नागरिक लगानी कोष

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नागरिक लगानी कोष
व्यवसाय प्रकार
सरकारी सार्वजनिक कम्पनि
व्यावसायिक रूपनेपाल स्टक एक्सचेन्ज: CIT
उद्योग
स्थापितवि.सं. २०४७ चैत्र ४ गते
स्थापनाकर्ताहरूनागरिक लगानी कोष ऐन, २०४७
केन्द्रीय कार्यालयकाठमाडौँ,
नेपाल
सेवा क्षेत्र
नेपाल
मुख्य व्यक्ति
सेवाहरू
राजश्ववृद्धि ५९.५ करोड रुपैयाँ (सन् २०१८)
परिचालन आय
वृद्धि ३९.९ करोड रुपैयाँ (सन् २०१८)
वृद्धि १६.५७ करोड रुपैयाँ (सन् २०१८)
कुल सम्पत्तिवृद्धि ८४.४ करोड रुपैयाँ (सन् २०१८)
कुल इक्विटीवृद्धि ८२.७१ करोड रुपैयाँ (सन् २०१८)
वेबसाइटnlk.org.np

नागरिक लगानी कोषको स्थापना आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गरी पूँजी वृद्धिका साथ साथै लगानीका अवसरहरू बढाउन तथा पुँजी बजारको विकासमा गतिशीलता ल्याउने प्रमुख उद्देश्य राखेर भएको थियो। यो नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कोष हो। नेपाल सरकारको समेत लगानीमा नागरिक लगानी कोष ऐन, २०४७ अनुसार वि.सं. २०४७ चैत्र ४ गते स्थापना भई वि. सं. २०४८ माघ १ गते देखि कोषले औपचारिक रूपमा कारोबार सञ्चालनमा ल्याएको हो।[३] उक्त उद्देश्य प्राप्तीका लागि कोषले सर्वसाधारण, विभिन्न संगठीत सङ्घ–संस्थामा कार्यरत कर्मचारी, कामदार तथा सङ्गठीत सङ्घ–संस्थाहरूबाट समेत विभिन्न कार्यक्रम अन्तर्गत बचत सङ्कलन गरी त्यसरी संकलित बचत रकमलाई दक्ष र व्यावसायिक ढङ्गबाट लगानी प्रबन्ध गर्दै आएको छ।
कोषले केन्द्रीय कार्यालय काठमाडौँ सहित शाखा कार्यालयहरू पोखराविराटनगरबाट समेत सेवा प्रदान गरिरहेको छ।

कोषको शेयरको चुक्ता पुँजी २०७८ चैतसम्ममा ३ अर्ब २७ करोड रूपैयाँ पुगेकाे थियो। कोषले पूँजी बजार सम्बन्धी मर्चेन्ट बैङ्करको रूपमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य, शेयर रजिष्ट्रारको कार्य र धितोपत्र प्रत्याभुतिको कार्य गर्दै आएको छ। साथै विदेश स्थित नेपाली नागरिकहरूबाट समेत विविध प्रकारका बचत कार्यक्रम मार्फत बचत सङ्कलन गर्न सक्ने कोषको ऐनमा भएको प्रावधान अनुसार कोषले कार्यक्रमहरू विस्तार गरिरहेको छ।[४]

कोषका त्रिकोणीय व्यावसायिक खम्बाहरू[सम्पादन गर्नुहोस्]

वचत कार्यक्रम[सम्पादन गर्नुहोस्]

  • विभिन्न किसिमका योजनाहरु : कर्मचारी बचत बृद्धि अवकाश कोष, उपदान तथा पेन्सन कोष, वीमा कोष आदिको माध्यमबाट लामो अवधिको बचत सङ्कलन गर्ने ।
  • नागरिक एकांक योजनाको माध्यमबाट देश भित्रका र देश बाहिरका लगानीकर्ताहरूबाट बचत वृद्धि कार्यक्रम संचालनमा ल्याउने ।
  • लगानीकर्ताहरूको खाता संचालनको माध्यमबाट बचत सङ्कलन गर्ने ।

लगानी व्यवस्थापन[सम्पादन गर्नुहोस्]

  • संगठीत संस्थाको शेयर, ऋणपत्र तथा सरकारी धितोपत्रमा लगानी गर्ने ।
  • शेयर खरीद गर्नका लागि कर्जा प्रवाह गर्ने ।
  • संगठीत संस्थाहरूलाई निश्चित अवधिको ऋण आवश्यक भएमा वित्तीय सहयोग प्रदान गर्ने ।
  • ग्राहकहरूको लागि आवश्यक आवास कर्जा, शैक्षिक कर्जा तथा सरल कर्जा उपलब्ध गराउने ।
  • बचतबाट प्राप्त रकमलाई उपयुक्त पोर्टफोलियो बनाई उच्च प्रतिफल प्राप्त हुने गरी लगानी गर्ने ।

पुँजी बजार सेवा[सम्पादन गर्नुहोस्]

  • विभिन्न कोषको नासो संरक्षण गर्ने ।
  • मूलतः ऋणपत्र सेवा प्रदान गर्ने ।
  • संस्थागत वित्तीय सेवा
  1. संगठित संस्थाहरूको सार्वजनिक निष्काशनको ब्यवस्था गर्ने ।
  2. सार्वजनिक निष्काशनको लागि प्रस्ताव भएको शेयर बिक्री नभएमा बिक्री प्रत्याभूति प्रदान गर्ने।
  3. सरकारी तथा सङ्गठीत संस्थाका सुरक्षणहरूको स्टक डिलरको काम गर्ने ।
  4. विभिन्न संगठीत संस्थाहरूको पुँजीको स्वरुप सेक्यूरिटीजहरूको मूल्य, कम्पनीहरूको विलय, प्राप्ति, निजीकरण तथा अन्य सम्बन्धित क्षेत्रमा परामर्श सेवा प्रदान गर्ने ।

स्वामित्व साझेदारी संरचना[५][सम्पादन गर्नुहोस्]

पक्ष स्वामित्व
राष्‍ट्रिय बीमा संस्थान ३१.५५ %
बैङ्क तथा वित्तीय संस्थाहरु १५.११ %
सर्वसाधारण २० %
नेपाल स्टक एक्सचेन्ज १० %
नेपाल सरकार २३.३४ %

कोषले गरेका प्रमुख लगानीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेनुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. सञ्चालक समिति वेब्याक मेसिन अभिलेखिकरण २०१९-०३-१९ मिति
  2. "नागरिक लगानी कोषको अध्यक्षमा सूर्य बहादुर थापा नियुक्त", फाइनान्सियल नोटिस (नेपालीमा), २०७९ साउन ३, अन्तिम पहुँच १८ असोज २०८० 
  3. नेपाल कानुन आयोग, "नागरिक लगानी कोष ऐन, २०४७" 
  4. "परिचय", nlk.org.np, अन्तिम पहुँच २०२०-११-०१ 
  5. स्वामित्व संरचना