स्मार्ट सेल
स्वरूप
व्यवसाय प्रकार | निजी कम्पनी |
---|---|
स्थापित | १ जुलाई २००८ |
केन्द्रीय कार्यालय | ललितपुर , नेपाल |
उत्पादनहरू | मोबाइल टेलिफोन सेवा, जिएसएम, जिपिआरएस, फोरजी एलटिइ |
सेवाहरू | मोबाइल टेलिफोन सेवा, र निश्चित-लाइन इन्टरनेट सेवा |
वेबसाइट | स्मार्टतेल.कम.एनपी |
स्मार्ट सेल नेपालको तेस्रो ठुलो निजी मोबाइल दूरसञ्चार कम्पनी हो।[१] यसको स्थापना १ जुलाई २००८ मा भएको थियो । डिसेम्बर २०१८ सम्म, यसले नेपालका ४५ जिल्लाहरूमा सेवा प्रदान गर्दछ।[२] यसले सम्पूर्ण नेपालमा सेवा दिने उद्देश्यसँग आफ्नो सञ्जालको विस्तार गरिरहेको छ। २८ अक्टोबर, २०१७ मा कम्पनीले काठमाडौँ, ललितपुर, भक्तपुर, पोखरामा आफ्नो फोरजी सेवा सञ्चालनमा ल्याएको थियो।[३] अगस्ट २४ मा, स्मार्ट सेललाई "स्मार्ट"मा पुनर्गठन गरिएको थियो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्मार्ट टेलिकम - हाम्रो बारेमा", स्मार्ट टेल डटकम डट एनपी, स्मार्ट टेलिकम प्रा लि, अन्तिम पहुँच २९ डिसेम्बर २०१६। वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-०३ मिति
- ↑ "स्मार्ट टेलिकमको सेवा क्षेत्र", स्मार्ट टेल डटकम डट एनपी, स्मार्ट टेलिकम प्रा लि, अन्तिम पहुँच २९ डिसेम्बर २१६। वेब्याक मेसिन अभिलेखिकरण २०१७-१०-०५ मिति
- ↑ "ग्याजेड बाइट नेपाल", ग्याजेड बाइट नेपाल डटकम, ग्याजेड बाइट नेपाल, अन्तिम पहुँच ९ डिसेम्बर २०१७।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१७-१०-२४ मिति