दूरसञ्चार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बाभरिया, जर्मनीमा रहेको भू-उपग्रह केन्द्र

दूरसञ्चार (Telecommunications) भन्नाले कुनै संकेत, सन्देश, शब्द, लेख, तस्वीर, आवाज वा अन्य किसिमको जानकारीको तार, रेडियो, प्रकाश वा विद्युतचुम्बकीय तरङ्गको माध्यमबाट प्रसारण गरिने पद्दतिलाई बुझिन्छ।[१][२] प्रविधिको माध्यमबाट कुनै सूचना तथा जानकारीलाई प्रेषकबाट प्रापकसम्म पुर्याउने कार्य नै दूरसञ्चार हो। यस क्रममा सूचनाहरुलाई विद्युतीय रुपमा रुपान्तरण गरी भौतिक माध्यम (उदाहरण: तार) मार्फत अथवा विद्युतचुम्बकीय तरङ्गको रुपमा प्रसारित गरिन्छ।[३][४][५][६][७][८] दूरसञ्चार प्रणालीमा सूचना प्रसारणको मार्गलाई प्राय: सञ्चार च्यानलहरुमा विभाजन गरिन्छ, जसले गर्दा मल्टिप्लेक्सिङ विधिको फाइदाहरु उपभोग गरी दूरसञ्चारको प्रक्रियालाई अझै प्रभाबकारी बनाउन सकिन्छ। दूरसञ्चार (Telecommunications) शब्दको प्रादुर्भाव ल्याटिन शब्द communicatio बाट भएको हो र यसको अर्थ जानकारी आदानप्रदान गर्ने सामाजिक प्रक्रिया भन्ने हुन्छ।[९] दूरसञ्चारको शाब्दिक अर्थ लामो/टाढाको दूरीमा सम्पर्क वा सञ्चार स्थापना गर्नु भन्ने हुन्छ।


शब्दको उत्पति[सम्पादन गर्ने]

इतिहास[सम्पादन गर्ने]

परापूर्वकालमा लामो दूरीमा सञ्चार सम्पर्क स्थापना गर्न प्रकाश संकेतहरु (उदाहरण: आगो, धुँवा, झन्डा, ऐना आदि) प्रयोग गरिन्थ्यो।[१०] पूर्व-आधुनिक युगमा ध्वनि संकेतहरु (उदाहरण: बाजा, ड्रम, सिरान, सिठ्ठी आदि) मार्फत सूचना तथा जानकारीहरु प्रदान गर्न थालियो। २० औं र २१ औं शताब्दीमा भएका नयाँ नयाँ आविस्कारसंगै विद्युतीय तथा विद्युतचुम्बकीय प्रविधिको प्रयोग गरेर लामो दुरीमा सम्पर्क स्थापना गर्न सम्भव भयो। टेलिग्राफ, टेलिफोन, टेलिप्रिन्टर, रेडियो, माइक्रोवेव, अप्टिकल फाइबर, भू-उपग्रह आदि नयाँ प्रविधिमा आधारित दूरसञ्चार सेवा हुन।

२० औं शताब्दीको पहिलो दशकमा वैज्ञानिक मार्कोनीले रेडियो तरंगमार्फत दूरसञ्चार गर्न सकिने पद्दतिको विकास गरेपश्चात ताररहित दूरसञ्चारको क्षेत्रमा क्रान्तिको सुरुवात भयो। मार्कोनीले सन् १९०९ मा भौतिक शास्त्रतर्फको नोबेल पुरस्कारसमेत प्राप्त गरेका थिए। उनीलगायत अन्य विश्वप्रशिद्ध वैज्ञानिकहरु व्हिटस्टोन, मोर्स, ग्राहम बेल, आर्मस्ट्रंग आदिको अद्वितीय आविष्कार तथा योगदानले गर्दा विद्युतीय (इलेकिट्रकल) तथा इलेक्ट्रोनिक्स प्रविधिमा आधारित दूरसञ्चारको क्षेत्रमा उल्लेख्य प्रगति सम्भव भयो।

मुख्य अवधारणा[सम्पादन गर्ने]

समाज[सम्पादन गर्ने]

सरकार[सम्पादन गर्ने]

मुख्य अवधारणा[सम्पादन गर्ने]

आधुनिक सञ्चार[सम्पादन गर्ने]

प्रसारण क्षमता[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "Article 1.3", ITU Radio Regulations, International Telecommunication Union, २०१२। 
  2. Constitution and Convention of the International Telecommunication Union, Annex (Geneva, 1992)
  3. "Definition of telecommunication", Yahoo, मूलबाट १ मे २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ फेब्रुअरी २०१३ 
  4. "Telecommunication", Collins English Dictionary, अन्तिम पहुँच २८ फेब्रुअरी २०१३ 
  5. "Telecommunication", Vocabulary.com, अन्तिम पहुँच २८ फेब्रुअरी २०१३ 
  6. "Telecommunication", Merriam-Webster Dictionary, अन्तिम पहुँच २८ फेब्रुअरी २०१३ 
  7. "Telecommunication", Oxford Dictionaries, Oxford University Press, अन्तिम पहुँच २८ फेब्रुअरी २०१३ 
  8. "Telecommunication", Dictionary.com, अन्तिम पहुँच २८ फेब्रुअरी २०१३ 
  9. Huurdeman, Anton A. (31 July 2003) (enमा). The Worldwide History of Telecommunications. John Wiley & Sons. . https://books.google.com/books?id=SnjGRDVIUL4C&pg=PA3&lpg#v=onepage&q&f=false. 
  10. Websters definition: "2) technology that deals with telecommunication—usually used in plural"; Concise Encyclopedia definition: "Communication n parties at a distance from one another...."; and the Online Etymology Dictionary: "telecommunication (n.) 1932, from French télécommunication (see tele- + communication)."; and: " 1930s: from French télécommunication, from télé- 'at a distance' + communication 'communicationढाँचा:'", Oxford online.