सामग्रीमा जानुहोस्

मोबाइल फोन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोबाइल फोन
mob
२००० ई॰ देखि बजारमा उपलब्ध भएका विभिन्न प्रकारका मोबाइलहरू।
खोजकर्तामार्टीन कूपर
प्रारम्भिक वर्ष१९७३
कम्पनीमोटोरोला
उपलब्धवैश्विक

मोबाइल फोन एउटा सानो यन्त्र (Device)को नाम हो जुन एउटा दूरसञ्चारको माध्यम हो। यो यन्त्रको मद्दतले हामी कुनै पनि ब्यक्ति सँग टाढा होस् वा नजीक, देशमा होस् वा बिदेशमा एकै क्षणमा अङ्क (Number) थिचेर (Dial गरेर) एक अर्का सँग कुरा गर्न सक्छौं। यस यन्त्रको सहायताले हामी मात्र कुरा होईन अरु पनि कयौँ काम एकै क्षणमा गर्न सक्छौँ। हामी यसको सहायताले सन्देशहरू पनि आदान-प्रदान गर्न सक्छौँ। मोबाइल फोन रेडियो तरङ्ग प्रयोग गरेर बिटिएस(BTS)सँग सम्पर्क गर्दछन्। यसकालागि मोबाइल फोन(मोवाइल टर्मिनल)ले दुई फ्रिक्वेन्सी प्रयोग गर्ने गर्दछन्।


मोबाइल आजको आवश्यकता हो र यो सञ्चारको निमित फाईदाजनक साधन साबित भएको छ। मोबाइलले बार्तालाप प्रक्रियामा मात्र नभएर धेरैको लागि आयस्रोतको एउटा माध्यम बन्न सफल भएको छ।