एनसेल
![]() | |
व्यवसाय प्रकार | निजी कम्पनी |
---|---|
उद्योग | दूरसञ्चार |
स्थापित | २००४ |
केन्द्रीय कार्यालय | काठमाण्डौ |
सेवा क्षेत्र | नेपाल |
उत्पादनहरू | सिम सेवा, अतिरिक्त सेवा |
परिचालन आय | ![]() |
![]() | |
कुल सम्पत्ति | ![]() |
कुल इक्विटी | ![]() |
मूल सङ्गठन | आजीयाटा ग्रुप बेरहार्ड |
वेबसाइट | www |
एनसेल नेपालको पहिलो निजी मोबाइल दूरसञ्चार कम्पनी हो। नेपालमा स्थापना भएको यो पहिलो दूरसञ्चार कम्पनी हो जसले सार्वजनिक जिएसएम सेवाको थालनी गरेको थियो। स्थापनाकालमा यस कम्पनीको नाम मेरो मोबाइल रहेको थियो जसको स्वामित्व स्पाइस नेपाल प्राइभेट लिमिटेडसँग थियो। अक्टोबर २००८ मा स्पाइस नेपालले युरोपको प्रसिद्ध मोबाइल कम्पनी टेलिया सोनेरासँग अनुबन्ध गरेको थियो।[२] यस मोबाइल सेवालाई नेपालकै नम्बर एक मोबाइल सेवा बनाउने दिशामा यसले पुरानो नाम मेरो मोबाइललाई परिवर्तन गरेर एनसेल राखेको हो । एनसेलले नेपालमा नेपाल सेल्युलर लाई प्रदर्शित गर्दछ।[३]
सन् २०१६ अप्रिल १२ मा एनसेल आधिकारिक रूपमा मलेसियाको दूरसञ्चार समूह आजीयाटा ग्रुप बेरहाडको भाग बनेको हो।[४][५][६] यसले पहिला राज्यको स्वामित्वमा रहेको र हाल सार्वजनिक दूरसञ्चार कम्पनी नेपाल टेलिकमको एकाधिकार तोडेको थियो। १२ अप्रिल २०१६ मा, एनसेलले आधिकारिक रूपमा मलेसियाको दूरसञ्चार समूह आजीयाटा ग्रुप बेरहाडको एक अङ्श बनेको थियो।
इतिहास
एनसेल प्राइभेट लिमिटेडलाई पहिले स्पाइस नेपाल प्राइभेट लिमिटेडको नामले चिनिन्थ्यो। यस कम्पनीको स्थापना सन् २००४ मा भएको हो । नेपाल दुरसञ्चारबाट इजाजत प्राप्त यस कम्पनीले जिएसएम सेवा तर्फ प्रिपेड तथा पोस्टपेड सिम वितरण गर्ने अधिकार प्राप्त गरेको छ। यसले आफ्नो आधिकारिक तथा व्यापारिक रूपले आफ्नो सेवा सन् २००५ मा मेरो मोबाइल नामबाट सेप्टेम्बर १७ मा काठमाण्डौ उपत्यकाबाट थालेको थियो। हाल यस कम्पनीले नेपालको ७७ वटै जिल्लामा आफ्नो सेवा बिस्तार गरेको छ। यसले आफ्नो सेवा बिस्तार गर्ने सन्दर्भमा शहरी तथा ग्रामिण इलाकालाई छानेको छ। एनसेल हाल मलेसियाको आजीयाटा ग्रुप बेरहाड कम्पनीको समूहमा रहेको छ।
सेवा तथा सञ्चालन

कम्पनिले आफ्नो सुरुवाती अवस्थामा आधारभूत सुबिधाहरु जस्तै फोन गर्ने तथा मेसेज मात्र प्रदान गरेको थियो । पछि यसलाई बढाउंदै कम्पनीले एक एक गर्दै ब्ल्याक्बेरी फोन,एनसेल कनेक्ट (इन्टरनेट चलाउने डाटा कार्ड) त्यस्तै एज/जिपिआरएस,भोइस मेल जस्तै अन्य सुबिधाहरु थप गरेका छन् । नेपालको सन्दर्भमा दुरसंचार कम्पनीहरूको सुचिमा एनसेल पहिलो स्थानमा रहेको छ यसको ग्राहक संख्या लगभग १ करोड पुगिसकेको छ । एनसेलले हालसम्म १२५ देशका ४२५ दुरसंचार कम्पनीसँग सहकार्य गरी रोमिंग सेवा उपलब्ध गराएको छ ।
नेटवर्क सूचना
- ओपरेटरको नाम : एनसेल प्राइभेट लिमिटेड
- मोबाइल नेटवर्क नाम : एनसेल (४२९-०२)
- प्रविधि: जीएसएम ९००/१८००
- नेटवर्क स्थिति : चालु सेप्टेम्बर २००८
यो पनि हेर्नुहोस्
सन्दर्भ सामग्रीहरू
- ↑ १.० १.१ १.२ १.३ "Schedule-1, Unaudited Financial Reports Q4", वित्तीय विभाग, नेपाल टेलिकम। वेब्याक मेसिन अभिलेखिकरण २०१४-०८-२६ मिति
- ↑ "Ncell provides free websites to beginners", sahilshrestha11.blogspot.com, अन्तिम पहुँच ११ डिसेम्बर २०१५। वेब्याक मेसिन अभिलेखिकरण १३ नोभेम्बर २०१२ मिति
- ↑ एनसेलको बारेमा वेब्याक मेसिन अभिलेखिकरण २०१२-१०-०४ मिति
- ↑ "Facebook is now Free on Ncell" (en-USमा), अन्तिम पहुँच २०१७-०२-१५। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०२-२१ मिति
- ↑ "Ncell is now an Axiata company" (en-USमा), अन्तिम पहुँच २०१६-०४-१३।
- ↑ "Ncell rebrands second time, reflects Axiata in logo, domain name & merchandise • TechSansar.com" (en-USमा), २०१६-०८-१६, अन्तिम पहुँच २०१६-०८-१६।
बाह्य लिङ्क
- एनसेल नेपालको आधिकारिक वेवसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१४-०५-१६ मिति