सिद्धार्थनगर नगरपालिका
सिद्धार्थनगर
भैरहवा | |
---|---|
उपनाम: भैरहवा | |
निर्देशाङ्क: २७°३०′उ॰ ८३°२७′पू॰ / २७.५००°N ८३.४५०°Eनिर्देशाङ्कहरू: २७°३०′उ॰ ८३°२७′पू॰ / २७.५००°N ८३.४५०°E | |
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | रुपन्देही जिल्ला |
नगर पञ्चायत | वि.सं. २०२४ माघ २२[१] |
समावेश गाउँ पञ्चायत | मुजौली, बगाहा र पडसरी (आंशिक) र पक्लिहवा (पूर्ण) |
समावेश गाउँ पञ्चायत | बनगाई गाउँ सभा |
सम्मिलित मिति | वि.सं. २०२६ आसार २[२] |
नामकरण | गौतम बुद्ध[३] |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• नगरप्रमुख | इश्तियाक अहमद खान (नेपाली काङ्ग्रेस) |
• उपप्रमुख | उमा अधिकारी (नेपाल कम्युनिस्ट पार्टी (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | ३६.०३ किमी२ (१३.९१ वर्ग माइल) |
न्यूनतम उचाई | ११० मिटर (३६० फिट) |
जनसङ्ख्या | |
• जम्मा | ७४,४३६ |
• घनत्व | २१००/किमी२ (५४००/वर्ग माइल) |
जातीयता | |
• मुख्य जातीयता | ब्राह्मण, क्षेत्री, मगर, गुरुङ र मुसलमान[३] |
भाषा | |
• मुख्य भाषाहरू | नेपाली, अवधी र भोजपुरी |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-७१ |
वेबसाइट | www |
सिद्धार्थनगर (पूर्व तथा हालसम्म चलनचलतीमा रहेको नाम: भैरहवा[६]) नेपालको लुम्बिनी प्रदेशमा पर्ने रुपन्देही जिल्लाको दक्षिणी भागमा रहेको जिल्लाको प्रशासनिक सदरमुकाम, नगरपालिका तथा प्रमुख उद्यौगिक नगर हो। यो सहर नेपालको राजधानी काठमाडौँबाट २६५ किलोमिटर (१६५ माइल) पश्चिममा अवस्थित छ। गौतम बुद्धको जन्मस्थल रहेको लुम्बिनी यो सहरबाट लगभग २५ किलोमिटर (१६ माइल) पश्चिममा अवस्थित छ।[७] यो सहर भारतको उत्तर प्रदेश राज्यको महाराजगन्ज जिल्लाको भारतीय सहर सुनौलीसँग जोडिएको छ।[३] यो सहर नेपाल र भारतसँगको सीमा व्यापारमा वीरगन्ज नाकापछिको दोस्रो ठुलो नाका हो।[८]
रुपनदेही जिल्लाको तत्कालिन मुजौली, बगाहा र पडसरी गाउँ पञ्चायतको आंशिक भाग र पक्लिहवा गाउँ पञ्चायतको सम्पूर्ण क्षेत्रलाई मिलाएर वि.सं. २०२४ माघ २२ गते भैरहवा नगर पञ्चायत घोषणा गरिएको थियो।[१] नेपाली साहित्यकार तथा समाजसेवी कोमलदत्त तिवारीको प्रयासमा नगरको नाम 'सिद्धार्थनगर' नामकरणको प्रस्ताव नगर पञ्चायतबाट सिफारिस गरि जिल्ला पञ्चायतबाट पारित तथा सिफारिस भइसकेपछि तत्कालीन श्री ५ को सरकारद्वारा वि.सं. २०३३ चैत २[९] गतेदेखि लागु हुने गरि लालमोहर बक्स भएपछि तत्कालीन भैरहवाको नाम सिद्धार्थनगर कायम गरिएको थियो। आधिकारिक तथा सरकारी कामकाजमा हालको नाम प्रयोगमा रहे पनि आम जनमानसले यसलाई भैरहवा नै भनेर चिन्छन्।[१०]
नामकरण
[सम्पादन गर्नुहोस्]भैरवको नाउँबाट भैरव र कालान्तरमा स्थानीय जनमानसहरूद्वारा 'भैरवा' भन्दै जाँदा यसमा हवा (स्थान) जोडेर भैरहवा भन्न थालिएको हो।[१०][११] नगर पञ्चायत बनेको लगभग ९ वर्षपछि यो स्थानको नामलाई गौतम बुद्धको वाल्यकालको नाम सिद्धार्थ गौतमको नाममा यो नगर क्षेत्रको नाम सिद्धार्थनगर राखिएको हो।[१२]
नगर प्रशासनिक इतिहास
[सम्पादन गर्नुहोस्]राणाकालीन समयमा तत्कालीन शिवराज (वर्तमान: रुपनदेही जिल्ला)[१३][१४]को सदरमुकाम बेथरीमा रहिआएकोमा वि.सं. १९९१ सालमा भैरहवामा सारिएका थियो।[१५] वि.सं. २०१९ मङ्सिर ५ गते तत्कालिन श्री ५ को सरकारको निर्णय र वि.सं. २०१९ पुष २ गते नेपाल गजेटमा प्रकाशित सूचना अनुसार नेपाल अधिराज्यलाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरेपछि रुपनदेही जिल्ला गठन भएपछि सदरमुकामको रूपमा भैरहवालाई नै कायम गरिएको थियो।[१६]
