बिटिएस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बिटिएस/ बाङ्तान सोन्योन्दान
‘LG Q7 BTS 에디션’ 예약 판매 시작 (42773472410) (cropped).jpg
सन् २०१८ मा बिटिएस
दायाँबाट घडीको दिशामा,: किम ते-ह्यङ, जङ हो-सक, किम नाम-जुन, जिन, जिमिन, जङ्गो, र सुगा
व्यक्तिगत विवरण
उपनाम
  • बाङ्तान ब्वाइज
  • बाङ्तान सोन्योन्दान
  • बियोन्ड द सिन
  • बुलेटप्रुफ ब्वाई स्काउट्स
उत्पत्तिसउल, दक्षिण कोरिया
किसिम
सक्रिय वर्ष२०१३ (2013)–हाल
लेबल
सहयोगीसरा लारसन[३]
वेबसाइटbts.ibighit.com
सदस्यहरू

बिटिएस (कोरियाली: 방탄소년단), (मुल उच्चारण:बाङ्तान सोन्योन्दान), एक सात सदस्यीय दक्षिण कोरियाली युवा साङ्गीतिक समूह हो जसको गठन सन् २०१० मा भएको थियो भने यसको आधिकारिक रूपमा प्रदापण सन् २०१३ मा भएको थियो।[४][५] यस सात सदस्यीय समूहले आफ्ना गीत तथा उत्पादनहरू संयुक्त रूपमा निर्माण गर्दछन्। मूल रूपमा हिपहप समूहको रूपमा चिनिएको यस साङ्गीतिक समूहले, तिनीहरूको सङ्गीत शैलीको विधालाई विस्तृत शृङ्खला समावेश गरेको छ। तिनीहरूको गीतहरू प्रायः व्यक्तिगत तथा सामाजिक टिप्पणी, मानसिक स्वास्थ्यको विषयवस्तु, विद्यालय-उमेर युवाको समस्या, नोक्सानी, प्रेम तिरको यात्रा, र व्यक्तित्ववाद केन्द्रित हुन्छ।[६] समूहको कार्यले साहित्य र मनोवैज्ञानिक अवधारणाको सन्दर्भ प्रस्तुत गर्दछ। हालसम्म समूहले धेरै विश्व भ्रमणहरू गरिसकेको छ।

समूह सुरुमा बिग हिट मनोरन्जन नामक रेकर्ड लेबल अन्तर्गत युवा साङ्गीतिक समूहको रूपमा गठन भएको थियो र समूहले उनीहरूको पहिलो गिती सङ्ग्रह, टु कुल फोर स्कुल सन् २०१३ मा जारी गरेको थियो।[७][८] त्यसपछिको कार्यहरू जस्तै उनीहरूको पहिलो अमेरिकी बिलबोर्ड २०० प्रविष्टिहरूमा द मोस्ट ब्युटिफुल मोमेन्ट इन लाइफ (अनुवादित शीर्षक: जीवनमा सबैभन्दा सुन्दर क्षण) भाग २ (सन् २०१५), द मोस्ट ब्युटिफुल मोमेन्ट इन लाइफ: योङ फरएभर (सन् २०१६), र बिङ्ग्स (सन् २०१६) समावेश छ जसले सामाजिक रूपमा बिटिएसको प्रतिष्ठा स्थापना गर्न मद्दत गरेको थियो। समूहले सन् २०१६ मा जारी गरेको गिती सङ्ग्रह विङ्ग्स, दक्षिण कोरियामा १० लाख भन्दा बढी पटक बिक्री भएको थियो। [९] सन् २०१७ सम्ममा, बिटिएसले कोरियाली अन्तर्राष्ट्रिय लोकप्रिय नेतृत्व गर्दै, अन्तर्राष्ट्रिय सङ्गीत बजारमा प्रवेश गरेको थियो। समूहले संयुक्त राज्य अमेरिकामा असङ्ख्य बिक्री किर्तिमानहरू तोड्दै, अमेरिकाको रेकर्डिङ उद्योग सङ्घबाट एक प्रमाणपत्र प्राप्त गर्ने पहिलो कोरियाली समूह बनेको थियो।

