सामग्रीमा जानुहोस्

कपिलवस्तु नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कपिलवस्तु नगरपालिका
तौलिहवाको प्रवेशद्वार, कपिलवस्तु जिल्ला, नेपाल
तौलिहवाको प्रवेशद्वार, कपिलवस्तु जिल्ला, नेपाल
कपिलवस्तु नगरपालिका मा पर्दछ लुम्बिनी प्रदेश
कपिलवस्तु नगरपालिका
गण्डकी प्रदेशको नक्सामा कपिलवस्तु नगरपालिकाको अवस्थिति
कपिलवस्तु नगरपालिका मा पर्दछ नेपाल
कपिलवस्तु नगरपालिका
कपिलवस्तु नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°३२′उ ८३°३′पू / 27.533°N 83.050°E / 27.533; 83.050
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाकपिलवस्तु
स्थापितवि.सं. २०३८
सरकार
  नगरप्रमुखसुदीप पौडेल (जनता समाजवादी पार्टी, नेपाल)
  उपप्रमुखसुनिता गुप्‍ता (वैश) (जनता समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
  जम्मा१३६.९१ किमी (५२.८६ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा८८,८७४
  घनत्व६५०/किमी (१७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-७६
वेबसाइटआधिकारिक वेबसाइट


कपिलवस्तु नगरपालिका वा पूर्व नाम तौलिहवा कपिलवस्तु जिल्लाका ६ वटा नगरपालिकाहरू मध्ये एक हो।[] यो नगरपालिका युनेस्कोको विश्व सम्पदा क्षेत्र र गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट करिब २५ किलोमिटर (१६ माइल) दक्षिणमा अवस्थित छ।

वि.सं. २०३८ मा, बारागदावा, मालपारा, पिपरी, कपिलवस्तु आदर्श गाउँ र तिलौराकोट, गोटिहवा र गोबरी गाउँपञ्चायतको केही भागलाई मिलाएर तौलिहवा नगरपञ्चायतको नामबाट कपिलवस्तु नगरपालिकाको स्थापना भएको थियो। २०७१ कात्तिक २१ गते गोटिहवातिलौराकोट गाविसको बाँकी क्षेत्रलाई समेटेर यस नगरपालिकाभित्र १९ वटा वडा बनाइएको थियो। नेपाल सरकारले २७ फागुन २०७३ मा, स्थानीय तहलाई पुनर्संरचना गरेको थियो। धरमपनिया, दोहनी, जहदी, निग्लिहवासौराहा गाविसहरूलाई मिलाएर साविकको तौलिहवा नगरपालिकालाई मिलाएर कपिलवस्तु नगरपालिका बनाइएको थियो। हाल यस नगरपालिकाको कुल क्षेत्रफल १३६.९१ वर्ग किलोमिटर (५२.८६ वर्ग माइल) रहेको छ। यो नगरपालिका अहिले १२ वटा वडामा विभाजित छ। यो नगरपालिका समुन्द्री सतहदेखि १०७ मिटर (३५१ फिट) को उचाईमा अवस्थित छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कपिलवस्तु नगरपालिकाको कुल जनसङ्ख्या ८८,८७४ रहेको छ भने यहाँ १५,३८२ घरधुरी रहेका छन्।[]

कपिलवस्तु नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
कपिलवस्तु (१–३)८,५३०३.०५२७९६.७२
कपिलवस्तु (५–८)७,८५४१२.१६६४५.८९
कपिलवस्तु (४, १०–१२)१०,५९८११.१३९५२.२०
कपिलवस्तु (९,१३,१४)७,७४२१०.८७७१२.२४
गोटिहवा५,७२०९.८१५८३.०८
तिलौराकोट९,९९३१६.६६०२.००
धरमपनिया५,५२०१५.२३६३.१६
दोहनी८,१९२११.६८७०१.३७
निग्लिहवा (१–३, ६,९)६,२८६१८.८३३३३.८३
१०निग्लिहवा (४-५, ७-८)६,२३३९.२२६७६.०३
११जहदी७,४३४११.१८६६४.९४
१२सौराहा४,७७२७.१८६६४.६२
जम्मा८८,८७४१३६.९१६४९.१४

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]