नेपाल टेलिकम

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
नेपाल टेलिकम
Centre
नाम नेपाल टेलिकम
प्रकार सरकारी कम्पनी
उद्योग दूरसञ्चार
स्थापित वर्ष २०३२
संस्थापक नेपाल सरकार
मुख्यालय काठमाण्डौ
सेवा क्षेत्र नेपाल
उत्पादन

मोवाइल सेवा
ल्याण्डलाईन सेवा
सिडीएमए सेवा

जी पी आर एस सेवा
अतिरिक्त सेवा
इन्टरनेट तथा ब्रोडब्याण्ड सेवा
चालु पुँजी २२ अर्ब
कर्मचारी ७५००
वेबसाईट ntc.net.np


नेपाल टेलिकम (अंग्रेजी: Nepal Telecom) सरकारी स्वामित्त्वमा रहेको दूरसञ्चार सेवा प्रदायक कम्पनी हो। यसको स्थापना २०३२ सालमा नेपाल दूरसञ्चार संस्थानको रूपमा भएता पनि २०६० माघ २२ गते यो नेपाल दूरसञ्चार कम्पनीको रूपमा दर्ता भएको हो। २०६१ बैशाख देखि यसलाई नेपाल टेलिकम भन्न थालिएको हो। यसले देशभरमा पि.एस.टी.एन., सिडीएमए, लगायतका आधारभूत टेलिफोन र जिएसएम र सिडीएमए जस्ता मोवाइल सेवा प्रदान गर्ने गरेको छ। टेलिकमले इन्टरनेट सेवामा डायल-अप आइएसडीएन लिज्ड एडीएसएल इन्टरनेट र स्काई डाटा मार्फत वायरलेस इन्टरनेट प्रदान गर्ने गर्दछ। ब्याङ्क तथा विभिन्न निकायहरूलाई तथ्याङ्क आदान प्रदान गर्न लिज्ड सर्किटको सेवा समेत टेलिकमले दिने गर्दछ। २०६४ फागुनमा सर्वसाधारणका लागि पनि शेयर बिक्री गर्न खुला गरेको यो कम्पनीको जारी पूँजी १५ अर्ब तथा चालू पूँजी २२ अर्ब रूपैयाँ रहेको छ। यस कम्पनीमा हाल करिव ७ हजार ५ सय कर्मचारी कार्यरत छन् जसमध्ये करीब २ हजार इन्जिनियरहरू छन्।

विकासक्रम[सम्पादन गर्ने]

वि.सं. १९७०मा काठमाडौंमा म्याग्नेटो सिस्टमको स्थापना भई नेपालमा दूरसञ्चार सेवाको थालनी हो। अत्यन्तै सीमित भागमा शुरु गरिएको यो सेवा नै दूरसञ्चार सेवा विस्तारको पहिलो खुड्किलो हो। वि.सं. १९७१मा काठमाडौँ र रक्सौलबीच ओपन वायर लाईनको स्थापना भएपछि पहिलो चोटी ट्रंक टेलिफोन सेवाको शुरुवात भएको हो। वि.सं. १९९१मा टेलिफोन हेड अफिस कार्यालयको स्थापना थियो। वि.सं. १९९२मा काठमाडौँमा २५ लाईनको अटोमेटिक टेलिफोन एक्सचेन्जको स्थापना भएपछि देशमा स्थानीय टेलीफोन सेवाको श्रीगणेश भयो। यसबाट मात्र सार्वजनिक रूपमा टेलिफोन सेवा उपलब्ध भएको मान्नुपर्छ। श्री ३ मोहन शमशेरका पालामा वि.सं. २००५ सालमा नेपालमा मोहन आकाशवाणी नामले आकाशवाणी सेवा शुरु भएको हो। यसको कार्यालयलाई आकाशवाणी हेड अफिस भनिन्थ्यो। सेवाको शुरुवात २००७ सालमा प्रजातन्त्रको उदय भएपछि देशका ६ वटा मुख्य स्थानहरूमा एच.एफ.उपकरण स्थापना भएपछि भएको हो। २०१६ सालमा तत्कालिक टेलिफोन हेड अफिस र आकाशवाणी हेड अफिसलाई एकै ठाउँमा गाभी निर्माण, यातायात र सञ्चार मन्त्रालयअन्तर्गत दूरसञ्चार विभागको स्थापना भएको थियो। यस विभागलाई २०२६ साल कात्तिक १ गते दूरसञ्चार समितिमा परिणत गरिएको थियो। राष्ट्रिय एकताको सुदृढीकरण तथा सन्तुलित आर्थिक विकासको निमित्त आवश्यक पूर्वाधार तयार गर्नुका साथै उपलब्ध दूरसञ्चार सेवा सर्वसाधारणमा सरल, सुगम एवं सुपथरूपमा अधिराज्यका दुर्गम स्थानमा समेत उपलब्ध गराउने उद्देश्य लिई सञ्चार संस्थान ऐन, २०२८ अन्र्तगत नेपाल दूर सञ्चार संस्थानको स्थापना २०३२ साल असार १ गते भएको थियो। यस संस्थानलाई नेपाल सरकार -तत्कालिन श्री ५को सरकार-को पूर्ण स्वामित्वमा राखिएको थियो।[१]

वित्तीय अवस्था[सम्पादन गर्ने]

नेपाल टेलिकमको वित्तीय अवस्था निम्नानुसारको रहेको छ । [२]

अवधि कारोबार (रू) कर अघिको नाफा/नोक्सान (रू) खुद नाफा/नोक्सान (रू) बेसिक ईपिएस (रू)
आषाढ मसान्त २०७१ ३९,२६८,४१६,६६८ १५,५९९,१९६,८२० ११,६८१,१५२,८६० ७७.८७
आषाढ मसान्त २०७० ३८,८५८,२६०,९७९ १५,१३१,०३२,५६५ ११,२९९,१७५,९९७ ७५.३३
आषाढ मसान्त २०६९ ३६,७९१,८२०,२०६ १५,६१७,१८९,०१२ ११,६०५,२६९,५८२ ७७.३७
आषाढ मसान्त २०६८ ३१,९३२,१७७,५८९ १६,३८९,६३९,३६४ १२,१२०,२९८,७९४ ८०.८०
आषाढ मसान्त २०६७ २७,१६२,३०३,३१४ १४,४४१,०९५,२०८ १०,७७५,१५४,४६४ ७१.८३


कम्पनीका अन्तर्गत कार्यालयहरू

निर्देशनालय

कम्पनी सचिवालय, केन्द्रीय कार्यालय,

दूरसञ्चार तालीम केन्द्र, बबरमहल,

मोवाइल सेवा निर्देशनालय, पुल्चोक,

वायरलेस सेवा निर्देशनालय, छाउनी,

सूचना प्रविधि निर्देशनालय, जावलाखेल,

स्याटेलाईट सेवा निर्देशनालय, त्रिपुरेश्वर,

काठमाडौं क्षेत्रीय निर्देशनालय, सुन्धारा - अन्तर्गतका ४० दूरसञ्चार कार्यालयहरू

पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय, विराटनगर - अन्तर्गतका ५६ दूरसञ्चार कार्यालयहरू

मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय, बीरगञ्ज - अन्तर्गतका ४३ दूरसञ्चार कार्यालयहरू

पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, भैरहवा - अन्तर्गतका ४० दूरसञ्चार कार्यालयहरू

मध्य पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, नेपालगञ्ज - अन्तर्गतका ३२ दूरसञ्चार कार्यालयहरू

सुदुर पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, धनगढी - अन्तर्गतका २४ दूरसञ्चार कार्यालयहरू

केन्द्रीय कार्यालयस्थित विभाग

अर्थ विभाग,

आर्थिक योजना तथा व्यवस्थापन विभाग,

आलेप तथा निरिक्षण विभाग,

जनशक्ति व्यवस्थापन विभाग,

ट्रान्समिसन योजना विभाग,

पदपूर्ति सचिवालय,

मर्मत सम्भार तथा सञ्चालन विभाग,

मेटेरियल म्यानेजमेन्ट विभाग,

राजश्व विभाग, लेखा विभाग,

विकास विभाग,

व्यापार व्यवस्थापन विभाग,

सिभिल विभाग,

स्वीचिङ योजना विभाग

अन्य विभाग

अन्तर्राष्ट्रिय सेवा विभाग, त्रिपुरेश्वर,

अप्टिकल नेटवर्क आयोजना विभाग, बबरमहल,

एक्सेस नेटवर्क विभाग, छाउनी,

ट्रान्समिसन विभाग, त्रिपुरेश्वर,

नेटवर्क आयोजना कार्यान्वयन विभाग,

कुपण्डोल, पावर विभाग, छाउनी,

स्वीचिङ योजना कार्यान्वयन विभाग, कुपण्डोल,

स्वीचिङ् मर्मत विभाग, जावलाखेल

सेवाहरू[सम्पादन गर्ने]

नेपाल टेलिकमले हाल निम्नानुसारका मुख्य सेवा तथा त्यसमा आधारित भ्यालु एडेड सर्भिस हरू उपलब्ध गराउँदै आएको छ।

स्थानीय टेलिफोन (landline telephone) सेवा यस अन्तरगत

लोकल टेलिफोन, अन्तरदेशीय ट्रंक र अन्तर्राष्ट्रिय ट्रंक टेलिफोन/फ्याक्स सेवा

एडीएसएल इन्टरनेट सेवा

नोटिसबोर्ड सेवा आदि

जीएस एम मोवाइल सेवा

थ्री जी इन्टरनेट/भिडियो कल जीपीआरएस इन्टरनेट

सिडीएमए मोवाइल सेवा

सिडीएमए फिक्स्ड फोन

सिडीएमए इभीडीओ सेवा

इन्टरनेट लिज लाईन

इन्ट्रानेट लिज लाईन

हरेक वर्ष माघ २२ गते नेपाल टेलिकमले आफ्नो बार्षिकोत्सव मनाउने गर्दछ।

स्रोत[सम्पादन गर्ने]

  1. Nepal Telecom Annual Report, 2065
  2. NT Annual Report