लुम्बिनी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


लुम्बिनी (गौतम बुद्धको जन्मस्थल)
युनेस्को विश्व सम्पदा क्षेत्र
लुम्बिनीमा सम्राट अशोकले निर्माण गरेको स्तम्भ
मापदण्डसंस्कृति: iii, vi
सन्दर्भ666
सूचीकृत1988 (21st सत्र)
शान्तिदीप

लुम्बिनी गौतम बुद्धको जन्मस्थल हो। हाल यो ठाउँ नेपालको लुम्बिनी अञ्चल, रूपन्देही जिल्लामा पर्छ। विभिन्न बौद्ध वाङ्मयहरूमा बुद्धको जन्मस्थल भनेर लुम्बिनी नाउँको एउटा उपवनलाई चिनाइएको छ भने सो उपवनमा कालान्तरमा विभिन्न मानवीय गतिविधिहरू हुन थालेको पाइन्छ । इ.पू. २४९ मा मौर्य सम्राट अशोकले यस स्थलको तीर्थाटन गरेका थिए र यस तीर्थाटनको संस्मरणमा अभिलेख पनि कुँदाएका थिए । यो कुराको जानकारी इसाको पाँचौं शताब्दीमा आएका चिनियाँयात्री फाहियान र सातौ शताब्दीमा आएका अर्का चिनियाँ यात्री, ह्वेनसाङले विस्तृत बयान आफ्ना यात्रा विवरणहरूमा दिएका थिए । सन् १८९६ मा पुरातात्विक अन्वेषणका क्रममा मौर्य सम्राट अशोकद्वारा राखिएको अशोक स्तम्भ र त्यसमा रहेको अभिलेख भेटियो । उक्त अभिलेखमा यो ठाउँको नाम लुंमिनि भनेर उल्लेख गरिएको पाइन्छ । यस अभिलेखको प्राप्तीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पहिचान भएको हो भने त्यसैबेलादेखि विश्वभर गौतम बुद्धको जन्मस्थल नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, रूपन्देही जिल्लामा पर्ने कुरा स्थापना भयो ।

लुम्बिनी :एक परिचय[सम्पादन गर्ने]

कपिलबस्तु जिल्लाको तिलौराकोट भन्ने ठाउँमा लिम्बिनी पर्दछ । यो एक ऐतिहासिक धार्मिक पर्यटकिय स्थल हो । फराकिलो भुभागमा फैलिएको लुम्बिनी अवलोकन गर्न हरेक वर्ष लाखौं मानिसकू आउँछन् । नारायणगढ बजारबाट करिब २५ किलिमिटरको दुरिमा प्रगतिनगर भन्ने ठाउँ छ । कावसोतिबाट सरिब ८२-८३ किलोमिटरको दुरिमा लुम्बिनी पर्दछ । लुम्बिनी जाने बाटोमा अलिकति कच्ची घरहरू पनि देखिन्छन् । घर बनाएको तर झ्याल ढोका नराखेको अती नै अनौठो पनि देखिन्छ । बाटो अलि अलि सांघुरो नै छ । फराकिलो भुभागमा विभिन्न मन्दिरहरु छन् । विभिन्न डिजाइन अनि फरक शैलीमा निर्माण गरेका ती गुम्बा, मन्दिरहरू राम्रा छन् । सबैभन्दा राम्रो अनि मुख्य आकर्शणको बिन्दु भनेको मायादेवी मन्दिर हो । त्यहाँ उत्खनन गरेर राखेका बस्तुहरू पनि छन् । मन्दिर वरपर घांसहरू पनि उम्रिएका छन् । त्यो वरपरको वातावरण आनन्दित छ । नेपाल र भारतबाट धेरै मान्छे आउँछन् । अरू विदेशीहरू पनि आउँछन् । नेपालीहरूको लागि टिकट लाग्दैन ।मन्दिर भित्र फोटो खिच्न मनाही छ । मन्दिर बाहिर भने फोटो खिच्न पाइन्छ । गुम्बाहरू, मन्दिरहरु चारैतिर बुद्दका मन्दिरहरु छन् । विभिन्न घटनाक्रम सम्झाउने बुद्दको जीवनीसँग सम्बन्धित तस्बिर र मुर्तिहरू पनि छन् । फुलहरू रोपेको, हरियो दुबोहरू राम्रो छ । कुनै कुनै ठाउँको पोखरी भने अलि फोहोर थियो जहाँ प्लास्टिकका बोटलहरू फालिएका थियो । लुम्बिनी सम्भावना बोकेको ठाउँ हो । पर्यटकिय र धार्मिक दुबै हिसाबमा लुम्बिनी राम्रो छ । यसको विकास र प्रबर्धन अति आवश्यक छ । यो एकपटक घुम्न जानुपर्ने ठाउँ हो ।

[१]

लुम्बिनीको विस्तृत परिचय तथा जानकारी[सम्पादन गर्ने]

लुम्बिनी अञ्चल बुद्ध कै जन्मस्थलको नामबाट नामाकरण गरिएको हो। लुम्बिनी बौद्ध धर्मालम्बीहरूको विशेष ऐतिहासिक तीर्थस्थलको नामले विश्वमै चर्चित भएको कारण युनेस्को विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरिएको छ।

[२] <t-size:20px">धार्मिक महत्त्व तथा एतिहासिक पृष्ठभुमि विश्वभरका बौद्द धर्मावलम्बीका लागि लुम्बिनी अत्यन्त महत्त्वपूर्ण तिर्थस्थल हो । मायादेवी र भगवान बुद्द प्रति अघाध आस्था राख्ने भएकोले हिन्दु धर्मावलम्बीका लागि समेत लुम्बीनी महत्त्वपूर्ण धार्मिक गन्तव्य बनेको छ । लुम्बिनीमा रहेका पुरातात्विक तथा ऐतिहासिक अवशेषहरूले शताब्धि औ देखि विभिन्न व्यक्तित्वहरूले लुम्बिनीको तिर्थाटन गरेको तथ्यहरू खुल्छन् । प्रसिद्ध मौर्य सम्राट अशोकले आफ्नो आध्यात्मिक गुरू उपगुप्तको मार्ग दर्शनमा इ.पु।२४९ मा लुम्बिनीको तीर्थ यात्रा गरेका थिए । उनले हिंद बुधे जाते शाक्यमुनीति अर्थात यहां शाक्यमुनि बुद्द जन्मनु भएको थियो भन्ने शिलालेख समेतको ढुङाको स्तम्भ खडा गरे जसलाई हाल प्रसिद्ध अशोक पिलरका रूपमा लुम्बिनीमा देख्न सकिन्छ ।

धार्मिक महत्त्व[सम्पादन गर्ने]

त्यस समय कपिलवस्तु गणराज्यमा महाराज शुदोदनले राज्य गरिरहेको थिये । महारानी महामायादेवी कपिलवस्तुबाट आफ्नो माइतीघर देवदहतिर गइरहँदा बाटोमा पर्ने लुम्बिनीको प्राकृृृतिक सौन्दर्यले रमय उद्मानमा एकछिन आराम लिनुभएकै बेला उहाँलाई प्रशव व्यथा भयो । त्यहीको एउटा सालवृृक्षमुनि वैैशाखपुणिमाका दिन बोधिसत्व सिदाथको जन्म भयो । यो करिब २६०० वर्ष अगाडिको कुरा हो । यो हामी नेपालीहरूको लागि गौरवको विषय हो ।

चित्र ग्यालरी[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1.   লেখা "url" উপেক্ষা করা হয়েছে (सहायता); |http://whc.unesco.org/access-date= प्यारामिटर ग्रहण गरेन (सहायता); |title= रितो (सहायता)
  2. name=unesco

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

  1. विश्व_सम्पदा_क्षेत्र
  2. विश्व_सम्पदा_क्षेत्रहरूको_सूची

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

निर्देशाङ्कहरू: २७°२८′०२″N ८३°१६′३०″E / २७.४६७१६°N ८३.२७४९१°E / 27.46716; 83.27491