वाणगङ्गा नगरपालिका
वाणगंगा नगरपालिका | |
---|---|
देश | ![]() |
विकास क्षेत्र | मध्यमाञ्चल |
अञ्चल | लुम्बिनी अञ्चल |
जिल्ला | कपिलवस्तु जिल्ला |
स्थापना | २०७१ जेष्ठ ४ |
सरकार | |
• मेयर | मङ्गल प्रसाद थारु |
• उप मेयर | चक्रपाणी अर्याल |
जनसङ्ख्या (नेपालको राष्ट्रिय जनगणना बि.स.२०६८)[१] | |
• जम्मा | ६५,५०६ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-७६ |
वेबसाइट | www.bangangamun.gov.np |
वाणगंगा नगरपालिका नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलमा पर्ने कपिलवस्तु जिल्लामा अवस्थित एक नगरपालिका हो ।[४] सिद्धार्थ क्याम्पस रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।[२][५] यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो । वाणगंगालाई नगरपालिका घोषणा गर्दा यसमा यसको उत्तरी भेग महेन्द्र राजमार्ग आसपास रहेका मोतिपुर, कोपवा, भलवाड, वाणगंगा, गजेहडा र हथौसा गाबिसलाई समेटिएको हो ।[६] यो नगरपालिका कपिलवस्तुकै सबैभन्दा ठुलो नगरपालिका हो । यो नगरपालिकामा हाल १७ वटा वडा कायम गरिएको छ ।[६] साबिकको वाणगंगा गाविसको वडा नम्बर ७ मा रहेको सिद्धार्थ क्याम्पस क्षेत्र भएको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।[२][७] आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा वाणगंगा पनि नगरपालिका बनेको हो ।[८] महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन ।[८]
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
मोतिपुर, कोपवा, भलवाड, वाणगंगा, गजेहडा र हथौसा गाविसहरूलाई मिलाएर वाणगंगा नगरपालिका बनाइएको हो ।[३] त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर वाणगंगा नगरपालिकाको जनसङ्ख्या ६५,५०६ रहेको छ ।[१] वाणगंगा नगरपालिकामा १३,८१३ घरधुरि छन ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ १.० १.१ १.२ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२।
- ↑ २.० २.१ २.२ "नगरपालिका घोषणाले कपिलवस्तुबासीमा उत्साह", शाझा सवाल, शाझा सवाल, बैशाख २८, २०७१, अन्तिम पहुँच बैशाख २८।
- ↑ ३.० ३.१ "जिल्ला विकास समिति, कपिलवस्तु (संक्षिप्त परिचय)", जिल्ला विकास समिति, कपिलवस्तु, जिल्ला विकास समिति, कपिलवस्तु।
- ↑ "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार।
- ↑ "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४।
- ↑ ६.० ६.१ "६ वटा गाविसलाई मिलाईर वाणगंगा नगरपालिका"।
- ↑ "६१ नगरपालिका र ७ उपमहानगरपालिका घोषणा (नाम र गाभिएका गाविससहित)"। লেখা " accessdate मंसिर १६,२०७१" উপেক্ষা করা হয়েছে (सहायता)
- ↑ ८.० ८.१ कृष्ण ज्ञवाली, बलराम बानियाँ (२०७१ वैशाख २५), "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", कान्तिपुर पोस्ट, कान्तिपुर पोस्ट, अन्तिम पहुँच वैशाख २५।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |