावेश गर्नु पर्छ। [५]
टोली | मालिक[६] | कप्तान | स्थापना |
---|---|---|---|
भैरहवा ग्लाडिएटर्स | आदित्य साङ्घाइ | ![]() |
२०७३ |
विराटनगर वरियर्स | विशाल अग्रवाल | ![]() |
२०७३ |
चितवन टाइगर्स | किशोर भट्टराई | ![]() |
२०७३ |
काठमाण्डौ किङ्स ११ | टेली होल्डिङ्स प्रा लि | ![]() |
२०७३ |
ललितपुर प्याट्रियट्स | किशोर महर्जन | ![]() |
२०७३ |
पोखरा राइनोज | शहिल अग्रवाल | ![]() |
२०७३ |
पहिलेका टोलीहरू
[सम्पादन गर्नुहोस्]२०७३ मा, प्रतियोगितामा टोलीहरू संयुक्त क्षेत्रमा आधारित थिए।
टोली | मालिक(हरू)[७] | कप्तान | मुख्य प्रशिक्षक | विस्थापित |
---|---|---|---|---|
विशाल वरियर्स | विशाल समूह | ![]() |
![]() |
२०७३ |
कलर्स एक्स-फ्याक्टर्स | टेलिटक प्रालि | ![]() |
![]() |
२०७३ |
जगदम्बा जाइण्ट्स | शङ्कर समूह | ![]() |
![]() |
२०७३ |
पञ्चकन्या तेज | पञ्चकन्या समूह | ![]() |
![]() |
२०७३ |
कान्तिपुर गोर्खाज | कान्तिपुर प्रकाशन | ![]() |
![]() |
२०७३ |
सगरमाथा लेजेण्डस् | घोराही सिमेण्टस् | ![]() |
![]() |
२०७३ |
प्रतियोगिताका संस्करण र नतिजा
[सम्पादन गर्नुहोस्]संस्करण | स्थान | अन्तिम खेल | संस्करणका उत्कृष्ट खेलाडी | ||
---|---|---|---|---|---|
विजेता | नतिजा | उप-विजेता | |||
२०७३ विवरण |
त्रिवी क्रिकेट मैदान, किर्तिपुर | पञ्चकन्या तेज १७१/४ (२० ओभर) |
तेजले ४० रनले खेल जितेको थियो। अङ्क |
कलर्स एक्स-फ्याक्टर्स १३१ (१७.३ ओभर) |
![]() |
२०७४ विवरण |
त्रिवी क्रिकेट मैदान, किर्तिपुर | विराटनगर वरियर्स १४९/७ (२० ओभर) |
वरियर्सले एक रनले खेल जितेको थियो। अङ्क |
भैरहवा ग्लाडिएटर्स १४८/९ (२० ओभर) |
![]() |
२०७५ विवरण |
त्रिवी क्रिकेट मैदान, किर्तिपुर | ललितपुर प्याट्रियट्स १५५ (१९.१ ओभर) |
ललितपुर प्याट्रियट्सले १४ रनले खेल जितेको थियो। अङ्क |
भैरहवा ग्लाडिएटर्स १४१/९ (२० ओभर) |
![]() |
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "एभरेष्ट प्रिमियर लिग इपीएलको उपाधि ललितपुरलाई १० फोटोमा", एनई प्लेज, अन्तिम पहुँच १६ जेठ २०७६। वेब्याक मेसिन अभिलेखिकरण ३१ मे २०१९ मिति
- ↑ ढकाल, आदर्श (१४ मे २०१४), "नेपाल क्रिकेट सङ्घ निस्काशीत", इ कान्तिपुर (काठमाण्डौ), अन्तिम पहुँच १४ मे २०१४।[स्थायी मृत कडी]
- ↑ "क्रिकेट लोक: वाई वाई एभरेष्ट प्रमियर लिग (इपिएल)", क्रिकेट लोक (काठमाण्डौ), २४ फेब्रुअरी २०१४, अन्तिम पहुँच २४ फेब्रुअरी २०१४। वेब्याक मेसिन अभिलेखिकरण २ मार्च २०१४ मिति
- ↑ "असोज देखि एभरेष्ट प्रमियर लिग", रिपब्लिका (काठमाण्डौ), २४ फेब्रुअरी २०१४, अन्तिम पहुँच २४ फेब्रुअरी २०१४।अद्यावधिक निरक पौडेलद्वारा nirakpoudel77.simdif.com
- ↑ "एभरेष्ट प्रमियर लिगको अक्सन जारी", काठमाण्डौ, १६ जेठ २०७६, अन्तिम पहुँच ११ फेब्रुअरी २०१८।
- ↑ "एभरेस्ट प्रिमियर लिगको टिम मालिक र मार्क्यु खेलाडीको घोषणा", क्रिक नेपाल (नेपालीमा), अन्तिम पहुँच १६ जेठ २०७६। वेब्याक मेसिन अभिलेखिकरण २१ मार्च २०१८ मिति
- ↑ "क्रिकेट लोक: नेपाल प्रमियर लिगका खेलाडीहरू", क्रिकेट लोक (काठमाण्डौ), १६ जेठ २०७६, अन्तिम पहुँच २४ फेब्रुअरी २०१४। वेब्याक मेसिन अभिलेखिकरण २३ सेप्टेम्बर २०१६ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- फेसबुकमा एभरेष्ट प्रिमियर लिग
- क्रिक नेपाल - एभरेष्ट प्रमियर लिग वेब्याक मेसिन अभिलेखिकरण २८ फेब्रुअरी २०१८ मिति
- एनसेल नेपाल प्रिमियर लिगको तालिका वेब्याक मेसिन अभिलेखिकरण १४ मे २०१४ मिति
- माई रिपब्लिका - नेपाल प्रिमियर लिग