आजीयाटा ग्रुप बेरहाड
आजीयाटा ग्रुप बेरहाड अङ्ग्रेजी: Axiata Group Berhad एउटा मलेशियन दूरसञ्चार समूह हो र यसको व्यावसाय एसिया भरि सञ्चालनमा रहेको छ ।
समूह
[सम्पादन गर्नुहोस्]आजीयाटाको मुख्य व्यवसायमा व्यावसायमा लगानी तथा दूरसञ्चार सम्बन्धी व्यवस्था तथा अन्तर्राष्ट्रिय स्तरमा परामर्श सेवा प्रदान गर्ने रहेको छ । यस समूहको मुख्य केन्द्रिकरण बढ्दो बजारमा रहेको छ जसमा धेरै कम मोबाइल ग्राहक भएका दक्षिण तथा दक्षिणपूर्वि एसियाका क्षेत्रहरू रहेको छ ।
पहिला टिएम अन्तर्राष्ट्रिय विएचडि को नाममा रहेको कम्पनीको स्थापना सन् १९९२ जुन १२ मा भएको थियो । साथै यो टेलेकोम मलेसिया विएचडिको मोवाईल तथा अन्तर्राष्ट्रिय सेवाको अंगको रूपमा रहेको थियो । टिएमआईको टिएमबाट अलग भए पश्चात यो कम्पनी सन् २००८ मा बुर्सा मलेसिया धितोपत्र बेरहाडको मुख्य बोर्डमा सूचिकृत भएको थियो । सन् २००९ अप्रिल २ मा टिएमआई ब्राण्डलाई पुनःसंरचना गरी आजीयाटाको नामबाट नयाँ लोगो सहित शुरूवात गरेको थियो । यसको नयाँ ट्यागलाईन एसियाको आधुनिकीकरण पनि सार्वजनिक गरिएको थियो । आजीयाटाको मोबाइल सेवा प्रदायकहरूमा नियन्त्रण स्वार्थ मलेसिया, इन्डोनेसिया, श्रीलङ्का, बङ्गलादेश, क्याम्बोडिया तथा हालै नेपालमा रहेको छ ।
सहायक लगानीहरू
[सम्पादन गर्नुहोस्]समूहले सन् २०१६ मा आफ्नो वेभसाइट मार्फत एसिया भरि आफ्नो ३० करोड ग्राहकहरू रहेको तथा समूहको कुल राजस्व सन् २०१५ मा मलेशियन रियाल १९.९ अर्व रहेको सार्वजनिक गरेको थियो ।[१] यसको साथै कम्पनीले १० देशहरूमा २५००० भन्दा बढी व्यक्तिहरूलाई रोजगार दिएको समेत उल्लेख गरेको थिए ।
आजीयाटाको मोबाइलको सहायक कम्पनी तथा सम्बन्धी कम्पनीहरू मलेशियामा सेलकम, इन्डोनेसियामा एक्सएल, श्रीलङ्कामा डायलग, बङ्गलादेशमा रोबि, क्याम्बोडियामा स्मार्ट, इन्डियामा आइडिया, नेपालमा एनसेल[२]) तथा सिंगापूरामा एमएनको ब्राण्डमा सञ्चालनमा रहेको छ ।
देश | ब्राण्ड | स्वामित्व | |
---|---|---|---|
बङ्गलादेश | रोबि | 68.7%% | |
कम्बोडिया | स्मार्ट | 100% | |
भारत | आईडिया | 19.96% | |
नेपाल | एनसेल | 80% | [३] |
इन्डोनेसिया | एक्सिस | Unknown | |
इन्डोनेसिया | एक्सएल | 66.55% | |
मलेसिया | सेलकम | 100% | |
पाकिस्तान | मल्टिनेट | 89.00% | |
सिङ्गापुर | एमवन | 29.12% | |
श्रीलङ्का | डायलग | 83.32% |
एनसेल
[सम्पादन गर्नुहोस्]एनसेल (अङ्ग्रेजी: Ncell) नेपालको निजी मोबाइल दूरसञ्चार कम्पनी हो । नेपालमा स्थापना भएको यो पहिलो दूरसञ्चार कम्पनी हो जसले सार्वजनिक जिएसएम सेवाको थालनी गरेको थियो । स्थापनाकालमा यस कम्पनीको नाम मेरो मोबाइल रहेको थियो जसको स्वामित्व स्पाइस नेपाल प्राइभेट लिमिटेडसँग थियो । अक्टोबर २००८ मा स्पाइस नेपालले युरोपको प्रसिद्ध मोबाइल कम्पनी टेलिया सोनेरासँग अनुबन्ध गर्यो ।[४] यस मोबाइल सेवालाई नेपालकै नम्बर एक मोबाइल सेवा बनाउने दिशामा यसले पुरानो नाम मेरो मोबाइललाई परिवर्तन गरेर एनसेल राखेको हो । एनसेलले नेपालमा नेपाल सेल्युलर लाई प्रदर्शित गर्दछ ।[५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Axiata, "Axiata Group – One of Asia’s largest telecommunications groups", axiata.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०१-१८। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०३-२२ मिति
- ↑ "TeliaSonera quits nepal, Ncell sold to Malaysian Telco group Axiata for 1.03Bil USD • TechSansar.com", TechSansar.com (en-USमा), https://google.com/+TechSansar, अन्तिम पहुँच २०१५-१२-२१। वेब्याक मेसिन अभिलेखिकरण २०१५-१२-२२ मिति
- ↑ "You are being redirected...", thehimalayantimes.com, अन्तिम पहुँच २०१७-०६-२३।
- ↑ "Ncell provides free websites to beginners", sahilshrestha11.blogspot.com, अन्तिम पहुँच ११ डिसेम्बर २०१५। वेब्याक मेसिन अभिलेखिकरण १३ नोभेम्बर २०१२ मिति
- ↑ About Ncell वेब्याक मेसिन अभिलेखिकरण २०१२-१०-०४ मिति