समूहको गिती सङ्ग्रह लभ योरसेल्फः टियर (सन् २०१८) बिलबोर्ड २००को शीर्ष स्थान प्राप्त गर्ने पहिलो कोरियाली प्रस्तुती हो।[१०] उक्त साङ्गीतिक तालिकाको शीर्ष स्थानमा पर्न सफल गिती सङ्ग्रहहरूमा लभ योरसेल्फ: एन्सर्स (सन् २०१८), म्याप अफ द सोल: पर्सोना (सन् २०१९) र म्याप अफ द सोल: ७ (सन् २०२०) समावेश छ जसले गर्दा २ वर्षकन्ह अन्तरालमै समूह बेलायती साङ्गीतिक समूह द बिटल्स पछि द्रुत रूपमा आफ्ना प्रस्तुतिहरू तालिकामा प्रविष्ट गराउन सफल भएको छ।लभ योरसेल्फ: एन्सर्सले, दक्षिण कोरियाको गाओन गिती सङ्ग्रह तालिकाको सबै समयको मासिक किर्तिमान भङ्ग गर्न सफल भएको थियो जहाँ यस भन्दा अगाडि लभ योरसेल्फ: टियरले किर्तिमानी कायम गरेको थियो। यो प्रस्तुति संयुक्त राज्य अमेरिका प्लेटिनम प्रमाणित हुने पहिलो कोरियाली गिती सङ्ग्रह थियो।[११]

गाओन सङ्गीत तालिकामा आफ्नो २ करोड भन्दा बढी प्रस्तुतिहरू बिक्री गर्दै, बिटिएस दक्षिण कोरियाली इतिहास मै सर्वाधिक बिक्री गराउन सफल समूह हो र उनीहरूको गिती सङ्ग्रह र म्याप अफ सोल: ७ दक्षिण कोरियामा सर्वाधिक धेरै बिक्री भएको प्रस्तुति हो।[१२][१३] सन् २०१८ मा, विश्वव्यापी कलाकार तालिकामा अन्तर्राष्ट्रिय ध्वन्यात्मक उद्योग सङ्घको अनुसार बिटिएस दोस्रो धेरै बिक्री गराउन सफल उत्पादनहरू प्रस्तुत गर्ने समूह हो भने यस समूह उक्त तालिकामा प्रवेश हुन सफल गैर-अङ्ग्रेजी भाषी कलाकार समेत हो। समूहले शीर्ष सामाजिक कलाकारको रूपमा लगातार तीन वर्ष र २६औँ बिलबोर्ड सङ्गीत पुरस्कारमा शीर्ष जोडी / समूहको रूपमा पुरस्कार हात परिसकेको छ। [१४]समूहलाई टाइमको अन्तर्राष्ट्रिय संस्करणको आवरणमा "अर्को पुस्ताको नेता" को रूपमा चित्रित गरिएको थियो भने बिटिएस उक्त पत्रिकाकामा २५ सबैभन्दा प्रभावशाली इन्टरनेट व्यक्तित्वको रूपमा (सन् २०१७–२०१९) मा देखा परेको थियो र यस समूह टाइमको विश्वका १०० प्रभावशाली व्यक्तिहरू (सन् २०१९) मा सूचीकृत भएको थियो[१५] जसले गर्दा समूहले "पपको राजकुमार"को संज्ञा प्राप्त गर्न सफल भएको थियो। फोर्ब्सको कोरियाली संस्करणले बिटिएसलाई सर्वाधिक प्रभावशाली हस्तिहरूको रूपमा सन् २०१८ र सन् २०२० मा, नामकरण गरेको थियो र बिटिएसले फोर्ब्सको प्रभावशाली १०० हस्तिहरूको सूचीमा सर्वाधिक कमाइ गर्ने कलाकारको रूपमा ४३औँ स्थान प्राप्त गरेको थियो। बिटिएस सन् २०१० को बिलबोर्डको शीर्ष सामाजिक कलाकारको रूपमा चौथो स्थानमा सूचीकृत भएको थियो र उक्त सूचीमा साङ्गीतिक समूहको रूपमा मात्र बिटिएस रहेको थियो। उनीहरूको लभ योरसेल्फ विश्व भ्रमणको क्रममा, बिटिएसको प्रस्तुति पहिलो एसियाली र पहिलो गैर अङ्ग्रेजी भाषी प्रस्तुति बन्न सफल भएको थियो जहाँ समूहले रोज बल रङ्गशालाको इतिहासमै सबैभन्दा बढी कमाई गर्ने सङ्लग्नताको लागि किर्तिमानी तोड्न सफल भएको थियो।[१६] बिलबोर्डले बिटिएसलाई शीर्ष भ्रमण कलाकारको रूपमा ४५औँ स्थानमा राखेको थियो। सन् २०१९ सम्ममा, बिटिएसले दक्षिण कोरियाको अर्थव्यवस्थाको लागि ४.६५ अर्ब अमेरिकी डलर भन्दा बढीको कमाइ गर्ने विश्वास गरिएको जुन देशको कुल ग्राहस्थ उत्पादनको ०.३ प्रतिशत हो। बिटिएसले दक्षिण कोरिया भ्रमण गर्ने प्रत्येक १३ विदेशी पर्यटक मध्ये एकलाई आकर्षित गर्ने बताइएको छ र सन् २०१८ मा विश्वव्यापी सङ्गीत बिक्रीलाई १९ अर्ब अमेरिकी डलरमा बढावा दिने एउटा प्रमुख कार्यको रूपमा उद्धृत गरिएको थियो।[१७][१८]

