शक्ति गौचन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
शक्ति गौचन
Shakti Gauchan.jpg
व्यक्तिगत जानकारी
नामशक्ति प्रसाद गौचन
जन्म (१९८४-०४-२२) २२ अप्रिल १९८४ (उमेर ३५)
रूपन्देही, नेपाल
उचाई६ फिट १ इन्च (१.८५ मी)
ब्याटिङदायाँ हाते
बलिङलेफ्ट-आर्म स्पिन
भूमिकाबलर
वेबसाइटफेसबुकमा शक्ति गौचन
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
Only ODI (cap )१ अगस्ट २०१८ v नेदरल्यान्ड
टि२०आई पदार्पण (क्याप )१६ मार्च २०१४ v हङकङ
अन्तिम टि२०आई१७ जुलाई २०१५ v पपुवा न्यू गिनी
टि२०आई जर्सी४४
घरेलू टिम जानकारी
वर्षटिम
२०११-२०१५एपिएफ (राष्ट्रिय लिग)
२०१४जगदम्बा ज्यान्टस् (एनपीएल)
२०१५न्यु होरिजन (एसपीए कप)
२०१८पोखरा राइनोज
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टी-२०I फास्ट क्लास लिस्ट ए टि-२०
म्याच २३ ३१
कुल रन १३ १५७ १५४ ३१
ब्याटिङ औसत ४.३३ ३४.२० १७.११ ६.२०
१००/५० ०/० ०/१ ०/० ०/०
सर्वोच्च स्कोर ६* ६९* ३७* १०
कुल बल १८० २५२ ९८५ ६५४
विकेट १८ ३२
बलिङ औसत २१.१२ २१.४० ३५.१६ १८.९०
एक इनिङमा ५ विकेट
एक म्याचमा १० विकेट n/a n/a n/a
उत्कृष्ट बलिङ ३/९ २/१८ २/१६ ४/२०
क्याच/स्टम्प ०/– ५/– ४/– ६/–
Source: ESPNcricinfo, 1१ अगस्ट २०१८

शक्ति गौचन (Shakti Prasad Gauchan) (पूरा नाम:- शक्ति प्रसाद गौचन) (जन्म २२ अप्रिल १९८४) एक नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्त्वपूर्ण पुर्व क्रिकेट खेलाडी हुन् । शक्ति एक अल राउन्डर क्रिकेट खेलाडी हुन् । उनी दायाँ हाते ब्याट्सम्यान हुन् भने लेफ्ट-आर्म स्पिन हुन् ।[१] उनले नेपाली राष्ट्रिय टिमका लागि ओमान विरूद्व सन् २००२ जुलाईमा डेब्यु गरेका थिए ।[२] जुलाई २०१८ मा शक्तिले नेदरल्यान्ड विरूद्वको खेल पछि अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्यासको घोषणा गरेका थिए । उनले आफ्नो पहिलो एकदिवसीय भ्रमण पश्चात्नै अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यासको घोषणा गरेका थिए ।

शक्ति नेपाली क्रिकेट इतिहासमै अन्तर्राष्ट्रिय सतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । उनले इटाली राष्ट्रिय क्रिकेट टिम विरूद्व २००५ फेब्रुअरीमा आईसीसी विश्वकप छनोट चरणको सिरिज अन्तर्गत यो उपलब्धि हात पारेका थिए । उक्त खेलमा शक्ति १०३ बलमा १०६ रन सहित अवजीत रहेका थिए ।[३]

शक्तिले २०१८ एभरेष्ट प्रिमियर लिग पछि घरेलुु क्रिकेटबाट समेट सन्यास लिएका थिए । पोखरा राइनोजबाट समूह चरणको अन्तिम खेल पछि उनले सबै खाले क्रिकेटबाट सन्यास लिएका थिए ।

खेल जीवन[सम्पादन गर्ने]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. "शक्ति गोचन". क्रिकइन्फो.
  2. "नेपाल विरूद्व ओमान खेल विवरण, एसियन कामदारको क्रिकेट काउन्सिल ट्रफि २००२ (समूह ए)". cricketarchive.com.
  3. "नेपाल विरूद्व इटाली आईसीसी विश्वकप छनोट चरणको सिरिज (समूह चरण)". cricketarchive.co.uk.

बाह्य कडीहरू[सम्पादन गर्ने]