शिवराज नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शिवराज नगरपालिका
देश नेपाल
विकास क्षेत्रमध्यमाञ्चल
अञ्चललुम्बिनी अञ्चल
जिल्लाकपिलवस्तु
स्थापना२०७१ जेष्ठ ४
सरकार
 • मेयरनेत्रराज अधिकारी
 • उप मेयरशिव कुमारी चौधरी
क्षेत्रफल
 • जम्मा१७८.९५ किमी (६९.०९ वर्ग माइल)
जनसङ्ख्या
 (नेपालको राष्ट्रिय जनगणना बि.स.२०६८)[२]
 • जम्मा४९,९८८
 • घनत्व२८०/किमी (७२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७६
वेबसाइटwww.shivarajmun.gov.np

शिवराज नगरपालिका नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलमा पर्ने कपिलवस्तु जिल्लामा अवस्थित एक नगरपालिका हो ।[४] चन्द्रौटा बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।[१][५] यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो । शिवराजलाई नगरपालिका घोषणा गर्दा शिवपुर, विरपुर, विसुनपुर, चनईजवाभारी गाउँ विकास समितिहरू समावेश गरिएका हुन् ।[१][२] आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा शिवराज पनि नगरपालिका बनेको हो ।[६] महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन ।[६]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

शिवपुर, विरपुर, विसुनपुर, चनईजवाभारी गाविसहरूलाई मिलाएर शिवराज नगरपालिका बनाइएको हो ।[३] त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर शिवराज नगरपालिकाको जनसङ्ख्या ४९,९८८ रहेको छ । शिवराज नगरपालिकामा ८,४४१ घरधुरि छन ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ "नगरपालिका घोषणाले कपिलवस्तुबासीमा उत्साह", शाझा सवाल, शाझा सवाल, बैशाख २८, २०७१, अन्तिम पहुँच बैशाख २८ [dead link]
  2. २.० २.१ २.२ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२६ मिति
  3. ३.० ३.१ "जिल्ला विकास समिति, कपिलवस्तु (संक्षिप्त परिचय)", जिल्ला विकास समिति, कपिलवस्तु, जिल्ला विकास समिति, कपिलवस्तु 
  4. "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार। 
  5. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४ [dead link]
  6. ६.० ६.१ कृष्ण ज्ञवाली, बलराम बानियाँ (२०७१ वैशाख २५), "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", कान्तिपुर पोस्ट, कान्तिपुर पोस्ट, अन्तिम पहुँच वैशाख २५  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२३ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]