युनिसेफको साझेदारीमा उनीहरूको लभ माईसेल्फ हिंसा विरोधी अभियानको स्थापना पछि, बिटिएसले संयुक्त राष्ट्रको ७३औँ महासभालाई सम्बोधन गरेका थिए र बिटिएसले कोरियाली भाषा र संस्कृति फैलाएकोमा उनीहरूले दिएको योगदानका कारण दक्षिण कोरियाका राष्ट्रपतिबाट सबैभन्दा कम उमेरको सम्मान प्राप्त गरेका थिए।[१९]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "シングル「血、汗、涙」を5月10日にリリース!"BTS 유니버설 뮤직 재팬 페이지। 유니버설 뮤직 그룹। मार्च २३, २०१७। सङ्ग्रह मिति मार्च २४, २०१७ 
  2. "방탄소년단(Bts), 아이스크림 Cf 모델 계약체결…"무더위도 잊게 만들 매력""방탄소년단। अगस्ट २५, २०१८। सङ्ग्रह मिति अगस्ट २५, २०१८ 
  3. Herman, Tamar (जुन १४, २०१९), "BTS' J-Hope & V Usher In 'A Brand New Day' In Collab with Zara Larsson: Stream It Now", बिलबोर्ड , मूलबाट जुन १४, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ३१, २०१९ 
  4. 이승연 (२०१७-१२-१३)। "방.알.못(방탄소년단을 알지 못하는)을 위한 가이드 : 키워드로 보는 15문15답"매일경제। सङ्ग्रह मिति २०१७-१२-२० 
  5. 뉴시스 (२०१७-११-२९)। "요즘 'BTS' 모르면 스튜핏...'방탄소년단' 전격 해부"이재훈। सङ्ग्रह मिति २०१७-१२-११ 
  6. 조이뉴스24 (२०१७-११-२०)। "방탄소년단, 美 'AMAs' 입성 "믿기지 않는다""이미영। सङ्ग्रह मिति २०१८-०२-२८ 
  7. 스포츠서울 (२०१७-०७-०५)। "방탄소년단, 새 BI Beyond The Scene 공개…"끊임없이 성장하는 청춘""홍승한। सङ्ग्रह मिति २०१७-१२-१६ 
  8. 앳스타일 (२०१७-१२-२९)। "'월드와이드 스타'로 거듭난 BTS의 여정을 되짚었다."서하영। सङ्ग्रह मिति २०१७-१२-२९ 
  9. 추영준 (२०१७-११-२३)। "[기획] 방탄소년단을 글로벌 시대에 맞게 우리도 'BTS'로…"세계일보। सङ्ग्रह मिति २०१७-१२-१६ 
  10. 스포츠경향 (२०१७-१२-११)। "[편파적인 콘썰리뷰] 방탄소년단과 팬덤 '아미', 그 강력한 결속을 탐구하다"하경헌। सङ्ग्रह मिति २०१७-१२-१६ 
  11. 김향미 (२०१७-११-२४)। "[방탄소년단, K팝 새 역사 쓰다]BTS 성공비결은 C·M·F"경향신문। सङ्ग्रह मिति २०१७-१२-११ 
  12. 홍승한 (२०१७-०७-०५)। "방탄소년단, 새 BI Beyond The Scene 공개…"끊임없이 성장하는 청춘""스포츠서울। सङ्ग्रह मिति २०१७-१२-१६ 
  13. "'월드와이드 스타'로 거듭난 BTS의 여정을 되짚었다."서하영। 앳스타일। २०१७-१२-२९। सङ्ग्रह मिति २०१७-१२-२९ 
  14. "BTS Named One Of "The 25 Most Influential People On The Internet" By Time Magazine"Soompi (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति २०१७-०७-०२ 
  15. "BTS Becomes Most-Viewed K-Pop Group On YouTube"Soompi (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति २०१७-०४-२१ 
  16. ibighit (२०१७-०७-०४)। "BTS (방탄소년단) LOGO ANIMATION"। सङ्ग्रह मिति २०१७-०७-०५ 
  17. Katharina Graça Peters, DER SPIEGEL (२०२०-०२-२३)। "BTS: Was ist das Geheimnis der Superstars aus Südkorea - DER SPIEGEL - Kultur" (जर्मनेली भाषा)। 
  18. Dee Lockett (२०१८-१०-१८)। "BTS Renews Contract With Management Company, Will Be Here Forever" (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति २०२०-०४-११ 
  19. "BTS lance une campagne avec l'UNICEF pour la protection des enfants – K-GEN"k-gen.fr। सङ्ग्रह मिति २०१९-११-०४ 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]

ढाँचा:बिटिएस