सामग्रीमा जानुहोस्

मोतिपुर, कपिलवस्तु

निर्देशाङ्कहरू: २७°२९′N ८३°०९′E / 27.49°N 83.15°E / 27.49; 83.15
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोतिपुर, कपिलवस्तु
पूर्व गाविस
मोतिपुर, कपिलवस्तु मा पर्दछ लुम्बिनी प्रदेश
मोतिपुर, कपिलवस्तु
नेपालको नक्सामा मोतिपुर, कपिलवस्तुको अवस्थिति
मोतिपुर, कपिलवस्तु मा पर्दछ नेपाल
मोतिपुर, कपिलवस्तु
मोतिपुर, कपिलवस्तु (नेपाल)
निर्देशाङ्क: २७°२९′N ८३°०९′E / 27.49°N 83.15°E / 27.49; 83.15
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाकपिलवस्तु जिल्ला
क्षेत्रफल
 • जम्मा४१.९७ किमी (१६.२० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१४,४६०
 • घनत्व३४०/किमी (८९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

मोतिपुर, कपिलवस्तु नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, कपिलवस्तु जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १४४६० रहेको थियो जसमध्ये ६६६७ पुरुष र ७७९३ महिला रहेका थिए भने यहाँ ३३०७ घरधुरी रहेको थियो।[] यो हाल वाणगङ्गा नगरपालिकामा पर्दछ।

यसको साविकका १-३ वडाहरू वाणगङ्गा नगरपालिकाको वडा नम्बर ७ हो भने ४-९ वडाहरू वडा नम्बर ८ हो।

पूर्व पश्चिम लोकमार्ग अन्तर्गत बुटवल देखि करीव ३५ किलोमिटर पश्चिममा पर्ने कपिलवस्तुको यो गाविस कपिलवस्तु सदरमुकाम तौलिहवा देखि करीव २० किलोमिटर उत्तरमा पर्दछ । पूर्व र दक्षिणमा वाणगंगा नदी उत्तरमा भलवाड गाविस र केहि अर्घाखाँची जिल्लाको सिमाना छ भने पश्चिममा जयनगर गाविसको खारखानी जंगल पर्दछ । राष्ट्रिय जनगणना २०६८ अनुसार यस गाविसमा ३३०७ घरधुरी छन । यहाँ पुरुषको जनसङ्ख्या ६६६७ महिलाको जनसङ्ख्या ७७९३ गरी कूल जम्मा १४४६० रहेको छ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग