सामग्रीमा जानुहोस्

तिलौराकोट

निर्देशाङ्कहरू: २७°२९′N ८३°०९′E / 27.49°N 83.15°E / 27.49; 83.15
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तिलौराकोट
पूर्व गाविस
तिलौराकोट मा पर्दछ लुम्बिनी प्रदेश
तिलौराकोट
नेपालको नक्सामा तिलौराकोटको अवस्थिति
तिलौराकोट मा पर्दछ नेपाल
तिलौराकोट
तिलौराकोट (नेपाल)
निर्देशाङ्क: २७°२९′N ८३°०९′E / 27.49°N 83.15°E / 27.49; 83.15
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाकपिलवस्तु जिल्ला
क्षेत्रफल
 • जम्मा१६.६ किमी (६.४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा८,३१०
 • घनत्व५००/किमी (१३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

तिलौराकोट नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, कपिलवस्तु जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ८३१० रहेको थियो जसमध्ये ४१३१ पुरुष र ४१७९ महिला रहेका थिए भने यहाँ १३१६ घरधुरी रहेको थियो।[] यो हाल कपिलवस्तु नगरपालिकामा पर्दछ। यो कपिलवस्तु नगरपालिकाको वडा नम्बर ६ हो।

विश्वप्रसिद्ध ऐतिहासिक र पुरातात्विक महत्त्वको तिलौराकोटलाई प्राचीन कपिलवस्तुका रूपमा चिनिन्छ। जिल्लाको कपिलवस्तु नगरपालिकास्थित शिवगढ गाउँसँगै रहेको तिलौराकोट भगवान् गौतमबुद्धले २९ वर्षबिताएको ठाउँ तथा उहाँका बुबा राजा शुद्धोधनको राजाप्रसाद हो। शान्तिका अग्रदूत भगवान् गौतमबुद्धसँग सम्बन्धित भएका कारण उक्त स्थल विश्वप्रसिद्ध भएको हो। सदरमुकाम तौलिहवादेखि करिब तीन किलोमिटर उत्तर बाणगङ्गा नदीको किनारमा रहेको तिलौराकोटमा अहिले जीर्ण भइसकेका तीन वटा भग्नावशेष मात्र बाँकी छन्। यी तीनै वटा भग्नावशेषको अवस्था दयनीय छ।

संरक्षणको अभावमा भग्नावशेषका इँटाहरू बेलाबेलामा उक्किएर खस्ने गरेका छन्। त्यस्तै प्राचीन भग्नावशेषका पर्खालहरू ढलेका छन् भने प्राचीन इँटा र ढुङ्गाहरू यत्रतत्र छरिएका छन्। तिलौराकोटभित्र मुख्य तीन भग्नावशेषका रूपमा दरबार, पूर्वी द्वार र पश्चिमी द्वार छन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग