सरकारी ऋणपत्र

सरकारी ऋणपत्र वा सार्वभौम ऋणपत्र सार्वजनिक खर्च जुटाउन सरकारले जारी गरेको ऋणपत्र/ बन्ड हो। यसले सामान्यतया आवधिक ब्याज तिर्न प्रतिबद्धता समावेश गर्दछ, जसलाई कुपन भुक्तानी भनिन्छ , र परिपक्वता मितिमा अंकित मूल्य फिर्ता गर्दछ । लगानीकर्ताले ऋणपत्र जारी गर्ने संस्थाबाट निश्चित ब्याज प्राप्त हुने गरी लगानी गर्दछन् । देश विकासका लागि सरकारी खर्च गर्न आवश्यक साधन जुटाउन सरकारले विभिन्न किसिमको ऋणपत्रहरु जारी गर्ने गर्दछ ।[१]
उदाहरणका लागि, एक बन्डहोल्डरले १०% वार्षिक कुपनको साथ १०-वर्षको सरकारी बन्डमा $ २०,००० लगानी गर्छ, जसलाई अंकित मूल्य वा सावाँ भनिन्छ। सरकारले ऋणपत्रवालालाई प्रत्येक वर्ष १०% ब्याज (यस अवस्थामा $२०००) तिर्नेछ र परिपक्वता भएपछी (अर्थात् १० वर्ष पछि) $२०,००० मूल अंकित मूल्य फिर्ता गर्नेछ।
यदी सरकार ऋण डिफल्ट अवस्थाको नजिक पुगेको स्थितिलाई कहिलेकाहीँ सार्वभौम ऋण संकटमा रहेको भनिन्छ। [२] [३]
इतिहास
[सम्पादन गर्नुहोस्]डच गणतन्त्र आफ्नो ऋण वित्तपोषण गर्ने पहिलो राज्य थियो । यसले १५१७ मा एम्स्टर्डम शहर द्वारा जारी गरेको थियो। त्यस समयमा औसत ब्याज दर लगभग २० % थियो।
राष्ट्रिय सरकारद्वारा जारी गरिएको पहिलो आधिकारिक सरकारी बन्ड फ्रान्स विरुद्धको युद्ध कोषको लागि पैसा जुटाउन १६९४ मा बैंक अफ इङ्गल्याण्ड द्वारा जारी गरिएको थियो।
अमेरिकी क्रान्तिको समयमा, पैसा जुटाउनको लागि, अमेरिकी सरकारले ऋणपत्र जारी गर्न थाल्यो - जसलाई लोन सर्टिफिकेट भनिन्छ। ऋणपत्रबाट कुल २७ मिलियन डलर उठाइएको थियो र युद्धको वित्तपोषणमा मद्दत गर्यो। [४]
जोखिमहरू
[सम्पादन गर्नुहोस्]क्रेडिट जोखिम
[सम्पादन गर्नुहोस्]मुद्रा जोखिम
[सम्पादन गर्नुहोस्]मुद्रा जोखिम भनेको ऋणपत्र मालिकको मुद्राको तुलनामा ऋणपत्रले भुक्तानी गर्ने मुद्राको अवमुल्यन हुने जोखिम हो। उदाहरणका लागि, एक जर्मन लगानीकर्ताले जर्मन बन्डहरू भन्दा संयुक्त राज्य अमेरिकाको बन्डहरूमा बढी मुद्रा जोखिम भएको ठान्छ (किनकि डलर युरोको सापेक्षमा तल जान सक्छ); त्यस्तै गरी, एक संयुक्त राज्य अमेरिकाको लगानीकर्ताले जर्मन बन्डहरूलाई संयुक्त राज्य अमेरिकाको बन्डहरू भन्दा बढी मुद्रा जोखिम भएको ठान्छ (किनकि डलरको सापेक्षमा यूरो तल जान सक्छ)। आफ्नो मूल्य कायम राख्ने इतिहास नभएको मुद्रामा भुक्तानी गर्ने बन्ड उच्च ब्याज दर प्रस्ताव गरिए पनि राम्रो सम्झौता नहुन सक्छ।[५] मुद्रा जोखिम विनिमय दरहरूको उतारचढावद्वारा निर्धारण गरिन्छ।
मुद्रास्फीति जोखिम
[सम्पादन गर्नुहोस्]मुद्रास्फीति जोखिम भनेको बन्डले भुक्तानी गर्ने मुद्राको मूल्य समयसँगै घट्ने जोखिम हो। लगानीकर्ताहरूले केही मात्रामा मुद्रास्फीतिको अपेक्षा गर्छन्, त्यसैले मुद्रास्फीति दर अपेक्षा गरे भन्दा बढी हुनु नै मुद्रास्फीति जोखिम हो ।
ब्याज दर जोखिम
[सम्पादन गर्नुहोस्]बजार जोखिम पनि भनिन्छ, सबै बन्डहरू ब्याजदर जोखिमको अधीनमा हुन्छन्। ब्याजदर परिवर्तनले बन्डको मूल्यलाई असर गर्न सक्छ। यदि ब्याजदर घट्यो भने, बन्डको मूल्य बढ्छ र यदि ब्याजदर बढ्यो भने, बन्डको मूल्य घट्छ।
पैसा आपूर्ति
[सम्पादन गर्नुहोस्]यदि केन्द्रीय बैंकले सरकारी प्रतिभुति, जस्तै बन्ड वा ट्रेजरी बिल खरिद गर्छ भने, यसले मुद्रा आपूर्ति बढाउँछ किनभने केन्द्रीय बैंकले अर्थतन्त्रमा तरलता (नगद) प्रवाह गर्छ। यसको विपरीत, जब केन्द्रीय बैंक मुद्रास्फीति विरुद्ध लडिरहेको हुन्छ, तब केन्द्रीय बैंकले मुद्रा आपूर्ति घटाउँछ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ अनलाइनखबर, अनलाइनखबर (२०७८ चैत २३), "के हो सरकारी ऋण पत्र ? किन जारी गरिन्छ ?", अनलाइनखबर।
- ↑ "What is Sovereign Debt", मूलबाट २०२०-०७-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०८-०२। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०७-०२ मिति
- ↑ "Portugal sovereign debt crisis", मूलबाट २०१४-०८-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०८-०२।
- ↑ "investopedia.com", investopedia.com, अन्तिम पहुँच २०२३-०८-०३।
- ↑ "Analysis: Counting the cost of currency risk in emerging bond markets", Reuters, २२ नोभेम्बर २०१३, मूलबाट ७ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुलाई २०१७।