भैरहवा[१७] रुपन्देही जिल्लाको प्रशासनिक सदरमुकाम हो जुन वर्तमान समयमा सिद्धार्थनगर नगरपालिकाको वडा नं. ७ भित्र पर्दछ। यो स्थल नै भैरहवा गाउँको पुरानो थलो हो।[१८] वि.सं. १९९० सालसम्म सामान्य घरहरू तथा स-साना वस्तीहरू भएको यस नगरमा वि.सं. २०१० सालमा शान्तिनगरमा हवाई मैदान निर्माण भएपछि यस नगरमा नयाँ बस्ती विकास तथा मानिसहरू यहाँ आएर बसोबास गर्ने गतिमा तीव्रता आएको थियो।[१९]
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सिद्धार्थनगर नगरपालिकाको कुल जनसङ्ख्या ७४,४३६ रहेको छ भने यहाँ १५,८७१ घरधुरी रहेका छन्।[५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ "गाउँ पंचायत ऐन २०१८ दफा ६ बमोजिम खारेज गरेको" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०२४ माघ २२, अन्तिम पहुँच वि.सं. २०७८ फागुन ११।
- ↑ "भैरहवा नगर पञ्चायतको इलाकामा बनगाई गाउँको विभिन्न ठाउँ गाभी नगर पञ्चायत इलाका थप" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०२६ आसार २, अन्तिम पहुँच वि.सं. २०७८ फागुन ११।
- ↑ ३.० ३.१ ३.२ "सिद्धार्थनगर नगरपालिकाको सङ्क्षिप्त परिचय", सिद्धार्थनगर नगरपालिका नगरकार्यपालिकाको कार्यालय (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-२३।
- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ ५.० ५.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "ऐतिहासिक स्थान नामकरणको रोचक पृष्ठभूमि", सञ्चारकर्मी (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-२३।
- ↑ "निर्माण सम्पन्न भएको पाँच महिनामै भत्कियो भैरहवा–लुम्बिनी–तौलिहवा सडक", खरिबोट (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-२३।
- ↑ "दोस्रो ठुलो नाका भैरहवामा एकीकृत भन्सार चेकपोष्ट नहुँदा सास्ती", नेपाल पत्र (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-२३।
- ↑ कोमलदत्त तिवारी (सन् २०२१ जुलाई २५), कोमल दत्त तिवारीसँग अन्तरवार्ता (युट्युब भिडियो) (नेपालीमा), अन्तिम पहुँच सन् २०२२ फेब्रुअरी २३, "भिडियोको ३:११ देखि ३:३२ सम्मको अंशमा विवरण रहेको"
- ↑ १०.० १०.१ "भैरव गाउँ यसरी बन्यो भैरहवा", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-२३।
- ↑ "त्यो भैरहवा, यो भैरहवा", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-२३।
- ↑ "प्रदेश ५ को राजधानी कहाँ ?", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-२३।
- ↑ "उखडा सम्बन्धी ऐन, २०२१", नेपाल कानून आयोग (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-२३।
- ↑ (प्रस्तुतिः गिरीश गिरी), सत्यमोहन जोशी, "यसरी तयार पारेका थियौं नेपालको पहिलो नक्सा", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-२३।
- ↑ काश्यप गोत्रीय अधिकारी वंशावली (नेपालीमा), काश्यप गोत्रीय अधिकारी वंशावली प्रकाशन समिति, सन् २००३।
- ↑ "नेपाल अधिराज्यलाई १४ अञ्चल, ७५ जिल्लामा विभाजित" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०१९ पुष २, पृ: १, अन्तिम पहुँच वि.सं. २०७८ माघ २९।
- ↑ "जसले ‘भगवान’ बनाउँछन् ! (फोटो कथा)", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-२३।
- ↑ थापा, नेत्रबहादुर (सन् १९७०), नेपालको भूगोल (नेपालीमा), रत्न पुस्तक भण्डार, पृ: २३६, "भैरहवा- यसलाई बेथरी पनि भनिन्छ।"
- ↑ "सिद्धार्थनगरमा बढ्दो शहरीकरण", गौतमबुद्ध सन्देश (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-२४। वेब्याक मेसिन अभिलेखिकरण २०२२-०२-२४ मिति