ऋणपत्र
| प्रतिभूति |
|---|
कुल ऋण पूँजीलाइ सर्बसाधारण सबैले खरिद गर्न सक्ने गरी स-साना एकाइहरूमा बिभाजित गरीसकेपछीको एक अंश वा इकाइ नै ऋणपत्र (अङ्ग्रेजी: Bond) हो । कम्पनिले सार्वजनिक रूपमा सुचना प्रकाशन गरी कम्पनिको अचल जायजेथा धितो वा बन्धक राखी वा नराखी ऋण पुजी उठाउन सक्छ । ऋणपत्र भन्नाले कम्पनिले ऋणमा लगानी गर्ने पक्षलाई ऋणको रकम, ब्याज दर र भुक्तानी बिधी अचल जायजेथा धितो राखेको भए सो को अवस्था आदि शर्तहरु उल्लेख गरी अधिकारीक रूपमा गरिदिएको लिखत पत्र हो ।
जोखिम
[सम्पादन गर्नुहोस्]अन्य प्रकारका लगानीहरू जस्तै ऋणपत्रमा लगानी गर्दा पनि विभिन्न प्रकारका जोखिमहरू उत्पन्न हुन्छन्।[१]
वित्तीय वा साख जोखिम
[सम्पादन गर्नुहोस्]ऋणपत्र निष्कासनकर्ताले पूर्वनिर्धारित सर्तहरूअनुसार सावाँ र ब्याज भुक्तानी गर्न नसक्ने अवस्थालाई वित्तीय वा साख जोखिम भनिन्छ। सरकारी ऋणपत्रहरूमा यस्तो जोखिम एकदम न्यून वा शून्य हुन्छ भने संस्थागत ऋणपत्रहरूमा यसप्रकारको जोखिम प्रबल रुपमा विद्यमान हुन्छ।
ब्याजदर जोखिम
[सम्पादन गर्नुहोस्]बजारमा ब्याजदरमा परिवर्तन आर्मा ऋणपत्रको मूल्यमा पनि परिवर्तन आउँछ। ऋणपत्रमा लगानी गरिसकेपछि बजार ब्याजदर बढ्न गएमा ऋणपत्रको मूल्य घट्न गई लगानीकर्ताको प्रतिफलमा कमी आउँछ।
पुनःलगानी जोखिम
[सम्पादन गर्नुहोस्]तरलता जोखिम
[सम्पादन गर्नुहोस्]अपेक्षित मूल्यमा लगानीकेर्ताले ऋणपत्र बिक्री गर्न नसक्ने अवस्थालाई तरलता सम्बन्धी जोखिम भनिन्छ। ट्रेजरी बिल र मुद्रा बजारका उपकरणहरू छोटो समयमा नै अपेक्षित मूल्यमा बिक्री गर्न सकिने भएकोले यस्ता प्रतिभूतिहरूमा तरलता जोखिम शून्य वा न्यून हुन्छ तर दीर्घकालीन समयावधिका ऋणपत्रहरूमा तरलता सम्बन्धी जोखिम विद्य्मान हुन्छ।
फिर्तासम्बन्धी जोखिम
[सम्पादन गर्नुहोस्]लगानीकर्ताले अपेक्षित प्रतिफल आर्जन गरिरहेका ऋणपत्रहरू पूर्वनिर्धारित समयावधिभन्दा पहिले नै निष्कासनकर्ताले फिर्ता गर्न सक्ने सम्भावनालाई फिर्तासम्बन्धी जोखिम भनिन्छ। ऋणपत्र निष्कासन गरेको समयको ब्याजदर भन्दा प्रचलित ब्याजदर कम भएकोअवस्थामा निष्ककर्ताले ऋणपत्र फिर्ता गर्न सक्दछ। यसरी ऋणपत्र फिर्ता गरिएमा लगानीकर्ताको प्रतिफलमा प्रतिकूल असर पर्न जान्छ।
क्रयशक्ति जोखिम
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ लगानीका आधारभूत सिद्धान्तहरू Fundamentals of Investments, Asmita Books Publishers & Distribution, बि.सं २०७३, पृ: ३१३, आइएसबिएन 978-9937-687-10-2।